अमेरिकाको बाल्टिमोरमा आफ्नो पेसा ब्याबसाय गर्दै आउनु भएका समाजसेवी बिनोद उप्रेतीको प्रयास र प्रायोजनमा काभ्रे जिल्लाको फलाटेमा अबस्थित बिद्यालयमा साईबर अपराध र सुरक्षा सम्बन्धी प्रशिक्षण सम्पन्न

इनेप्लिज २०७४ कार्तिक २५ गते १५:२० मा प्रकाशित

डा. रामहरि सुबेदी, नोभेम्बर ११, २०१७ – अमेरिकाको बाल्टिमोरमा आफ्नो पेसा ब्याबसाय गर्दै आउनु भएका समाजसेवी बिनोद उप्रेतीको प्रयास र प्रायोजनमा काभ्रे जिल्लाको फलाटेमा अबस्थित श्री शारदा उच्च माध्यमिक बिद्यालयका शिक्षक र बिधार्थीहरुलाई २ चरण गरि साईबर अपराध र सुरक्षा सम्बन्धी १ दिने तालिम साईबर सेक्युरिटी ईन्टरन्यासनलद्वारा सम्पन्न गरिएको छ। बिहान पहिलो चरण र बेलुकी दोश्रो चरण गरि करिब १२० जना बिद्यार्थीहरु र शिक्षकहरुको बाक्लो उपस्थिती रहेको थियो। बिनोद उप्रेतीको प्रयास र प्रायोजनमा गरिएको उक्त क्रार्यक्रमलाई समायोजन र ब्यबस्था गर्नको लागि गौदरत्न उप्रेतीले सहयोग गर्नु भएको थियो ।

11.jpg

कार्यक्रमको सुरुवात बिनोद उप्रेती र वाहाँको छोरा र छोरीले अमेरिकाको बाल्टिमोरबाट पठाउनु भएको भिडियो सन्देशबाट सुरु गरिएको थियो । सन्देशमा उप्रेतीले अहिलेको आधुनिक युगमा नव पिंडीले ईन्टरनेट, मोबाईल, सामाजिक संञ्जाल प्रयोग गर्दा अत्यन्तै साबधानी अपनाउनु पर्ने कुरामा जोड दिनु भएको थियो। साईबर सुरक्षा ईन्टरन्यासनलले सुरु गरेको यो अभियानबाट प्रभाबित भएर आँफैले अध्ययन गरेको बिद्यालयमा उक्त तालिम लैजान प्रेरणा मिलेको उप्रेतीले बताउनु भयो ।

23435382_377215546056951_994646597_n.jpg

साईबर सेक्युरिटी ईन्टरन्यासलकी प्रशिक्षक पुजा गुरुङ्गले सम्पुर्ण सहभागिहरुलाई प्रशिक्षण दिनु भएको थियो भने मनिशा रानाभाटले समाचार, फोटो, भिडियो, नाम ठेगाना संकलन गर्नुको साथै कार्यक्रमा काभ्रेसम्म लैजानको लागि समन्वय गर्नु भएको थियो । सहभागिहरुलाई बर्तमान अबस्थाको चित्रण गराई प्रशिक्षण प्रयोगात्मक रुपमा प्रस्तुत गरिएको थियो । फेसबुक, ईन्टरनेट, मोबाईल, कम्प्युटर र वाईफाईलाई कसरि सुरक्षित बिधीद्वारा प्रयोग गर्न सकिन्छ र अपराधबाट कसरि बच्न सकिन्छ भन्ने बिषयमा प्रशिक्षण केन्द्रित रहेको थियो ।

44.jpg

कार्यक्रमको अन्तमा सहभागि बिद्यार्थीहरु र शिक्षकहरुले प्रायोजक बिनोद उप्रेतीलाई बिशेष धन्यवाद दिंदै, यो कार्यक्रम अत्यन्तै प्रभाबकारी, जनचेतनामुलक भएको र यसलाई जिल्लाब्यापी अभियानको रुपमा लैजानु पर्नेमा जोड दिनु भएको थियो ।
साईबर सुरक्षाको बारेमा जनचेतना जगाउने अभिप्रायले साईबर सेक्युरिटी ईन्टरन्यासनल अमेरिका र नेपालद्वार बिगत २ बर्ष देखि नेपालका बिभिन्न जिल्लाहरुमा स्कुल, क्याम्पस, कार्यालयहरुमा यो प्रयोगात्मक तालिम संञ्चालन गर्दै आईरहेको छ ।

अहिले सम्मको कार्यक्रमहरुबाट २० हजार भन्दा बढि सहभागिहरु लाभान्वित भैसकेका छन । यस कार्यक्रमका जन्मदाता संचालक हाल अमेरिका निवासी साईबर सुरक्षा बिशेषज्ञ प्राध्यापक डा. रामहरि सुबेदी हुनुहुन्छ । डा. सुबेदीलाई नेपाल प्रहरी केन्द्रिय अनुसन्धान बिभगले साईबर सुरक्षा सल्लाहकारको रुपमा पनि नियुक्ती गरेको छ । अमेरिकाको वाशिङ्टन डिसी, काठमाण्डौं, चितवन, झापा जिल्लाहरुमा साईबर सेक्युरिटी ईन्टरन्यासनलको उपसाखाहरु पनि रहेको छ ।

सहभागिहरुको नाम हेर्न यहाँ क्लिक गर्नुहोस

23432824_377218659389973_1442157400_o.jpg
23432912_377218686056637_716386030_o.jpg
23432918_377218392723333_225619628_o.jpg
23432993_377218369390002_352058412_o.jpg
23433021_377218609389978_1825350161_o.jpg
23433076_377218579389981_2100731586_o.jpg
23433165_377218649389974_876235007_o.jpg
23433169_377218596056646_1054844257_o.jpg
23433192_377218662723306_165166616_o.jpg
23433229_377328899378949_121764359_o.jpg
23468091_377218632723309_1984999605_o.jpg
23468145_377218352723337_736825953_o.jpg
23468210_377218679389971_1407462785_o.jpg
23468271_377218359390003_1568789288_o.jpg
23468314_377218606056645_239977848_o.jpg
23468394_377218602723312_824234173_o.jpg
23468582_377218666056639_1075824998_o.jpg
23469023_377218402723332_140129962_o.jpg
23469049_377218416056664_1940771428_o.jpg
23469177_377218386056667_1116521454_o.jpg
23469273_377218669389972_1090581729_o.jpg
23469477_377218616056644_1907023599_o.jpg
23469482_377218576056648_1037341521_o.jpg
23469485_377218362723336_250647915_o.jpg
23482977_377218619389977_901014368_o.jpg
23483075_377218692723303_1390030303_o.jpg
23484650_377218646056641_1130786898_o.jpg
23484708_377218639389975_1014154420_o.jpg
23484815_377218629389976_1564154531_o.jpg
23514590_377218672723305_1365301084_o.jpg

प्रतिक्रिया