कनेक्टिकटमा नेकोन देउसी–भैलो कार्यक्रम सम्पन्न ५ हजार डलर भन्दा बदी संकलन………

इनेप्लिज २०७४ कार्तिक ९ गते १८:५२ मा प्रकाशित

रघुनाथ गिरी, कनेक्टिकट,अक्टोबर २५ हिन्दुहरुको दोस्रो महान पर्व शुभ दीपावली २०७४ को सुखद उपलक्ष्यमा नेपाली परम्परा अनुसार विगतका वर्षहरुमा झै कनेक्टिकट राज्य भरी छरिएर रहेक नेपालीहरुको घर आँगनमा गई शुभकामना, आशिष दिने,, मनोरञ्जन प्रदान गर्ने तथा संस्थाका लागि रकम संकलन उद्देश्यका साथ कनेक्टिकट नेपाली समाज(नेकोन)ले अक्टोबर २०,२१ र २२ तारिख गरी ३ दिन विशेष सास्कृतिक प्रस्तुती साथ देउसी–भैलो कार्यक्रम २०७४ भव्यताका साथ सम्पन्न गर्यो ।

कनेक्टिकट नेपाली समाज(नेकोन)का कार्यवाहक अध्यक्ष हरिप्रसाद जोशीको अगुवाई तथा संयोजक केशव शर्मा दहालको संयोजनमा भएको उक्त देउसी–भैलो कार्यक्रममा ९ घरलाई मुलघर बनाई करिब १५० घरधुरीका साथै नेपाली भाषी भुटानी समुदायलाई समेत समेटिएको थियो । देउसी–भैलो खेल्नमा लागि कार्यसमितीका पदाधिकारी तथा सदस्यहरु स्वतस्फुर्त रुपमा नेपाली पोशाकमा देखिन्थे । देउसीलाई भट्याउने काम सचिव केशव शर्मा दाहाल तथा पुर्व उपाध्यक्ष अर्जुन दाहालले गर्नुभएको थियो ।

उक्त कार्यक्रमको मुख्य आर्कषणको रुपमा शुभेक्षा राई, समिक्षा पन्त तथा बिनाक्षा घर्तिमगरको आर्कषक नृत्य तथा लीक्ष्म बजगाई, र रोमी योञ्जनको गायन थियो । देउसी गायनमा ईन्दीरा पन्थी, सजाना पन्थी, सुनीता पाण्डे तथा सुश्रीता दाहाल लगायतका सदस्यहरुको प्रस्तुती थियो । देउसी समुहलाई घरमुलीहरुले नेपाली शैलीमा नाङ्ग्लोमा दक्षिणा र सिदा दान गर्नुभएको थियो । उक्त कार्यक्रमबाट संस्थालाई ५ हनार अमेरीकी डलर दान प्राप्त भैसकेको तथा उक्त दिन उनुपस्थीत महानुभावहरुबाट दान रकम दिने प्रतिबद्वता आईरहेको बताउनु भयो ।

उक्तकार्यक्रमको तेस्रो दिन अक्टोबर २२ तारिख आईतबारका दिन देउसी–भैलो कार्यक्रम २०७४ को समापन गर्दै कनेक्टिकट नेपाली समाज(नेकोन)का कार्यवाहक अध्यक्ष हरिप्रसाद जोशीले देउसीमा सहभगी तथा घरमुलीहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो । गैर आवासिय नेपाली संघ अमेरिका कनेक्टिकट च्याप्टरका अध्यक्ष घनश्याम खड्काले कार्यक्रम सफल भएको बताउनुभयो ।


स्मरण रहोसः नेकोनले संयुक्त राज्य अमेरिकाको कनेक्टिकट राज्यमा आफ्नो स्थापनाकाल देखि नै नेपालीहरुको महान पर्व वडा दसै, दीपावली तथा नयाँ वर्षको उपलक्ष्यमा विविध सास्कृतिक कार्यक्रम गर्दै आईरहेको छ साथै नेपाल तथा अन्य स्थानमा भएको दैवि विपत्तिको बेला सहयोग गर्दैआईरहेको छ ।

 

प्रतिक्रिया