क्यानेडियन नेवाः गुथि द्वारा “म्ह पूजा” तथा नेपाल सम्बत ११३८ कार्यक्रम सम्पन्न

इनेप्लिज २०७४ कार्तिक ७ गते ०:३६ मा प्रकाशित

टोरोन्टो, क्यानेडियन नेवाः गुथि ले नेवाः समुदायको महत्वपूर्ण र मौलिक पर्ब “म्ह पूजा” तथा नेपाल सम्बत ११३८ बिभिन्न कार्यक्रम सहित ब्राम्प्टन टावरमा सम्पन्न गरेको छ । आफ्नो स्थापना बर्ष २००५ देखि गुथिले निरन्तर रुपमा सो कार्यक्रम संचालन गर्दै आएको छ भने प्रत्यक बर्ष सहभागि संख्या बढदै गएको गुथिका प्रबक्ताले बताए । प्रत्यक सहभागीको लागि मण्डप बनाई नेवाः परम्परा अनुसार ” ख्यँ सगं”,रोटी, फलफुल, जजन्का ईत्यादि सहित बिधिबत रुपमा गुथिका महिला सदश्यहरुले पूजा गरेका थिए ।

म्ह पूजा शुरु हुनु भन्दा अगाडी सबै सहभागिहरु सहित को समुहले कार्यक्रम क्षेत्र वरि परि “भिंतुना” र्याली गरेका थिए । सो  “भिंतुना” र्याली को नेवाः बाजा धिमे, भुस्या, छुस्या को टोलीले अगुवाई गरेको थियो । कार्यक्रममा गुथिका अध्यक्ष प्रकाश प्रधान ले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो भने ” ख्यँ सगं” खानु भन्दा अगाडी ” न्हु दँ या भिंतुना” भनि सामुहिक उचारण गरि एक आपसमा बधाई साटासाटगरेका थिए ।

म्ह पूजाकार्यक्रम पस्चात दोश्रो चरणमा गुथि लाई सहयोग गर्नु हुने ब्रोक बिस्वबिद्द्यालयका प्रा. डा. टम वो नील लाई नेवाः परम्परा अनुसार अध्यक्ष प्रधानले शीरमा बेटाली बाँधि दिनु भएर तथा उपाध्यक्ष उत्तम माकजूले दोसल्ला ओढाई दिनु भएर सम्मान गरिएको थियो। सम्मान पस्चात प्रा. डा. टम वो नील ले सम्मान को लागि धन्यबाद दिनु हुन्दै गुथिले क्यानडामा नेवा सस्कृति को प्रबर्द्दनमा गरेको प्रयासको प्रशंसा गर्नु भयो। सो हि म्ह पूजा कार्यक्रमका सहभागी तथा टोरोन्टो बिस्वबिद्द्यालयमा ” नेवाः बौद्द परम्परा ” बिषयमा अनुसन्धानरत बिद्द्यार्थिहरु अलेकजेन्डर वो नील तथा आईन टर्नर ले नेवाः सस्कृति सम्बन्धि महत्वपूर्ण कार्यक्रममा भाग लिन पाएकोमा खुसि ब्यक्त गर्नु भयो ।सोहि बिच नव आगन्तुक हरु परिचय कार्यक्रम पनि गरिएको थियो।

कार्यक्रमको अन्त्यमा सास्कृतिक कार्यक्रम संचालन गरिएको थियो ।जस्मा गुथिका युबा सदश्यहरु आयुस्ना श्रेस्ठ, रोदेशा शाक्य, राएना श्रेस्थ, सर्बज्ञ श्रेस्थ तथा अबिस श्रेस्थले नेवा नृत्य प्रस्तुत गरेका थिए भने रिकेश श्रेस्थ, गोबिन्द घिमिरे, उत्तम माकजूले नेपाल भाषा तथा नेपाली गीत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया