पोल्यान्डमा भव्यरुपमा छक्कापन्जा दुई प्रदर्शन

इनेप्लिज २०७४ कार्तिक ६ गते २३:३३ मा प्रकाशित
पोल्यान्डको राजधानी वरसवामा करिब तीन सय जना नेपालीहरुको उपस्थितिमा दिप र दिपाको नेपाली कथानक चलचित्र छक्का पन्जा २ प्रदर्शन भएको छ ।
इनास पोल्यान्ड र वलिउड पोल्यान्डको संयुक्त आयोजनामा प्रदर्शित फिल्ममा उपस्थिति नेपाली जनसमुदायको माहोलले साच्चिकै रौनक्ता थपेको थियो ।  स्मरण रहोस् रातको ११ बजेबाट शुरु भएको नेपाली फिल्म छक्का पन्जा २ सिनेमा हलमा हेरेर मनोरंजन  लिन साना बच्चाहरुको साथमा दर्जनौ आमाहरुको पनि उपस्थिति थियो । त्यसै गरी युवायुवतीको संख्या पनि उल्लेख्य थियो ।

उक्त फिल्म  प्रदर्शन गर्नको लागि एस एम एस सर्भिस फर यु पोल्यान्ड , सिद्दार्थ रेस्टुरेन्ट पोल्यान्ड , मेन पार्टनर युवराज अडाइ  , एकेवाई आइडिया मेकर अमित कुमार यादव  वारसवा म्यानेजमेन्ट  युनिभर्सिटी ले फिल्म प्रदर्शनको लागी सहप्रायोजन गरेका थिए ।

छक्का पन्जा २ फिल्म प्रदर्शनमा बिशेष रुपमा सोम सैन्जु , बिनय अधिकारी लगायतहरुले विशेष भुमिका निर्वाह गरेका थिए ।
इनास पोल्यान्ड र कलिउड पोल्यान्डले आयोजना गरेको उक्त फिल्मको अपार सफलता पछि खुशी व्यक्त गर्दै कलिउड संयोजक एवम इनास पोल्यान्ड फिल्म समिति संयोजक सुरज कार्कीले सबै दर्शक प्रति आभार प्रकट गर्दै फेरि लगत्तै नयाँ नेपाली फिल्म “फाटेको जुता” लिन लागेको जानकारी  दिएका छन् ।

प्रतिक्रिया