एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिताको उपाधि नबीन र होमले चुमे

इनेप्लिज २०७४ कार्तिक १ गते १८:५८ मा प्रकाशित
लन्डन, कार्तिक १ । गैर आवासीय नेपाली संघ (एनआरएन)को हरेक सम्मेलनमा संसारभर छरिएका  पत्रकारहरुलाई दिईने ‘एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०७४’ को उपाधि पत्रकार नबीन पोखरेल र होम कार्कीले चुम्न सफल भएका छन् ।  काठमाण्डौस्थित गत मंगलबार एनआरएनएको आठौं विश्व सम्मेलनको समापन समारोहमा उक्त पुरस्कारको घोषणा गरिएको हो । अन्तर्राष्ट्रिय गैर आवासीय नेपाली संघ समन्वय परिषदका अध्यक्ष शेष घले र राष्ट्रिय समन्वय परिषद वेलायतका अध्यक्ष योगकुमार फगामीले कार्की र पोखरेललाई नेपाली रुपयाँ ५० हजार पाँचसय सहिद  ताम्रपत्र दिदै सम्मान गरेका थिए । पत्रकार नबीन पोखरेल लण्डनमा रहेका कारण उनका वुवा रामचन्द्र पोखरेललाई हस्तान्तरण गरिएको थियो ।
 
पत्रकार नबीनले लमजुङ्गबाट प्रवेशीका उर्तिण गर्नसाथ उच्च शिक्षाकालागि काठमाण्डौ लागेका थिए । उनले त्रिभुवन विश्व विद्यालयबाट पत्रकारितामा स्नातक सक्न साथ स्नातकोत्तर गर्न सन् २००६ मा लण्डन आएका हुन् । सन् २००७ बाट वेलायतकालागि कान्तिपुर संवाददाता खटिएका नबीनले यस अघि मुलधारको राष्ट्रिय दैनिक पत्रिका राजधानिमा ५ बर्ष सम्म नेपाली पत्रकारिताको अनुभव गरिसकेका थिए । 
 
वेलायतस्थित चर्चित अनलाईन विनेपाली डट कमका प्रधान संम्पादक समेत रहेका नबीन विगत १० बर्ष अघि देखि प्रवासी नेपालीहरुको गतिविधि र वेलायती गोर्खा सैनिकहरुका आन्दोलनका बारेमा कलम चलाउन्दै आईरहेका एक निक्ष्पक्ष पत्रकार हुन् । कार्की लामो समय कतारमा रहेर कान्तिपुरकालागि काम गरेका थिए । हाल काठमाडौंबाट उनले बैदेसिक रोजगारीमा खाडी मुलुक पुगेका काम्दारका समस्याबारे कलम चलाउदै आईरहेका छन् ।  
 
गैर आवासीय नेपाली संघ (एनआरएनए) वेलायत र नेपाल पत्रकार महासंघ वेलायत शाखाद्वारा संयुक्त रुपमा स्थापित उक्त पुरस्कार प्रवासी नेपालीका बारेमा निरन्तर समाचार सम्प्रेषण गर्ने एकजना नेपालभित्र र एक जना प्रवासका पत्रकारलाई हरेक दुई वर्षमा हुने एनआरएनए विश्व सम्मेलनका अवसरमा प्रदान गरिने नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगीमगरले जानकारी दिए ।
 
नेपाल पत्रकार महासंघले केहि महिनाअघि एनआरएनएको आठौ विश्व सम्मेलनमा प्रदान गरिने एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१७ का लागि छनौट समिति गठन गरेका थिए ।
 
नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य संयोजक तथा पत्रकार बबिता बस्नेत र विविसी नेपाली सेवाका रेडियो पत्रकार भगिरथ योगी सदस्य रहेको छनोट समितिले कार्की र पोखरेललाई संयुक्तरुपमा उक्त पुरस्कारकालागि छनोट गरेका हुन् ।

प्रतिक्रिया