एन आर एन ए युरोप सह संयोजकमा धर्म गुरुङको उमेद्वारी

इनेप्लिज २०७४ असोज ११ गते २०:४९ मा प्रकाशित

धर्म गुरुङ (सह – संयोजक उमेद्वार)

आदर्णीय दाजु भाई दिदीबहिनिहरू संघ संस्थाहरुको अध्यक्ष ज्यु,संचारकर्मी मित्र ज्युहरु तथा सज्जन बृन्दहरुमा म धर्म गुरुङ तर्फबाट हार्दिक नमस्कार गर्दछु । बिदेशमा रहने नेपालीहरुको साझा संस्था एन आर एन ए को विश्व सम्मेलन यहि अक्टोबरमा हुँदैछ र हरेक २ बर्षमा यो संस्थाले संस्थाको बिकाश र संस्थालाई गतिशील र बिकशित गर्न नयां नेतृत्वको निर्माण गर्ने गर्दछ ।

मैले एन आर एन ए २०१७ -२०१९ को युरोपको सह – संयोजक लागि उमेद्वारी घोषणा गरेको सम्पूर्ण एन आर एन ए नेपाली सामु र बिशेष गरि यूरोप बस्ने नेपालीहरु सामु जानकारी गराउन चाहान्छु । मलाइ आशा र बिस्वाश छ मेरो सामाजिक कार्यको निरन्तरतालाई सहयोग गरि हौसला प्रदान गर्नु हुनेछ ।

मेरो सामाजिक सेवाको संस्थाको अनुभबहरु यहाँ प्रस्तुत गर्न चाहन्छु

एन आर एन ए स्विस उपाध्यक्ष २०११ -२०१३
एन आर एन ए स्विस अध्यक्ष २०१३ -२०१५
एन आर एन ए स्विस कार्यसमिती सल्लाहकार २०१५-२०१७ र २०१७-२०१९

मैले संस्थागत जिम्मेवारीहरु सम्पूर्ण पक्ष संग हातेमालो गर्दै सफलता पूर्वक निर्वाह गरेको जानकारी गराउन चाहन्छु । यसको साथ् साथै नेपालमा हुँदा पनि विभिन्न सामाजिक क्षेत्रमा सक्रिय भएर कार्यहरु गरेको उदाहारणहरु पनि जोड्न चाहन्छु ।

मैले एन आर एन ए स्विसको कार्यसमितिमा रहेर जिम्मेवारी बहन गर्दै गर्दा मेरो नेतृत्वमा भएका विभिन्न सफल कार्यकमहरुको छोटो प्रस्तुति तल उल्लेखित गरेको छु ।

२०११-२०१३ – उपाध्यक्ष हुँदाको अबस्थामा
१) सर्ब प्रथम एन आर एन ए स्विटजरल्याण्डमा फूटबल खेलको आयोजना गरेर संस्थाको हितमा काम गरेको र यस कार्यलाई अहिले सम्म पनि आयोजक जो कसरी भए पनि सुरुवाती पहल र नेतृत्व गरेको ।
२) स्विसबासि नेपालीहरुलाइ हिउँदमा स्नो-फन कार्यक्रम गरि संस्थाको छबि उच्च बनाउने कार्य गरेको र यो कार्यलाईलाइ स्विसबासि नेपालीहरुले एउटा अभियान र निरन्तरता दिदै प्रत्यक वर्ष नेपालीहरुले सामुहिक मनोरंजन गर्ने गरेको ।
३) पहिलो पटक एन आर एन ए स्विटजरल्याण्डको युरोप स्तरीए भेला जुरिचमा सम्पन्न गरेको ।

२०१३-२०१५ अध्यक्ष

१) एन आर एन ए ग्लोबल सम्मेलनमा पहिले पटक एन आर एन ए स्विसको अध्यक्ष सहितको टिम सहभागी भएर मृगौला पिडित ओम माया राना मगरलाई ८६,००० नेपाली रुपैयाँ सयोग गरेको ।
२)एन आर एन ए को केन्द्रिय सहयोग अभियान अन्तर्गत ब्ल्यड मनी आनिश खालिङ् राईको सयोगार्थ २०३६ स्विस फ्रान्क सहयोग गरिएको ।
३) एन र एन ए स्विसको कार्यसमितीको पहलमा पहिलो पटक स्विस वमेन फोरुमको गठन गरिएको ।
४) नेपाललाइ सहयोग गर्ने संस्थाहरु मध्य बिदेशी संस्था नोर्ला संग सहकार्य गरि विभिन्न कार्यक्रमहरु गरि संस्थागत सम्बन्ध जोडिएको ।
५) महा भुकम्प पिडितको लागि आपतकालिन राहत स्वोरुप १८,००० स्विस फ्रान्क भन्दा बढी उठाइएको रकम एन आर एन ए को केन्द्रमा पठाइएको ।
६) गैर आवासीय नेपाली संघको केन्द्रिय भवन निर्माणको लागि ६,००० स्विस् फ्रान्क भन्दा बढी रकम सहयोग स्वरुप केन्द्रिय कार्यालयमा पठाइएको ।
७) यूरोपमा पहिलो चोटी यूरोपबासि नेपाली युवा बर्गलाई एकीकृत गर्न र खेलकुदको बिकाश गर्न एन आर एन ए यूरोप स्तरिय फूटबल कप आयोजना एन आर एन ए स्विसद्वारा आयोजना गर्न सफल भएको ।
८) स्विसमा पहिलो पटक नेपाली फूडको प्रवर्धन, बिक्रि स्विसको प्रशिद्ध सहर जेनेभामा गरिएको र त्यसको ब्यबस्थापन एन सी सी स्विस र शिव रिजाल ( ICC सदस्य -स्विस )जी को सक्रियतामा गरिएको ।

मेरो प्रतिबद्धता गैर आवासीय संघ यूरोप सह- सयोजक पदको लागि किन ?

१) संस्थाको घर बनाउनको लागि र लाप्राक गाउँको लागि यूरोपबाट सग्दो बढी सहयोग तथा सहभागी गराउने बाताबरणको सृजना गर्ने ।लाप्राक भुकम्प पिडितहरुको लागि बनिरहेको घरको लागि युरोपबाट बढी सयोग तथा स्वयम सेवक सहभागी गराउने ।
२) देश तथा बिदेशमा सामुहिक लगानिको लागि प्रयास गर्ने ।
३) युरोपमा गैर आवासीय नेपाली संघको कार्यालय स्थापनाको लागि कोशिस गर्ने ।
४) खेलकुद तथा सांस्कृतिक कार्यक्रम गरेर संस्थाको हित गराउन , इनासा र अन्य क्लबहरु संग हातेमालो गरेर आगाडी बढ्ने ।
5) एक पटकको नेपाली सधैको नेपाली भन्ने अभियानलाई सधै जारि राख्ने र नागरिकताको निरन्तरताकोको लागि प्रयास जारी राख्ने
6) बिदेशी भूमिमा बिधार्थीहरुले पनि निर्वाचनमा भाग लिन पाउने गरि बिधान संसोदनको प्रस्ताव गर्ने ।
7) काठमाडौँको संख मुलमा बनिरहेको एन आर एन ए पार्कलाइ अझै सहयोग गर्ने ।
८) अझै पनि यूरोपमा रास्ट्रीय समन्वय परिषद गठन नभएको ठाउंमा स्थापना गर्नको लागि सक्रिय हुने ।
९) ठुलो मात्रामा रहेको गोर्खा भूपू सैनिकहरु अझै पनि संस्थामा आवद्ध नभएको हुनाले संस्थाको बारेमा बुझाएर एन आर एन ए संस्था भित्र आवद्ध गराउन र सहकार्य गर्नेछु ।

मेरा अनुभव सहित तपाईहरु संग भएको भावना र बिचारलाई उच्च सम्मानका साथ हातेमालो गर्दै नयां उत्साह नयां सोच लिइ स्वच्छ र निस्वार्थ बिचारले समाज सेवा गर्ने प्रतिबद्धता गर्नुका साथै पूर्ण भरोसा र बिश्वास दिलाउन चाहन्छु । आगामी १४,१५ र १६ अक्टोवरमा हुन गैरहेको एन आर एन ए विश्व सम्मेलनमा तपाईहरुको अमूल्य सहयोग र भोटको अपेक्क्षा गर्दछु ।
धन्यावाद

भवदिय
धर्म गुरुङ
सह – संयोजक उमेद्वार
युरोप २०१७-२०१९

प्रतिक्रिया