नेपाल आइडलका बिजेतालाई घर फर्किदा एयरपोर्टमा हजारौले यसरी गरे स्वागत [ भिडियो हेर्नुहोस ]

इनेप्लिज २०७४ असोज ९ गते ७:०५ मा प्रकाशित

चर्चित रियालिटी सो ‘नेपाल आइडल’ ग्राण्ड फिनाले सकिएपश्चात कतारबाट आइडलका टिम स्वदेश फर्कने क्रम जारि छ । कतारबाट फर्किएका बुद्ध लामा, निशान भट्टराई र प्रताप दास सहितको टिमलाई एयरपोर्टमा भव्य स्वागत गरिएको छ । आइतबार राति ९ बजे फर्किएका शिर्ष ३ सहित शिर्ष १२ प्रतिष्पर्धीलाई एयरपोर्टमा भव्य स्वागत गरिएको हो ।

फिनालेमा आइडलका उत्कृष्ट १२ प्रतिष्पर्धी सहित नेपालका वरिष्ठ कलाकार, संगितकर्मी तथा लाखौं दर्शकले सहभागिता जनाएका थिए । आइतबार एयरपोर्टमा सञ्चारकर्मीसँगै कुरा गर्दै बुद्ध लामाको बुबाले एपी १ को स्वीकृति भएमा बिजय र्याली नै निकाल्ने बताएका थिए । उनले आफ्नो मात्रै नभई अब बुद्ध विश्वकै छोरा भएको बताए ।

एयरपोर्टमा निशान भट्टराई र प्रताप दासको पनि भव्य स्वागत गरिएको थियो । समर्थक सहित आफन्तजन उपस्थित भइ उनीहरुलाई माला लगाई स्वागत गरिएको थियो ।

प्रतिक्रिया