देशले मागे अमरको नेवारी गीत

इनेप्लिज २०७४ असोज ६ गते ८:४७ मा प्रकाशित

ओ. एस नेपाल म्युजिक अवार्ड-२०७४ बाट ओ. एस नेपाल लाइफ टाइम एचिभेन्ट अवार्ड-२०७४ ( Os Nepal Lifetime Achievenent Award 2074) बाट सम्मानित कवि, गीतकार, साहित्यकार, चित्रकार एवं गायक सुरेन्द्र महर्जन”अमर” को भर्खरै नेवारी देश भक्ती गीत

“देय: न फोँसा जिगु प्रान थ्व: देय त जुल
नेपा: जिगु जनम भूमि सर्ग जिगु फाँगा जुल”
(देशले मागे मेरो प्राण यो देशलाई भयो
नेपाल मेरो जन्म भूमि स्वर्ग मेरो ओढ्ने भयो )

सुरेन्द्र महर्जन कै पाँचौ कृति “लुमु मतिना” (न्यानो माया) नेवारी गीत संग्रहभित्रको गीत हो । चर्चित संगीतकार सन्तोष श्रेष्ठको हजारौं चर्चित गीतहरू मध्य यो गीत नेवारीमा पहिलो संगीतको गीत हो । बुद्ध सायमीको एरेन्जमा अडियो नेपालको स्टुडियोमा रेकर्डिङ भएको हो । यस गीतको म्युजिक भिडियो पनि तिहारपछि आउने जानकारी पत्रकार एवं भिडियो निर्देशकले सरोज श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया