संयुक्त संयन्त्र युएई को पहलमा संकलीत रकम पश्चिम चितवनको बाढी ग्रस्त क्षेत्रमा कपडा तथा खाद्य समाग्री वितरण ।

इनेप्लिज २०७४ भदौ २८ गते १३:०६ मा प्रकाशित

संयुक्त संयन्त्र युएई को पहलमा संकलीत रकम पश्चिम चितवनको बाढी ग्रस्त क्षेत्रमा कपडा तथा खाद्य समाग्री वितरण ।
निमकान्त पाण्डे , मेघौली ( चितवन) २७ भाद्र । संयुक्त संयन्त्र युएई को पहलमा बाढी पीडितहरुका लागी संकलीत रकम चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समिति द्वारा पश्चिम चितवनको बाढी ग्रस्त क्षेत्रका जनतालाई कपडा तथा खाद्य समाग्री वितरण गरेको छ। युएइमा क्रियासिल ५२ वटा सस्थाहरु ले संकलित गरी देशका बिभिन्न जिल्लामा राहत पठाउने क्रममा चितवन समाज युएइ ले संयुक्त संयन्त्र संग सहकार्य गरि जिल्लामा रहेको आफ्नो सस्थालाई आर्थिक रकम पठाएको थियो।

उक्त कार्यक्रममा चितवन अन्तराष्ट्रिय समन्वय समितिले खाद्य राहत वितरणमा सहकार्य गरि बाढीको चपेटामा परेको प्रथामिक बिद्यालय अन्द्रौलीका बालबालिकाहरुलाई कपी,कलम लगायत स्कुललाई आबस्याक स्टेसनरी सामान सस्थाका अध्यक्ष मुक्ति प्रसाद अधिकारीले प्रधान ध्यापक लाई हस्तान्तरण गरेका थिए । राहत वितरणमा कार्यमा चितवन युवा समूह अन्तराष्ट्रिय कार्यसमिति को टिम सक्रिय रहेको थियो।

स्थलगत अबलोकन पछि गरिएको राहत वितरण कार्यक्रममा वडा नम्बर २८ का अध्यक्ष आस बहादुर कुमाल ,मेघौली मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष श्याम प्रसाद अधिकारि,राष्ट्रिय लोक गायक मुक्ति साप्कोटा, उक्त क्षेत्रका समाज सेबिहरु साथै बिद्यार्थी तथा स्कुलका अभिभाबकहरुको उपस्थिति रहेको थिए। चितवन अन्तराष्ट्रिय युवा समितिको राहत वितरण टोली संग उक्त वडाका प्रतिनिधि तथा समाज सेबी टिकाराम भुसाल ले समन्वयकारी भूमिका गरेका थिए ।

प्रतिक्रिया