बाल्टिमोरमा नेपालिहरुको सामुदायिक भबन

इनेप्लिज २०७४ भदौ २० गते २२:१५ मा प्रकाशित

बाल्टिमोरमा नेपालिहरुको साझा र पुरानो संस्था बाल्टिमोर एसोसेसन अफ नेप्लिज इन अमेरिका (बाना ) ले केहि बर्ष पहिला देखी सुरु गरेको सामुदायिक भवन को योजनाले अब मुर्त रुप लिन थालेको छ । हालसालै बानाले एउटा प्राबिधिक समिती बनाइ सिमित स्रोत साधानको उपयोग गर्दै बाल्टिमोरका नेपालिहरुका लागी

ब्याबहारिक रुपमा उपयुक्त हुने भवन स्थान छनोट गर्न र तेसको लागी आर्थीक स्रोत जुटाउन आर्थीक समिती मार्फत कार्यक्रम अगाडी बढाएको थियो बानाको पूर्व अध्यक्ष एवम् इन्जिनियार कुलमणी आचार्यको समयोजकत्वोमा प्राबिधिक समितिको सिफारिसमा बाल्टिमोरको टाउसानमा एउटा भवन किन्ने समझौता गरी तेसको लागी आर्थीक स्रोत जुटाउन बाना लागी परेको कुरा बानाका बरिस्ठ उपाध्यक्ष सुबोध बिलास पन्तले बताउनु भयो

हालको भवनलाई नेपाली स्रोत केन्द्रको रुपमा स्थापना गरी बाल्टिमोर तथा मेरिल्यान्ड राज्य भित्रका बिभिन्न संघ सस्था समुह तथा ब्यक्तीहरुको सम्लग्नतामा निकट भविस्यमा नै सामुदायिक केन्द्र निर्माण गर्ने योजनाका साथ सुरु गरिएको यो अभियानले बाल्टिमोरका नेपालिहरुमा नया उत्सहा थपिएको छ ।

बानाले खरिद गर्न लागेको भवनमा हाल बानासहित अन्य सङ्घ सन्स्थाहरुको कार्यालय रहने र सनो तथा मझौला खालको कार्यक्रम गर्न मिल्ने बैठक तथा पार्टि हल भएको जनाइएको छ । एसका लागी बिर्स्थित जानकारी दिने उद्धेस्यले आउदो सेप्टेम्बर १०,आइतवारको दिनमा स्थानिय बटर चिकेन,Restaurant टाउसनमा बानाले एक कार्यक्रमको आयोजना गर्ने र त्यसमा उपस्थित भइ सामुदायिक केन्द्रको योजनालाई सहयोग गर्न बानाकी अध्यक्ष श्री अनसुया श्रेष्ठ वन्तले सम्पूर्ण नेपाली दाजु भाइ तथा सङ्घ सन्स्थाहरुलाई हार्दिक अनुरोध गर्नु भएको छ !

कार्यक्रम स्थल : Butter chicken Restaurant 6837 loch raven blvd Towson MD 21286
मिती तथा समय: sep 10, 2017 Sunday
11 .00 Am to 2.00 pm

प्रतिक्रिया