एनआरएन तान्जानियाको अधिवेसन सम्पन्न ,थापा अध्यक्ष पदमा निर्वाचित

इनेप्लिज २०७४ भदौ १९ गते १७:०० मा प्रकाशित

तान्जानियाको दार एस सलाममा सम्पन्न गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद को चौथो राष्ट्रिय महाधिबेसन ले अध्यक्ष मा रोशन थापा ,उपाध्यक्षम प्रेम गुरुङ र विनोद पटेल र महसचिवमा पुष्प राज भट्टराई लगायत ११ सस्द्सिय नयाँ कार्य समिती २ बर्ष को लागि को चयन गरेको छ l

अन्तरराष्ट्रिय समिती सदस्यमा संजीत थापा तथा महिला सम्योजक अन्जली तामांग र युबा सम्योजकमा दीपक लामिछानेलाई निर्वाचित गरेको छ |

उक्त महाधिबेसन बिशेष अतिथी र परीवेक्षक शिव प्रसाद अर्यालज्यु , तान्जानियाको बिभिन्न शहरहरुमा रहेका नेपालीहरु नेपालबाट अन्तरराष्ट्रिय संघ सस्थाहरु मा काम गर्ने हुने बिशिस्ट व्यक्तिहरु को सहभागिता थियो | गैर -आवसिय नेपाली संघ तान्जानिया को स्थापना २०१३ मा भरत रिजालको नेतृत्वमा भएको थियो भने हाल तान्जानियामा लगभग १०० नेपाली कार्यरत रहेका छन |

कार्यक्रमको संचालन सीए सुवासचन्द्र लुइँटेलले कार्यक्रम सन्चालन गर्नु भएको थियो | सो कार्यक्रम मा तत्कालिन महासचिव पुष्प राज भट्टराई बाट हाल सम्म भएको कार्यक्रमको बिस्तृत बिवरण तथा आय व्ययको बिवरण समेत प्रस्तूत भएको थियो |

अधिबेसन सफल बनाउन र निर्वाचन सम्पन्न गर्न अफ्रीका क्षेत्रीय संयोजक सुनील कार्कीबाट मनोनित पर्यवेक्षक शिव प्रसाद अर्यालको बिशेष सहयोग रहेको थियो |निर्वाचन सम्पन्न भएको घोषणा पछी निर्वाचित पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृतबाट पद तथा गोपनियता को सपथ खुवाउनु भएको थियो |

नव निर्वाचित अधक्ष्य रोशन थापाज्यु बाट आगामी बर्षको लागि कार्यक्रम प्रस्तूत गर्नुको साथै धन्यबाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नु भएको थियो | सो कार्यक्रम मा नेपालमा हालै भएको बाढी पिडितहरु को राहत को लागी सहयोग संकलन गरिएको थियो |

प्रतिक्रिया