एनअारएनए कतारको अध्यक्षमा -पोखरेल

इनेप्लिज २०७४ भदौ १८ गते १३:५१ मा प्रकाशित

एनक्यूखबर दोहा – भर्खरै सम्पन गैर आवसीय नेपाली संघ एनआरएनए,कतारको अध्यक्षमा नगेन्द्र प्रसाद पोखरेल (नविन) निर्वाचित भएका छन् । उनले प्रत्यसी मो. मुक्तदा मुसलमानलाई ७७ मतले पछि पार्दै अागामी एनसिसि कतारको २०१७/२०१९ कार्यकालकालागि नवीन निर्वाचित भएका हुन । यसै गरि प्रथम उपाध्यक्ष – तेज कटुवाल,द्धितिय उपाध्यक्ष-सुदर्शन भट्ट निर्वाचित भएका छन ।

तृतिय उपाध्यक्षमा भने केशब ढकाल विजयी भए । उनका प्रत्यासी देबिका केसी गुरुङले अन्तिम समयमा आफ्नो उम्मेदवार फिर्ता गर्नु भएको थियो । देबिकाले चुनाव हुनु भन्दा पहिल्यै अाफुले उक्त पदबाट उम्मेदवारी फिर्ता लिएर केशब ढकाललाई समर्थन गरेको निवेदन निर्वाचन समितीलाई पेस गरेपछि ढकाल स्वत: तृतीय उपाध्यक्षमा निर्वाचित भएका हुन ।

महा-सचिव -बुधबल गुरुङ,सचिव – रामजी खत्री र युवराज शर्मा निर्वाचित भएका छन भने सह कोषाध्यक्ष -खगबहादुर खत्री (यासीन मामा) विजयी भएका छन । खुल्ला सदस्यहरूमा चिरन्जिवि तिम्सीना,टंक कुमार खड्का,बिजयराज अधिकारी,बिनोद प्रसाद बसौला, रुद्रप्रसाद आचार्य र रेशमबहादुर बस्नेत विजयी भएका छन ।

यसै गरि प्रदेश नं १बाट -अरुण कुमार के.सी,प्रदेश नं २ बाट रामकुमार मण्डल, प्रदेश नं ३ बाट -नारायण बिष्ट,प्रदेश नं ४ बाट आश बा. गुरुङ,प्रदेश नं ५ -बुद्ध पाण्डे निर्वाचित भएका छन । लेखा समिती संयोजकमा -राम प्रसाद गौतम भने लेखा समिति सदस्यहरूमा बुद्धिप्रसाद भण्डारी र शिवप्रसाद बास्तोला निर्वाचित भएका छन ।

अनुशासन तथा अनुगमन समिती संयोजकमा -नन्दप्रसाद ढुङगाना र सदस्यहरूमा शिवराज भट्टराई र सीताराम थापा निर्वाचित भएका छन ।

को को भए निर्विरोध निर्वाचित हुनेमा

कोषाध्यक्ष – उत्तम गुरुङ्ग
महिला संयोजक – सरिता गुरुङ्ग
यूवा संयोजक – लोक माया क्षेत्री (मायाँ केसी)
महिला सदस्य – सपना पुन
प्रदेश नं ६ सदस्य – वसन्त कुवँर
प्रदेश नं ७ सदस्य – नरेन्द्र प्रसाद जैसी
मुस्लीम सदस्य – शेख अब्दुल खलिक र मोहम्मद उज्जेर
आदिवासी जनजाती सदस्य – श्याम कुमार लिम्बु र रामबाबु मण्डल।
दलित समुदाय सदस्य – भिम सुनार र छविलाल सुचिकार
तराई मधेस समुदाय सदस्य – वली ठाकुर र विश्वनाथ ठाकुर हजाम भने पहिले नै निर्विरोध निर्वाचित भईसकेका थिए ।

अाईसिसि सदस्यमा कुमार र बिमल

एनअारएनए अाईसिसि सदस्यको २ पदका लागी कुमार कार्कि र विमल शुबेदी निर्वाचित भएका छन । उनिहरू दुबैले प्रत्यासी केबि हमाल र प्रेम बहादुर बिकलाई भारी मतले पराजित गर्दै निर्वाचित भएका हुन ।

प्रतिक्रिया