रक्तदान गरौं । आदरणिय दाजुभाई दिदी वहिनीहरु । रक्तदान कार्यक्रम सम्वन्धमा । हालै अमेरिकाको टेक्सास राज्यको दक्षिणी सहर ह्युस्टन लगाएतका विभिन्न ठाँउमा आएको आँधिवेहरीका कारणँ ठूलो जन-धनको क्षती भएको सन्दर्भमा घाईते भई उपचारको क्रममा रहुभएका मानिसलाई रगत अभाव हुन नदिन तथा तत्काल रगत पूर्ति गर्न सहयोग पुगोस भन्ने हेतुले यस च्याप्टरको सहभागितामा Newyork Blood Centre westbury संग समन्वय गरी नेपाली कांग्रेसका संस्थापक नेता महामानव विपी कोईराला ज्यूको १०४औं जन्मजयन्ती( भाद्र २४) सन्दर्भ पारेर आकस्मिक रक्तदान कार्यक्रम राखिएको छ । प्राकृतिक विपत्ति ,दुख र आपत परेका दादुभाई, दिदी वहिनी हरुलाई रक्तदान गरी हामीवाट एउटा मानविय सहयोग गर्न सकिने उक्त कार्यक्रममा यहाँहरु समयमै उपस्थित भई रक्तदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं । मानिसको जीवन वचाउन सहयोग पुग्ने यस महान कार्यमा हामी सवैले रक्तदान गरौं,अरु लाई पनि सहयोग गर्न प्रेरित गरौं।
धन्यबाद जयनेपाल ।
विश्वराज वाँस्तोला,सभापति तथा च्याप्टर परिवार,नेपाली जनसम्पर्क समिति लंगआईलेण्ड, न्यूयोर्क
Friday 8th September Time:-12.00 pm to 6Pm
Main Floor Rotunda, 358b Broadway Mall Hicksville Ny, 11801
प्रतिक्रिया