बाढी पीडित परिवारलाई मनोविमर्श सेवा प्रदान

इनेप्लिज २०७४ भदौ ६ गते १४:२१ मा प्रकाशित

बाढी तथा डुबान पीडित बस्तिका परिवारहरुलाई डरत्रास, चिन्ता र छटपटीबाट मुक्त गराई सामान्य जीवनमा फर्काउनको लागी मनोसामाजिक मनोविमर्श सेवा प्रदान गरिएको छ । प्लान इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग र जिल्ला महिला तथा बालबालिका कार्यालयको समन्वयमा महिला सुरक्षा दवाव समुह, रौतहटद्धारा मनोसमाजिक मनोविमर्श सेवा प्रदान भएको छ ।

बाढी तथा डुबानका कारण रौतहटका बालबालिका, किशोरकिशोरी र महिलाहरुमा घटनाको झझल्को आईरहने, डरलाग्दो सपना देख्ने, धेरै लजाउने, उदास रहने, मनमा नानाभाति कुरा खेलाउने, टोलाउने, एक्लै कुरा गर्ने, आत्महत्या गरौं जस्तो लाग्ने, पढन मन नलाग्ने, निन्द्रामा बर्बराउने, निन्द्रा नलाग्ने, धेरै रिसाउने, आक्तिने, भिक्तामा फोहो कुरा लेख्ने वा चित्र बनाउने, आदी मनोसामाजिक समस्याका लक्षणहरु देखा परिरहेको छ ।

बाढी तथा डुबानका दृष्टिले गम्भिर रुपमा प्रभावित भएको गाविस देवाही र बडहर्वामा भाद्र ४ र ५ गते मनोसामाजिक मनोविमर्शकर्ता रेनु कुमारी गुप्ता र मानव अधिकारकर्मि टिका घिमिरेको सहजिकरणमा सम्पन्न कार्यक्रममा बाढी तथा डुबानका कारण मनोसामाजिक समस्याका लक्षण देखिएका ९१ जना बालबालिका, किशोरी र महिलाहरुदलाई मनोविमर्श सेवा प्रदान गर्ने कार्य सम्पन्न भएको कार्यक्रम संयोजक टिका घिमिरेले जानकारी गराएका छन् ।

 

प्रतिक्रिया