सन् फ्रान्सिस्कोमा अनेसासले मोती जयन्ती मनाउदै, प्रसिद्ध साहित्यकार तेराजको पुस्तक विमोचन् ।

इनेप्लिज २०७४ भदौ २ गते १९:५४ मा प्रकाशित

 

मोतीराम भट्टले नेपाली साहित्यमा मा दिएको देनलाई स्मरण गर्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नर्दर्न क्यालिफोर्निया च्याप्टरले देहाय बमोजिम मोति जयन्ती मनाउने कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रममा कबिता, गजल वाचनको साथै गीत र अन्य साहित्यिक विधालाई समेत समावेश गरिने भनेको छ ।
नेपालका चर्चित साहित्यकार तेराखको पुस्तक विमोचन समेत गरिने उक्त कार्यक्रममा उपस्थित भई सफल बनाई दिनुहुन नेपाली एसोसियसन अफ नर्दर्न क्यालिफोर्निया सम्पूर्ण महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछ ।

Date: August 27, 2017 Sunday
Time2:PM
Venue: 523 Broadway, San Fransisco( Urban Curry)

सर्बज्ञ वाग्ले

अध्यक्ष
अनेसास नर्दन क्यालिफोर्निया च्याप्टर

( साहित्यक व्यक्तित्व मोतीराम भट्ट बारे संक्षिप्त जानकारी )

नेपाली गजल साहित्यका विशिष्ट व्यक्ति भट्टको विसं १९२३ सालको भाद्र कृष्ण औँसी (कुशे औँसी) का दिन जन्म भएकोले त्यस दिनलाई मोतीजयन्तीका रूपमा मनाइने गरिएको हो ।

श्रृङ्गार रसलाई केन्द्रविन्दुमा राखेर गजल साहित्यका क्षेत्रमा महत्वपूर्ण योगदान दिएका भट्टले कथा, नाटक र निबन्धसमेतको रचना गरेका थिए ।
तीस वर्षकै अल्पायुमा विसं १९५३ सालको भाद्र कृष्ण औँसी (कुशे औँसी) कै दिन निधन भएका भट्टलाई माध्यमिककालीन नेपाली श्रृङ्गारिक साहित्यका प्रणेता पनि मानिन्छ । थोरै बाँचेर पनि नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान दिएका भट्टले विसं १९४८ मा आदिकवि भानुभक्त आचार्यको जीवनचरित्र प्रकाशनमा ल्याएका थिए ।

प्रतिक्रिया