विदेशमा देशभक्ति गीत सुन्दै जागिरमा जाँदा किन मुटु चसक्क दुख्छ ?

इनेप्लिज २०७४ भदौ १ गते २:२० मा प्रकाशित

देश दुख्दा हामी दुख्छौ l दुई बर्ष अगाडी विनासकारी महा भूकम्प आउदा पनि हामी दुखेका थियौ l त्यसको घाउ निको नहुदै फेरी हामि दुखेका छौ l स्वदेशमा बस्ने जसले जे भने पनि बिदेसमा बस्ने नेपालीहरुको कठोर हृदय हुदैन l उनीहरु निष्ठुरी कदापी हुदैनन l विदेशमा बस्नेले गरेको कर्तब्य कहिँ छिपेको हुदैन l सामाजिक संजालले अझ हामी सवैलाई एकै क्षणमा सवै कुरा अवगत गराई दिएको छ l

स्वदेशमा बस्दा विदेश राम्रो लाग्छ l बिदेशिनु राम्रो हुन्छ कि हुदैन ? त्यसको उत्तर म दिन सक्छु l कलम घुमाउन मात्र चाहियो भने जसरी पनि चलाउन सकिएला जस्तो लाग्न सक्छ l बेरोजगार र शिक्षितलाई स्वदेशमा जागिर नपाउदा त्यसको पिडा र अनुभूति गरेका हुन्छन l उनीहरु देश प्रेम र राष्ट्रियताका सिद्धान्तका कुरामा अल्झिन चाहदैनन् l आफु र परिवारको सम्वृद्धिको लागि देश छोड्न आईतबार कुर्दैनन l

विदेश साच्चै कै राम्रो हुन्छ l त्यसमा पनि अमेरिका l कुनै बयान नै छैन l अमेरिकामा पुरुष या महिला खुशी देखिन्छन l नेपाली समुदाय सन्तुष्ट छन् l अमेरिका आए पछि अरु स्वदेश फर्कन चाहदैनन् l

तर नेपाल मै जन्मीएर जीवन को उत्तरार्द्ध उमेरमा अमेरिका आए पछि मन कता कता कटक्क खान्छ l कहिलेकाही भावुक पनि हुइञ्छ l कहिले काही विदेश छोडेर स्वदेश जाउ जाउ लाग्छ l तर सोच्नु र गर्नुमा फरक हुन्छ l स्वदेशको माया छ भन्दैमा फर्कन सक्ने वातावरण नमिल्ने पनि हुन्छ किनभने उ एक अभिभावक हुन्छ l जिम्मेबार काँधमा लिएर बसेका हुन्छन l

जीवनका अधिकांश समय स्वदेशमा बिताएकालाई अलिक गार्हो पनि हुदो रहेछ l जतिखेर पनि उता सम्झना आउने गर्छ l बालककालमा बिताएका स्वर्णिम क्षण ले झनै अप्ठ्यारो बनाउदो रहेछ l तर के गर्नु मानिस बिदेशमा बिबस पनि हुन्छ l चाहेर पनि स्वदेश जान सक्दैन l ठुलो निर्णय गर्नु पर्ने हुन्छ l

सदैव स्वदेशको सम्झना गर्ने मानिसलाई अझ मुटु कटक्क खान्छ l झन् देशलाई अप्ठ्यारो परेको अवस्था छ भने झन् गार्हो हुन्छ l यो बिदेशमा बस्ने नेपालीले अनुभति गर्दछन l नेपाललाई भारतले गरेको अघोषित आर्थिक नाकाबन्दी ,विनासकारी महा भूकम्प र अहिले आएको भिषण बर्षा बाढीको कारण स्वदेशमा बसेकालाई जति दुखेको छ विदेशमा बस्ने लाई पनि त्यतिकै असह्य भएको छ l दुखित भएका छन् l

यस्तो समयमा देश भक्ति गीत र राष्ट्रियता प्रति ओतप्रोत गीत सुन्न मन लाग्दछ l त्यो मध्ये कै यो पक्तिकार पनि एक हो l आफु २३ बर्ष देखि नेपाली मूलका संग नेपाली मात्र बोल्ने गरेकोले होला शायद अलिक राष्ट्रिय गीत तर्फ अचानक ध्यान जान्छ l

यस्ता गीत र संगीतले अलिक भाबुक बनाउदछ भने स्वदेशको औधि माया लाग्दछ l हुन् त यो पंक्तिकार अधिकांश स्वदेशी गीत र संगीत सुन्न झुकाव राख्दछ l सत्य हो l मैले आफ्ना पाठक वर्गमा यो कुरा राख्नै पर्छ l बिदेशिएकाहरु स्वदेश प्रति माया देखाउने भन्ने कुरा नाटक या देखावटी हुन्छन भनि नभनी दिनु होला भन्ने विश्वास लिएको छु l

आफु हरेक बिहानी राष्ट्रिय गीत सुन्दै जागिरमा जाँदा ,मेरो मुटु चसक्क दुख्छ l सवै भन्दा पहिला ,राम कृष्ण ढकालको बिहान उठ्ने वित्तिकै हिमाल देख्न पाईयोस,स्व तारा देवी को उकाली ओरालीहरुमा ,स्व नारायण गोपाल को अब तिम्रो हातले लेख्नु छ ,कर्ण दासको ठुला ठुला महल हैन ,अब आउने साल हेर मेरो चन्द्र सुर्य फर फ़राउछु ,उदित नारायण झा को एक दिन त् बादल फाटी घाम लाग्ने आशामा आदि ईत्यादी गीत नसुनी हुदैन l

जव गीत सुन्दै काममा जान्छु अनि अनेक कुराहरु र देश को सम्झना ल्याउदो रहेछ l अनि किन आफु सपरिवार विदेश आएको होला भन्ने सवाल आफै गर्छु l उत्तर पनि आफै दिन्छु l तर के उत्तर दिन्छु भन्ने चाही मन लागेन l माफ गर्नु होला l

जव आफु राष्ट्रका सच्चा तथा नेपाल आमाका छोरा डा गोबिन्द केसी जस्ताको दृढ संकल्प र उनको सोच देख्छु अनि आफु भित्र एक प्रकारको उर्जा उत्पन्न हुन्छ l यस्तो समयमा झन् देश भक्ति गीत सुन्न मन लाग्छ l

किनभने यस्तो गीत सुने पछि मन हलुका हुन्छ l मस्तिस्क चंगा हुन्छ l फुर्ति आउछ l शरीरमा एक प्रकारको ज्वारभाटा निस्कन्छ l रगत उम्लिन्छ l मातृभूमि प्रति अझ माया मोह बढ्ने रहेछ l कहिलेकाही परिकल्पना गर्छु यदि यो पनि सुन्न नपाईने भए के हुन्थ्यो होला भन्ने l

प्राकृतिक प्रकोप ले अझ मन कुडिन्छ l मन भारी भएर आउछ l कसो गरौ के गरौ जस्तो हुन्छ l गीत सुने पछि ,त्यसमा पनि देश प्रेम गीतहरु सुने पछि आनन्द हुन्छ l मन फुरुंग हुन्छ l आत्मा देखि नै गदगद हुन्छु l

संचार क्षेत्रमा आफु भएकोले यो मेरो निजि कुरा पस्कन मात्र खोजेको छु l पाठक वर्गले अन्यथा लिनु हुने छैन भन्ने ठानेको छु l अधिकांस आफु सवैलाई खुशी पर्ने मन गर्नेआज अलिक भाबुक हुदै केहि अक्षरहरु कोर्ने जमर्को मात्र गरेको हु l मेरो जीवन रहुन्जेल यस्ता कालजयी गीत सुन्न बाट कहिले बन्चित हुनु नपरोस l हरेक दिन बिहान उठ्ने वित्तिकै हिमाल देख्न पाइयोस र आफु देशभक्ति र राष्ट्र प्रेमी हुन् पाइयोस l

प्रार्थना गर्छु ,कहिले प्राकृतिक प्रकोप नआओस l कोहि दुखि नहुन् l कसैको परिवार बिच्चली नहोस l मन न कुडियोस l

 

प्रतिक्रिया