हत्यारा खोज्न कञ्चनपुुरमा प्रहरीको विशेष कुकुर परिचालित

इनेप्लिज २०७४ साउन २९ गते १४:१८ मा प्रकाशित

कञ्चनपुर, २९ साउन । भीमदत्तनगरपालिकाको कटानस्थित सिद्धनाथ विज्ञान क्याम्पसमा शनिबार भएको विद्यार्थी हत्याको घटनाको अनुसन्धान गर्न प्रहरीले कुुकुर परिचालन गरेको छ ।

नेपालगञ्जस्थित नेपाल प्रहरीको क्षेत्रीय कुकुर शाखाबाट घटनाको अनुसन्धानका लागि ‘भुण्टी’ नामक कुकुर ल्याई परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरतबहादुर दाहालले बताउनुभयो ।

अनुसन्धानका लागि शनिबार प्रहरीले क्याम्पसको क्यान्टिनका कर्मचारीसहित दुई जनालाई नियन्त्रणमा लिई सोधपुछ गरिरहेको छ । बझाङ घर भई क्याम्पसमा बिएस्सी चौथो वर्षमा अध्ययनरत डम्बर जाग्रीको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा क्याम्पसको छात्रावासको भण्डारमा शव फेला परेको थियो ।

जाग्रीले क्याम्पसको क्यान्टिनसमेत भाडामा लिएर सञ्चालन गर्दै आएका थिए । उनी अनेरास्ववियु(क्रान्तिकारी) कञ्चनपुरका जिल्ला सदस्यसमेत रहेको बताइएको छ ।

प्रतिक्रिया