चुलो निमन्त्रणा !

इनेप्लिज २०७४ साउन २९ गते १३:२६ मा प्रकाशित

यहि आउदोसेप्टेम्बर ३ आइतबारको दिन हामी अमेरिकाके DMV क्षेत्र बरिपरी बस्ने सम्पूर्ण पाल्पालीहरूको प्रथम परिचयात्मक भेटघाट तथा पिकनिक कार्यक्रम राखिएको हुदा सबै लाई चुलो निमन्त्रणा ।

यो एक शुद्ध परिचयात्मक पुनर्मिलन कार्यक्रम भएकाले कुनै राजनिती, समीती गठन, सदस्यता बितरण, भाषण, खादा, दान दक्षिणा संकलन, आसन ग्रहण जस्ता लोकप्रिय कार्य गरिने छैन ।

तर नेपालको बिग्रदो स्थिति, भ्रष्टाचार र अमेरिकामा खुलेका १०१ टोले संघ, संगठन हरूको समालोचना भने पक्कै गर्नेछौ । अनि पाल्पाली सिद्दबाबा, केराबारी, श्रीनगर, भैरबस्थान, जोर्ते, रिडी, राम्दी, रामपुर,माडीफाट बरिपरीका गफ भने चुट्नेछौ ।

पाल्पाली चुकाउनीछोइला,भुटन,मम,आलुकबाफ,बटुक नेबारी खाना खादै सिम्लीघान, काभ्रो, भुटुक, निउरो का जस्ता गाऊका खानेकुरा संझने छौ ।

 

पाल्पाली लोकप्रिय मेला पर्व गाईजात्रा, भगवती जात्रा  अनि आफ्नो बाल्यकालकाराज्जे,डोरी,खोपी,गुच्छा,लुकामारी,डोरी,चर्केपिड डाडापाखा संझदै बाल्यकालका तिता मिठा कुराहरू साटासाट गर्नेछौ अनि सपनाको संसार अमेरिका आई भोग्नु परेका सड्घर्ष र दुख सुखका कुराहरू साटासाट गर्नेछौ । अन्त्यमा पाल्पाली लोकप्रिय मेला पर्व गाईजात्रा, भगवती जात्रा, होली, तिज,ठुलो एकादशी रिडी राम्दी संझदै आफ्नै लोकभाका गितहरू बजाएर नाचगान गर्नेछौ र एकआपसमा चोखो प्रेम गाड़ा बनाएर अर्को बर्ष फेरि भेट्ने बाँचा बाध्दै बिदा हुनेछौ ।

सम्पूर्ण पाल्पालीको तर्फबाट : महेश भट्टराई

सम्पर्क : 4103007935

स्थान : Rock creek park, DC

3545 Williamsburg Ln NW, Washington, DC 20008

Date : September 3rd Sunday

Time: 10AM – 7PM

 

 

प्रतिक्रिया