युवा समाजसेबी नरायण बिष्टको NRNA कतार प्रदेश ३ संयोजकमा उम्मेद्वारी!

इनेप्लिज २०७४ साउन २८ गते ८:५५ मा प्रकाशित

 

ध्रुब क्षेत्री , २८साउन २०७४ दोहा” विदेशमा बस्ने नेपालिको हक र हितमा लागेर मजदुरको सेवामा समर्पित हुन पाउनु नै आफ्नो धर्म सम्जाने निबर्तवन खाभ्रे सेवा समाज कतारका प्रथम उपाध्यक्ष नारायन बिस्टले NRNA -NCC कतारको २०१७-२०१९ कार्यकालका लागि प्रदेश न ३ संयोजक पदमा आफ्नो उम्मेदवारी दर्ता गर्नु भएको छ ! उहाले आफ्नो फेसबुक पेज बाट सम्पूर्ण कतारमा क्रियासिल जिल्ला सस्था, बुद्दि जीबी तथा बैचारिक र सुभचिन्तक लगाएत NRNA पार्सदहरुलाई आफ्नो अमुल्य मात आफुलाई दिन आग्रह गर्दै आफुले कतारमा बिभिन्न समाज सेवा मा बिताएको १० बर्ष को अनुभब र पेसाबाट बचेको सबै समय समस्यामा परेका मजदुर सम्म पुर्याउने आफ्नो चाहना भएकाले NRNA -NCC कतार संग् जोडिएर अज धेरै मजदुर मैन्त्री समाज सेवा मा लाग्ने प्रतिज्ञा गर्नु भएको छ!

श्री बिस्ट द्वारा आग्रह गरिएको अपिल जस्ता को तस्तै तल उल्लेखित छ!
——-हार्दिक अपिल——

एनआरएनए एनसीसी कतारका सम्पुर्ण पंजिकृत सदस्य ज्यूहरु, तथा सबै कतारबासी नेपालि शुभेच्छुक महानुभावहरु मा नमस्कार ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको आगामी कार्यकाल २०१७ – २०१९ का लागि नयाँ नेत्तृत्व चयन प्रक्रिया अगाडि बढिरहदा म पनि उक्त कार्यकालमा यस संस्थाको टिममा रहेर कार्य गर्ने इच्छुक भएर प्रदेश न ३ को (संयोजक) सदस्य पदमा उम्मेदवारी दर्ता गराएको जानकारी यहाँहरु सबैमा निवेदन गर्दछु ।

विगत लामो समय देखि विभिन्न संघ संस्थामा आवद्ध भइ काम गर्दा हाँसिल गरेका अनुभव र आत्मविश्वास लाई एनसीसी मार्फत समुदायकै सेवामा निरन्तर लगाउनु श्रेयकर ठान्दै आकांक्षी बनेको छु । विश्वास छ यहाँहरु सबैको साथ र सहयोगमा म सफल हुनेछु ।

म एउटा प्रदेश संयोजकको आकांक्षी बन्दै गर्दा निर्वाचित भएको खण्डामा टिमले ल्याएका कार्यक्रमहरुलाई कतारबासी नेपालीहरुको अधिकतम हितमा रहने गरी कार्यान्वयन गर्दै सफल पार्न मेरो भुमिकाका कुनै कमि हुन नदिने तथा आपसी समझदारी, समन्वय र भाइचारा विकास गर्दै एनआरएनएको शिर ठाडो पार्न क्रियाशिल रहने गरि तल उल्लेखित केहि प्रतिबद्धता गर्दछु ।

१, रोजगारीको क्रममा कतारमा आई ठगीमा परेका शोषित पिडित नेपालीहरुको हितमा समस्या पहिचान गरी समाधान मा पहल गरिनेछ ।

१) सबै जातजाती,धर्म, भाषाभाषी, क्षेत्र तथा लिङ्ग लगायत कतारमा रहेका गैर आवासिय नेपालीहरूको साझा उमेद्ववार आफुलाई उभ्याउने प्रयाश गर्न्ने छु ।

३) साझा संस्थामा रहेर आम गैर-आवासीय नेपालीहरुसँग हातेमालो गर्दै सहमति र सहकार्यको दिशामा अग्रसर हुदै सम्बृद समाजको स्थापना गर्ने ।

४) कुरीति, विसंगति तथा बिकृति बिरुद्द सधैं कृयासिल रहने ।

५) प्रबासमा रहेका र रोजगारका सिलसिलामा कतार आउन चाहनेहरुलाइ नेपालमा तालिमको ब्यबस्था मिलाउने ।
६) कतारमा रहेका सम्पुर्ण नेपालिहरुको हितका निम्ति मात्रै नभएर विभिन्न समस्यामा परेका नेपालिहरुको उथ्थान गर्ने र आवस्यकता अनुरुप नेपाली दुताबाससग समन्वय गर्ने ।

७) कतारमा रहेका पेशाकर्मी, बुद्धिजिबी तथा ब्यबसयीहरुसँग हातेमलो गर्दै अगाडि बड्ने ।

८) साझा संस्थामा रहेर सामाजिक क्षेत्रबाट अध्यान गरेका अनुभबलाई गैर आवासिय नेपालीहरुको हितको लागि उपयोग गर्ने ।

९) प्राकृतिक प्रकोपबाट देश ठुलै शोकमा डुबेका कारण गैर-आवासीय नेपाली संघबाट नेपाल सरकारलाई पुनर्निर्माणमा सहयोग पुर्याउन अज पहल गर्ने ।

१०) दलित ,जनजाति शोषित पिडित, सिमाङ्क्रित, बिपन्न तथा गरिब बिधार्थीहरुका लागि गैर-आवासीय नेपाली संघको तर्फबाट समन्नय तथा सहकार्य गर्दै छुट्टै छात्रवृति कोष स्थापना गर्न पहल गर्ने र शिक्षाबाट बन्चित हुनु परेकाहरुका निम्ति बिशेष प्राथमिकता दिदै अगाडी बढ्ने।

 

यी केहि उल्लेखित प्रति-वद्धताहरुलाई कार्यन्वयन गर्न सकरात्मक सोच, दायित्वबोध र अनुशासित भई विशुद्ध सामाजिक कार्यकर्ताको रुपमा निष्पक्ष कार्य सम्पादन गर्ने विश्वासका साथ फेरि पनि समाज अनि युवा बर्गलाई नयाँ आयाम दिने सोच राख्दै आफ्नो उम्मेद्बारि घोषणा गरेको छु!

आज सम्म मैले निरन्तर पाइरहेको कतारबासी नेपालीहरुको साथ र सहयोग मैले फेरी एकपटक पाउने दृढ बिश्वासका साथ आशन्न निर्वाचनबाट मलाई प्रदेश न ३ को (संयोजक) सदस्य पदको लागि आफ्नो अमुल्या मत दि चयन गर्नु हुन सबैमा विनम्र अनुरोध गर्दछु ।

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार प्रदेश न ३ संयोजक पदको उमेदवार २०१७-२०१९ नारायण बिस्ट- सम्पर्क ००९७४:५५०३७६२४ !

 

प्रतिक्रिया