एनआरएन अमेरिकाको अबको बाटो

इनेप्लिज २०७४ साउन २७ गते २२:५५ मा प्रकाशित

एनआरएन अमेरिकालाई जोगाउने हो भने अव बिनासर्त गौरीराज जोशीले आफ्नो मुद्दालाई फिर्ता लिनु पर्छ l एनआरएनको बिधि र बिधानको अक्षरस पालना गरि तत्काल निर्वाचनको बातवरण बनाउन निर्वाचन आयोगलाई सहयोगी भूमिका खेल्नु पर्छ । नेपाली समुदायले अव पटक/पटक कसैको अपराधलाई क्षमा गर्न तयार छैन । भोलि उनले बिधि बिधान लाई मिचेर अनेक हत्कण्डा गरि आफ्नो एकल जित त दर्ता गर्लान तर आजसम्म कमाएको इज्जत प्रतिष्ठा पनि उसरी नै गुम्न सक्छ ।

यसो भयो भने संस्था पनि सधै यस्तै बिवाद र अन्योयलको भुमरीमा फसिरहन्छ । संस्थाले सधै हारि मात्र रहन्छ । जसको सम्पुर्ण दोषको भारी भोलि एकल गौरीराज जोशीको काँध माथि पर्न नआउला भन्न पनि सकिँदैन । मानिस जहिले पनि राम्रा कुराको जस लिन मात्र तयार भएर बसेको हुन्छ अपजस त कहिल्यै कसैले पनि बाँड्न र लिन चाहँदैन । समयमै सचेत बन्नुहोला । परिस्थितिको गाम्भिर्यता पनि बुझ्नु होला । अरूले खनिदिएको खाडलमा आफु पस्ने मूर्खता नगर्नुस । भोलि सबैले माफ गर्लान तर समयले माफ गर्दैन् । भोलि एक दिन तपाइलाई मुद्दा दायर गर्न उकास्नेहरूले पनि तपाईको साथ छोड्न सक्छन् । उनिहरू त शक्ति र स्वार्थका पुजारीहरू मात्र हुन भोलि जता शक्ति देख्छन् ,जताबाट आफ्नो स्वार्थ पुरा हुन्छ उतै लाग्छन् ।

कोही एकजना ब्याक्तिको ब्याक्तिगत स्वार्थको लागी गीता सरहको बिधि र बिधानलाई कसैले कुल्चन मिल्दैन । यो कुल्चने प्रयास गरियो भने झन् खराब नजिर बस्न सक्छ । यस्तो जरबर्जस्ति ले आगामी दिनमा एनआरएनलाई थप बिवादित र अनिश्चयको बाटो तिर मात्र घकेल्छ । डा. बद्रि के सी ले एनआरएन अमेरिकाकी प्रमुख निर्वाचन आयुक्त बन्दिता शर्मा दाहाल लाई ब्यक्तिगत भावनामा र आवेसमा आएर मनोगद ढंगले कुनै आदेश दिने वा पत्र काट्ने अधिकार नै छैन । उनको ब्याक्तिगत पत्रलाई निर्वाचन आयोगले सुन्नु र मान्नु पर्ने कुनै जरुरत पनि देखिदैन ।

भोलि यसै गरि सबैले यसरीनै आ-आफ्नो ईच्छा अनुसार पत्र लेख्न थाले भने निर्वाचन आयोगले कसरी काम गर्न सक्छ र निष्पक्ष चुनाव गराउँछ ? यो पूर्णत गैह्र कानुनि र एनआरएन आईसीसी को कानुन र बिधि बिधान भन्दा बाहिर छ । यो गैह्र कानुनि पत्र हो । गौरीराज जोशी यो पत्रलाई आधार बनाएर अगाडी बढ्नु को कुनै तुक र अर्थ छैन । भावना र आवेसमा बगेर निश्चित गनतव्यमा कहिल्यै पुगिदैन । यो तर्क बि.सं २०७३ सालमा बि.सं २०४७ सालको पुरानो संविधान ,नीति नियम र बिधि बिधान अनुसार मलाई न्याय दिनु पर्छ भन्ने एकल मनोगत तर्क मात्र हो । यो बिधि ,बिधनलाई नमिचि लागु हुन निक्कै कठिन छ ।

एनआरएनका संस्थापक तथा संरक्षक जीवा लामिछाने एनआरएन आइसिसिको अध्यक्ष हुँदा बर्तमान अध्यक्ष शेष घले कुनै पनि जिम्मेवारिमा पदमा थिएनन् तर रातरात एनआरएनको बिधि र बिधानलाई कुल्चिएर शेष घलेलाई हुँदै नभएको सल्लाहकार थियो भनि घलेलाई अध्यक्ष बनाउन जीवा लामिछाने आफैले उनलाई बोकेर संसार घुमे । परिणाम शेष घले एनआरएन आईसीसी को अध्यक्ष पनि बने अहिले पनि छन् । यहाँ बिरोध ब्याक्तिको होइन बिधि ,बिधान र पद्दति कुल्चिँदाको हो । पैसा र शक्तिको भरमा एनआरएनको बिधि ,बिधान र पद्दति माथि यसरी पटक पटक धावा बोल्ने र बलात्कार गर्ने काम संस्थापकहरूले नै त्यसबेला गरे । जसले गर्दा यो संस्था प्रतिको आमा मानिसको चासो र आर्कषण हराउँदै गएको छ । यसो गर्दा संसार भर यस संस्थाको बिश्वस्वनियता पनि भोलिका दिनमा गुम्दै जान्छ । यसले भोलि पक्कै पनि गम्भीर प्रश्नहरू खडा गर्ने छ ।

एनआरएन अमेरिकाकी प्रमुख निर्वाचन आयुक्त बन्दिता शर्मा दाहाल र निर्वाचन समितिले यो चुनावको लागी राम्रो काम गर्दै आएका थिए । यो अमेरिकामा बोसोबास गर्ने सम्पुर्ण नेपाली समुदायलाई थाह छ । यदि बन्दिता शर्मा दाहालको ठाउँमा गौरीराज जोशी आफै भए प्रमुख निर्वाचन आयुक्तले अहिले जे गर्नु भएको छ उहाँले पनि यही बिधि बिधानलाई आधार मान्नु हुने थियो । यहाँ बुझ्दै नबुझ्नु र बुझेर पनि बुझ पचाई दिनुको अर्थ फरक छ । यस निर्वाचनमा केही सुधारका संकेतहरू पनि देखिएका थिए ।

जस्तै भेरिफिक्सन कमिटिले २४०० भन्दा बढी फर्जि सदस्यताहरूलाई हटाई सकेको थियो । निर्वाचनको राम्रो बातबरण पनि तय भईसकेको थियो तर एकाएक गौरीराज जोशीले दायरा गरेको मुद्दाले निर्वाचनको माहोल सेलायो । घोषणा भईसकेको चुनावलाई रोक्दा गौरी जोशीको इज्जत र स्वाभिमान बढ्यो वा घट्यो ? त्यो त भोलि समयले मूल्याँकन गर्ने छ । यस मुद्दाले त्यसै त बिवादित र असंगठित बनेको एनआरएन अमेरिका थप अनिश्चयको भुमरितिर घकेलियो । यस्तै मुद्दा मामिला भईरह्यो भने अघिल्ला संस्थाहरूका इतिहासहरू पनि हाम्रो अगाडी ताजै नै छन् भोलि कुनै दिन यो संस्था नै नरहन पनि सक्छ । त्यो सबै नेपाली समुदायको लागी दुर्भाग्य भन्दा बाहेक अरु केही नहुन सक्छ ।

यहाँ एउटा बुझ्नु पर्ने गम्भीर कुरा के छ भने गौरीराज जोशी र डा. केशव पौडेल दुबै अमेरिकी नेपाली समाज र एनआरएन अमेरिकालाई चाहिने र नेपाली समाजलाई अगाडी बढाउन र नेपाली समाजलाई केही दिन र गर्ने सक्ने ब्यक्तिहरू हुन । म ब्यक्तिगत रूपमा दुबैलाई सम्मान गर्छु तर बिडम्वना उनीहरू दुबैले कुनै बिचार र सिद्धान्त नै नभएका , स्वार्थि ,लोभी पापी , झुट र भ्रमको खेती पर्दा पछाडी बसेर गरिरहने ब्याक्तिका चंगुलमा फसे ।

जोशी र पौडेलको पछि बसेर आफ्ना अभिष्टहरू पुरा गर्न खोज्नेहरू जो छन् तिनैले नै यी दुवैलाई यस्ता काम गर्न उत्साहित र उत्प्रेरित गरे । परिमाण आफ्नो स्वार्थको लागी हाम्रो अधिकारलाई पनि यिनले खोसे । यिनहरू दुबैले तिनैको भ्रम र धुर्त कुराहरूलाई धुब्र सत्य मानेर ,बिश्बास गरेर अगाडी बढिरहे । जसले गर्दा अघिल्लो कार्यकालमा न त डा. केशव पौडेलले कुनै राम्रो काम गर्न पाए न त भोलि गौरीराज जोशीले नै पाउने छन् ।

यहाँ एउटा पक्ष प्रजातन्त्रको नै उपहास हुने गरि गौरीराज जोशीको अध्यक्षको उमेदवार हुन बाट बन्चित गराउन दिनरात लागेका छन् । गौरीराज जोशी उमेदवार बन्न नपाए आफुले चुनाव जित्ने भ्रममा खुसियालि मनाउन ब्यास्त छन् भने गौरीराज जोशीका सल्लाहकार र सहपाठिहरू उनलाई मुद्दा हालेर एनआरएन अमेरिकालाई अनिश्चयको बाटो तिर घकेल्न उद्दत छन् ।

भोलि संस्था रहोस वा नरहोस उनिहरूलाई त्यो कुनै चिन्ता र चासोको बिषय रहने पनि भएन । यदी यस संस्थाको हित चाहने हो भने यसको लागी गौरीराज जोशीले आफुलाई मुद्दा हाल्न उकास्नेहरूको कुरा सुन्नु हुँदैन र आफ्नो छाती बिशाल बनाउन सक्नु पर्छ । यसो गर्ने सके भने गौरीराज जोशीले अमेरिकामा बस्ने साँढे दुईलाख नेपाली र बिश्वभरीका एनआरएनहरूको मन जित्न सक्ने छन् ।

अन्यथा उही उनलाई मुद्दा हाल्न उकास्ने पहिल्यै एनआरएन अमेरिकाको अध्यक्षमा उठेर हारिसकेकाहरूको हार मानसिकताले निर्देशित गरेको निर्देशन भन्दा माथि उठ्न सक्ने छैनन् । जुन ब्यक्तिहरू अमेरिकी नेपालि समाजमा पूर्ण असफल ब्याक्तिहरू हुन् । तिनिहरूले आफै फसेको बदनामको दलदलमा गौरीराज जोशीलाई पनि फकाउँदै फसाउँदै छन् प्रतिक्षा गरौ उनी त्यो दलदलबाट बाहिर निस्कन्छन् वा तिनै २/४ जना स्वार्थी झुण्डहरूको बिचमा रहने छन् । अ

हिले उनको अगाडी चुनौति अवसर दुबै छन् । हेरौ अव उनले कुन बाटो रोज्छन् । आफुलाई पनि जितेर संसार जित्ने बाटो रोज्छन् वा आफु वरिपरिका उही भजन मण्डलीहरूको सदैव सान्त्वना मात्र बटुलेर बस्छन् ?

प्रतिक्रिया