एनआरएनए अमेरिकाको तीन सदसीय छानविन समिति गठन !!

इनेप्लिज २०७४ साउन २७ गते २१:४५ मा प्रकाशित

अमेरिका । गैर आवाशीय नेपाली संघ (एनआरएन) राष्ट्रिय समन्वय परिषद अमेरिकाको कन्फ्रेन्स कल वैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ । अगस्ट १० तारीख़ विहिवार संघका अध्यक्ष डा. केशव पौडेलको अध्यक्षतामा बसेको वैठकले भविष्यमा कुनै पनि त्यस्ता प्रकारका प्राविधिक समस्या नआउने गरी इतिहास केलाएर स्पष्ट रिपोर्ट पेश गर्ने उद्देश्यले कानून व्यवसायी तथा पूर्वअध्यक्ष खगेन्द्र जिसी, सल्लाहकार डा. यादब पण्डित तथा रसायन शास्त्रका प्रोफेसर डा. रमेश पन्तसहितको समिति निर्माण गरेको हो ।

उक्त समितीले यथासक्य छिटो एनआरएनए अमेरीकाको स्थापना भएको मिती तथा स्थापनाकाल देखी हाल सम्मका कार्यसमितिका पधाधिकारी तथा सदस्यहरूको बिबरण उपलब्ध गराई बोर्डलाई बुझाउनु पर्ने छ ।

यसैगरि वैठकमा छलफल गर्दा यदि एनआरएनए अमेरिका र एनआरएनए आईसीसीको बिधानका धाराहरूमा परस्पर बाझिएका पाईएमा अब हुने साधारण सभामा उक्त समितीको रिपोर्टलाई सचिवालयमा अभिलेखको रुपमा राखिने समेत जनाईएको छ । साथै एनआरएनए आईसीसी र एनआरएनए अमेरीकाको बिधानलाई समन्वय गरी फेरि अर्को पटक पनि यस्ता विवादहरू नआउन भनी सदाका लागि विवाद रहित एनआरएनए वनाउन यो समितिको महत्वपूर्ण भूमिका रहने छ ।

उक्त वैठकको समापन एनआरएनए अमेरिका का अध्यक्ष डा केशव पौडेलले गर्नु भएको थियो भने एनआरएन अमेरिकाका सचिव शंकर खड़काले कन्फ्रेन्सकल कार्यक्रमको संचालन गर्नु भएको थियो ।

-सर्बज्ञ वाग्ले
मिडिया कोअर्डिनेटर
एनआरएनए अमेरिका ।

प्रतिक्रिया