एक ब्यक्ति एक डलर” अभियानको अभियन्ता बन्ने – रबिना थापा

इनेप्लिज २०७४ साउन २७ गते १:११ मा प्रकाशित

समाज सेवी रबिना थापा अमेरिकामा नेपाली समुदायमा चिरपरिचित नाम हो । समाज सेवालाई नै आफ्नो पबित्र धर्म र आफ्नो जीवनको लक्ष्य ठान्नु हुने उहाँ एनआरएन अमेरिकाको सन् २०१७-२०१९ सम्मको दुई बर्षे कार्यकालको लागी अध्यक्ष पदको उमेदवार पनि हुनुहुन्छ । उहाँले यस अघि एनआरएन अमेरिकाको उपाध्यक्ष भएर काम गरिसक्नु भएको छ भने बिगतका बर्षहरूमा बाल्टिमोर एशोसियसन अफ नेप्लिज इन अमेरिकाको अध्यक्ष भएर पनि सफलतापूर्वक काम गरिसक्नु भएको छ । त्यस्तै अमेरिका नेपाली सोसाईटी को सल्लाहकार,कस्केली समाज अमेरिकाको सल्लाहकार ,रबिना फाउन्डेशनको संस्थापक साथै यस बाहेक पशुपति बुद्धमन्दिर,एशोसियसन अफ नेप्लिज इन अमेरिका लगाएतका संघ संस्थाहरूमा पनि उहाँले गहन जिम्मेवारी वहन गरीसक्नु भएको छ ।

बाल्टिमोरमा पहिलो पल्ट नेपाली भाषाको कक्षा सन्चालन ,नेपालमा गएको बिनासकारी भूकम्पको बेला राहत संकलन र एनआरएनको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा पुगी राहत बितरण र उद्दारमा पनि उतिकै सक्रिया पूर्ण सहभागी भएर लामो समय देखि अनवरत रुपले समाज सेवामा लागी परिरहनु भएको छ । एनआरएनले निर्माण गरिरहेको देवधाटको बृद्दाआश्राम पनि उतिकै सक्रिया पूर्ण तरिकाले आफ्नो ठाउँबाट सहयोग पुर्याई रहनु भएको छ । यी त भए उहाँले नेपाली समुदायलाई आजसम्म पुर्याउनु भएको योगदान तर अव एनआरएन अमेरिकाको अध्यक्षमा निर्वाचित भए पछि तिन महिना भित्रमा कामसुरु गर्ने लक्ष्य राखि उहाँले अमेरिकाको नेपाली समुदायको बिभिन्न प्रकारका समस्या र घाउहरूमा मलम लगाउने उदेश्यको साथ एक आपत कालिन अक्षयकोषको स्थापना गर्ने महत्वकांक्षि योजना अगाडी सार्नु भएको छ त्यो हो “एक ब्याक्ति एक डलर अभियान ” ।

अमेरिकाको सम्पुर्ण नेपाली समुदाय त्यति सम्पन्न भईसकेको छैन । भैईपरि आउने समस्या ,दुर्घटनाहरू पहिल्यै मानिसलाई सुचित गरेर आउँदैन । तसर्थ यी यावत समस्याहरू सँग जुध्नको लागी एक आपत कालिन अक्षयकोषको स्थापना नगरि सुखै छैन । आज सम्म यस्ता अचानक भईपरि आउने बिबिध समस्याहरूलाई समाधान गर्नेको लागी न कुनै संघ संस्था सँग नै कुनै आर्थिक जोहो छ न त एनआरएन अमेरिका सँग नै। तसर्थ उहाँले यस समस्याको स्थायी समधानको लागी अव अमेरिकामा बसोबास गर्ने सम्पूर्ण नेपालीहरूबाट “एक ब्याक्ति एक डलर ” अभियान चलाएर यो बर्ष नै ३,००,००० लाख डलर सम्मको एउटा आपतकालिन अक्षय कोषको स्थापना गरि दु:खमा पर्ने नेपाली दाजुभाई ,दिदिबहिनि ,बा-आमा ,बिधार्थि भाई बहिनि ,बिचल्लिमा परेका बालबच्चाको घाउहरूमा मलम लगाउने महत्त्वपूर्ण तथा एक महत्वकांक्षि योजना अगाडी ल्याउनु भएको छ ।

यस आपतकालिन अक्षयकोषको स्थापना ,सन्चालन र प्रयोग कसरि गर्ने भन्ने बिस्तृत कार्यायोजना मेरिल्याण्ड बिश्वबिध्यालयका सहायक प्रध्यापक डा . प्रकास अर्यालले तयार पार्सक्नु भएको छ । तसर्थ यो आपात कालिन अक्षय कोष भोलि दु:खमा परेका नेपाली समपदायका मानिसहरूको बिबिध प्रकारका घाऊहरूमा मलम लगाउन सक्षम र सफल हुनेछ । तसर्थ सम्पुर्ण नेपाली समुदायहरू आनुहोस हामि एक साथमा उभिएर रबिना थापा समुहले अगाडी ल्याएको यस अभियानमा सहभागी भएर एक नेपाली समाज र समुदायको लागी एक पबित्र काम गर्नेछौ । यसको अलावा भोलि आफ्नो कार्याकालमा निम्न कामहरू गरेर संस्था र समुदायलाई अगाडी बढाउने प्रण पनि उहाँले गर्नु भएको छ ।

१. तत्काल सबै सदस्यहरूलाई परिचय पत्रको बितरण ।
२. जुनसुकै समयमा पनि एनआरएन अमेरिकाको सदस्यता बन्ने बाटो खुल्ला गर्ने ।
३. नेपाली समुदाय भित्र सडक दुर्घटना ,गम्भीर प्राकृतिको रोग जस्ता कारणले धेरै नेपालीहरूले दु:ख पाइरहनु भएको छ ,जसलाई सम्बोधन ,सहायता गर्नेको लागी हामिसँग कुनैपनि आपतकालिन कोषको ब्याबस्था छैन तसर्थ तत्काल एक आपतकालिन अक्षय कोषको स्थापना गर्ने । ( यो त माथि नै उल्लेखित भईसक्यो )
४. नेपालबाट अमेरिका अध्ययन गर्ने आउने बिधार्थि भाई बहिनिहरू ,डि भी परेर आउने ,ब्याबसायको लागी आउने नेपालीहरू भाषागत समस्या ,नीति नियम र अमेरिकाको कानुन नजान्दा सानो कुराहरू पनि समस्याको पहाड बनेका छन् । तसर्थ यो समस्यालाई समधान गर्नेको लागी एक कार्यदल गठन गरेर सम्बन्धित बिषयका बिज्ञहरूको एक समुह गठन गरि समस्यामा परेकाहरूलाई सहयोग गर्नको लागी एक हट लाइनको ब्याबस्था गर्ने ।
५. क्षेत्रिय तथा राज्यका सम्बन्धित च्याप्टरहरूलाई थप क्रियाशिल बनाउन नयाँ प्रभावकारी योजनाहरू अगाडी ल्याउने ।
६. एभरेष्ट फेडरल क्रेडिट यूनियन नामको वितिय संस्था दर्ता गर्ने र कार्या सुचारु गर्न प्रक्रिया अगाडी बढाउने ।
७.एनआरएन अमेरिकाको सक्रियतामा बिभिन्न राज्यहरूमा सामुदायिक भवन निर्माण गर्ने प्रक्रिया पनि अगाडी बढेको छ यी कामहरूलाई तिब्रता दिने ।
८.नेपाली समुदायको घना बस्ति भएका राज्याहरूमा नेपाली भाषामा ड्राइभिड लाइसेन्सको परिक्षा दिन पाउने ब्याबस्था गर्ने ती राज्यका च्याप्टरहरूलाई थप क्रियाशिल बनाई आवश्यक सहयोग गर्ने ।
९. नेपालमा लगानी बढाउन “पाइलट प्रोजेक्ट ” को शुरुवात गर्ने ।
१०. नेपाली भाषा,साहित्य हाम्रा बिबिध संस्कृति,रितिरिवाज चाडपर्ब जोगाउन तथा प्रबर्द्न गर्न “भाषा संस्कृति जोगाऔ” अभियान सन्चालन गर्ने ।
११. नेपाली बिज्ञ ब्याबसायिहरूको एक समुह गठन गरि नयाँ ब्यापार ब्याबसाय गर्न चाहनेहरूलाई आवश्यक महत्त्वपूर्ण सुचनाहरू आदन प्रदान गर्ने जस्ता महत्वपूर्ण योजनाहरू अगाडी सार्नु भएको छ ।

अमेरिकामा नेपाली समुदायले भोग्दै आएका यावत दु:ख र समस्याहरू सँग चिरपरिचित रबिना थापा सधै अव नेपाली समुदायले भोग्दै आएको दु:ख र पीडाको आफु साक्षि मात्र बनेर नबस्ने सबैको सयोग र सल्लाहमा “एक ब्याक्ति एक डलर ” माहादान अभियान तत्काल सन्चालन गरेर एक आपात कालिन अक्षय कोषको स्थापना गरि अमेरिका भर आपत बिपतमा परेका,गम्भीर प्रकृतिका बिरामी ,सडक दुर्घटनामा ज्यान गुमाउने नेपालिहरूको दु:खमा मलम लगाउने बाचा गरिसक्नु भएको छ ।

अर्कों तिर यो प्रतिस्पर्धि अमेरिकामा नेपाली समुदायलाई कसरि सफल ब्याबसायि बनाउन सकिन्छ ? ब्याबसायका संभावनाहरू कहाँ र के के छन् ? कुन प्राबिधिक शिक्षा अध्ययन गर्दा भोलि राम्रो अवसर प्राप्त हुन्छ ? दैनिक जिवनयापनमा आइपर्ने बिबिध समस्याहरूलाई त्यही क्षेत्रका बिशेषज्ञ र बिज्ञब्याक्तिहरूको समुह बनाई नेपाली समुदायलाई प्रशिक्षित गराउने उहाँका प्रभावकारी योजनाहरू छन् । उहाँका यी दिर्धकालिन सोच ,योजना भोलि नेपाली समुदाय र संस्थालाई पनि निक्कै प्रभावकारी हुने निश्चित छ ।

अमेरिकामा लगाएत बिश्वभरी यो संस्थाले आफ्नो बिश्वसनियता गुमाउँदै गएको छ तर पनि यावत चुनौतिहरूको बाबजुत यो संस्थाको बिकल्प हाम्रो अगाडी अर्कों छैन । बिश्वलाई नेतृत्व गर्ने अमेरिका र यहाँ बसोबास गर्ने गैर आवसिया नेपालिहरूको नेतृत्वले बिश्वभरका गैरआवसिया नेपालिहरूलाई नेतृत्व गर्ने क्षमता राख्नु पर्थ्यो ,त्यही अनुसारको आफ्नो नेतृत्व गर्ने क्षमता र कार्याकुशलता देखाउन सक्नु पर्थ्यो तर त्यस्तो हुन सकिराखेको छैन । अनाबाश्यक मुद्दा मामिला,ब्याक्तिगत प्रतिशोध,ब्याक्तिगत स्वार्थ हावि भई यो संस्थाको अस्तित्व नै संकटमा पर्ने अबस्था आउँदै छ ।

यस्ता यावत समस्याहरूबाट जोगाएर अगाडी लैजान र सबैलाई एकताबद्द गर्नेको लागी रबिना थापा समुहको बिकल्प अमेरिकामा अव अर्कों छैन । संस्थाको हित भन्दा पनि ब्याक्तिगत स्वार्थ र आक्रोशको ज्वाला समाज सेवाको नाममा तिनिहरूको मन मतिष्कमा कति जलिरहेको रहेछ त्यो त पटक पटक अदालतमा दायर भएका मुद्दा र मुद्दा हाल्न बाध्या पार्नेहरूलाई हेरे पुग्छ ।

कोहीलाई यहाँ सबैले निर्बाचनमा भाग लिन पाउने अधिकार नै बन्चित गर्न तल्लिन छन् भने कोही आफु ठूलो हुन नपाएको झोकमा एनआरएन अमेरिकालाई नै समाप्त गर्ने खेलमा लागीरहेका छन् । जुनसुकै नाम दिएर अदालतमा मुद्दा दायर गरे पनि यो एनआरएन अमेरिकालाई समाप्त पार्ने पहिलो कदम हो भन्ने आम अमेरिकावासी नेपालिहरूको बुझाई छ । यी र यस्तै बरिष्ठ समाजसेवी हुँ भन्नेहरूको क्रियाकलापले र ब्याक्तिगत मनोकांक्षाले गर्दा नै एनआरएन अमेरिका र अमेरिकी नेपाली समाजलाई संसार भर बदनाम बनाई रहेका छन् ।

आउनुहोस हामीहरू यिनिहरूको पछि नलागौ । हामी एक अर्काको अस्तित्व स्वीकार गर्ने बानि बसालौ । एक अर्कालाई प्रेम र सम्मान गरौ । सबैका बिचारहरूलाई उचित स्थान दिऊँ । यो ब्यक्तिगत प्रतिशोध ज्वालामा जलेर अनाबाश्यक नाटक संसारलाई पटक पटक नदेखाउँ । सबै मिलेर एनआरएन अमेरिका र नेपाली समुदायको शिर ठाडो बनाऔ । यसमा सबैको हित छ । तसर्थ संसारभर बेईज्जत हुनुपरेको एनआरएन अमेरिकालाई जोगाएर भोलि एनआरएनहरूमा संसारकै उदारणिय संस्था बनाउनको लागी अव रबिना थापालाई आफ्नो अमूल्य मत दिएर उहाँले अगाडी सार्नु भएको “एक ब्यक्ति एक डलर ” अभियानमा सहभागी बनौ । यसले पक्कै पनि भोलिको दिनमा अमेरिकी नेपालि समुदाय ,एनआरएन अमेरिका र संसारभरका एनआरएनहरूलाई महत्वपूर्ण सन्देश छर्ने छ ।

प्रतिक्रिया