जुनसुकै क्षेत्रमा पनि नेर्तत्व लिन सक्ने युवा नेता सर्वज्ञ वाग्ले

इनेप्लिज २०७४ साउन २३ गते १:३६ मा प्रकाशित

अमेरिकाः नेपाली भाषा साहित्यका मूर्धन्य व्यक्तित्व सर्वज्ञ वाग्ले एनआरएनए अमेरिकाको चुनावी मैदानमा उत्रनु भएको छ । उहाँले एनआरएनए अमेरिकाको उपाध्यक्ष पदका लागि उम्मेद्वारी दिनु भएको छ । चर्चित कलाकार, कथाकार तथा साहित्यकार वाग्ले सन् २०१५ देखि २०१७ सम्म एनआरएनए अमेरिकाको मिडिया कोडिनेटर हुनुहुन्छ । नेपाली काँग्रेसका युवा नेता तथा प्रखर वक्ता उहाँ एक लोकतान्त्रिक व्यक्तित्व हुनुहुन्छ । उहाँ श्रमको मूल्यांकन गर्न सक्ने क्षमता भएका युवा नेता हुनुहुन्छ ।

एनआरएनए एनसीसी अमेरिकीलाई बलियो बनाउन तथा जन–आवाजको सम्मान गर्न आफू सधै लागि पर्ने उहाँले बताउनु भएको छ । कुशल व्यक्तित्व सामाजिक सेवामा आउँदा अमेरिकामा बस्ने हरेक नेपालीको लागि गौरवको विषय बनेको प्रवासी नेपालीहरूले बताएका छन् ।
समाजको उत्थानका लागि यस्ता दक्ष र सवल व्यक्तित्व आवश्यकता रहेको औल्याउँदै अमेरिका स्थित नेपाली समाजले उहाँको उम्मेद्वारीलाई गौरवका साथ आत्मसाथ गरेको हुन् । उहाँ जस्तो लगनशील र कर्मठ व्यक्तित्व चुनावी मैदानमा आई नेपाल र नेपालीको हितमा लाग्नु अमेरिका स्थित नेपालीहरूले सौभाग्य मानेका छन् ।

उहाँले ‘जुवाघर’ साहित्यको रचना गरिसक्नु भएको भने अन्य कृर्तिहरू पनि प्रकाशित हुने तयारीमा छन् । तनहुँमा जन्मेर कञ्चनपुर हुँदै काठमाडौंबाट अमेरिका छिरेका वाग्लेले नेपाल प्रेस इन्स्च्यिुटबाट पत्रकारिता सम्बन्धि डिप्लोमा कोर्स गर्नु भएको छ । साथै उहाँ अन्य विषयमा पनि विशेषज्ञता हासिल गर्नु भएको एक विद्धान व्यक्तित्व हुुनुहुन्छ ।

एनआरएनलाई राम्रोसँग बुझेका चुनावी मैदानमा विजय हासिल गर्न नसके पनि मुद्दा मामिलामा नगइ नियत खराव भएका मानिसलाई पन्छाएर नेतृत्व लिन सक्ने क्षमता उहाँमा छ । चुनावमा हारेपनि जितेपनि मुद्दा मामिलमा नजाने उहाँले प्रतिवद्धता गर्नु भएको छ ।

बाबु–बाजे काँग्रेस भएको उखान हाल्ने, आफू कहिले काँग्रेस नबन्ने र नक्कली काँग्रेस बनेर काँग्रेस भएको ढोङ रन्चेलाई यहाँ धेरै छन्,’ उहाँले भन्नु भयो ‘झुठ मुठको खेती गर्ने अर्कालाई ठग्नेलाई म सचेत गराउन चाहन्छु,’ उहाँले भन्नु भयो ‘एनआरएनमा दुनियालाई ठग्र्ने, आफू मात्रै जान्ने सु्न्ने हुँ भन्ने अर्काको श्रम र परिश्रम खाने झुठमुठको राननीति गर्ने यस्ता व्यक्तिलाई निरत्साहित गर्दै म जस्तो सक्षम व्यक्तिलाई भोट दिन म आग्रह गर्न चाहन्छु,’ उहाँले भन्नु भयो । ‘अब यस्तो खेती फस्टाउन सक्दैन ।’ ‘म एक सच्चा काँग्रेस हुँ । मेरो रगतमा काँग्रेसको सुगन्ध र गौरवमय गाथा छ,’ उहाँले भन्नु भयो

प्रतिक्रिया