अमेरिकाका संघ/सँस्था मा एक पछि अर्को गर्दै किन छोडे , कुरो गहिरो छ -ए नारन !

इनेप्लिज २०७४ साउन २१ गते १२:४७ मा प्रकाशित

अमेरिकामा रहेका कुनै पनि संघ/संस्था सँग यो पंक्तिकार पदमा आसिन छैन l अर्थात् जिम्मेबारी बहन गर्ने पद धारण गरेको छैन l गत ५ बर्ष अघि देखि पदीय दायित्व बहन गर्ने छैन भनि गरेको एक भिष्म प्रतिज्ञा भन्नु पर्छ l यस अर्थमा यो हैन कि सवै संघ/संस्थाहरु जुन जोगी आए पनि कानै चिरेका भन्ने आसय कदापी हैन l नकारात्मक टिका टिप्पणी गर्ने अभिप्राय पनि हैन l

सामान्य सदस्य तथा मनोनित सल्लाहकारमा केहि मनले खाएको संघ तथा संस्थामा साईनो अझ छ l तर पनि प्रत्यक्ष परोक्ष रुपमा कुनै पनि संघ/संस्थाको कुर्सीमा उप्पर खुट्टी भने छैन l त्यो कहिले म बाट हुदैन l अमेरिकामा रहेका ठुला ठुला संस्थाको पानी पिए l केहि सामाजिक सेवा गर्न अवसर पनि पाए l ५ बर्षमा अनगिन्ती ज्ञान प्राप्त भयो l तर सवै कुरा जानेको भन्ने चाही हैन l जति सिके त्यहि नै मेरो लागि प्रयाप्त थियो l

एउटा प्रश्न मैले आफुलाई गरे ,किन म संघ/संस्थामा लागेको भन्ने कुराले मलाई सतायो l स्वयम् सेवक रुपमा काम गर्ने उदेस्यले होमिएको म कुरा चै अर्कै हुने मैले बुझे l आफु अविरल रुपमा कलम चलाउने भएकोले अब यसरि हुदैन भन्दै सन् २०१० देखि नै आबद्ध भएका संघ/संस्था बाट निस्कदै गए l अहिले सम्म कुनै पनि संघ/संस्था संघ पदीय मर्यादामा संलग्नता छैन l केवल सुझाव्र सल्लाह को लागि सिमित संघ/संस्था संग जोडिएको छु l

आफु कुनै पनि संघ/संस्थाको पदाधिकारी छैन l र हुन्न पनि l नेपाल टेलिभिजनका पूर्व कार्यक्रम प्रस्तोता ,निर्माता तथा निर्देशक रोशन प्रताप राणाले अमेरिकामा भनेका थिए परदेशमा हरेक नेपाली तेह्र दिने दाजुभाई l उनले यो त्यसै भनेका हैन रहेछ l उनले बुझेर भनेका रहेछन l मुग्लानमा साह्रो गाह्रोमा सबै कुरा बिर्सेर नेपाली बिच एक आपसमा सहयोग र सद्भाव पाईन्छ भन्ने हेतुले बर्षौ पहिले अभिव्यक्ति दिएका थिए l

तर अब यो कुरा पूर्ण गौण हुदै छ l नेपालीलाई सामाजिक संस्था घाटी सम्म पुगी सकेका छन् l संस्था खोल्यो कि विवादै विवादमा अल्झने समस्या देखा परेको छ l अमेरिकी भुमि महाभारतको रणभूमि बन्दै गएको छ l पछिल्लो ज्वलन्त उदाहरण ए नारन !

अमेरिकाका अधिकांश नाम चलेका नेपाली सामाजिक संस्थाहरुमा एक पछि अर्को गरि विवादको भूमरीमा पर्ने, एकले अर्कालाई नटेरने र नगन्ने कुरा सामान्य भई सकेको छ l बिबादमा अल्झने रोग लागेको छ l कुनै पनि संघ तथा संस्था ओभानो नभएको जस्तो भान हुन्छ l

अमेरिकामा नेपालीलाई बाच्न संघ तथा संस्थाको पुच्छर समाती रहनु पर्दैन l नेपाल को लागी केहि गर्नु पर्छ भने संघ तथा /संस्थामा लगेर उभो लागिन्छ भन्ने गलत सोचाई नराखे पनि हुन्छ l

किन समाज सेवामा अमेरिकामा लाग्ने ? होडबाजी र संस्था संस्थामा वैमनस्यता मौलाउदै छ l तपाईले प्राप्त गर्ने भन्दा बेसी तपाइले गुमाउने सम्भावना ज्यादा हुन्छ l संस्थामा प्रवेश गर्नु भयो भने तपाईलाई नेपालको जस्तो झुटा आरोप र भ्रामक दोषारोपण लगाईन्छ l तपाईको नेपालमा रहेको प्रसिद्धि र छबि धमिलिने बढी सम्भावना हुन्छ l

अमेरिकामा द्रुत गतिमा यो रोग निको नहुने रुपले झ्यागीदै छ l झगडाको कारण केवल कुर्सि ,कुर्सिमा हाली मुहाली गर्न पाए अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्प भन्दा पनि ठुलो ठान्ने नेपाली समुदायका अगुवाहरु बाट नै यस्तो कुकृत्य फोहरी खेलको थालनी हुन् थालेको छ l राष्ट्रिय स्तरका सबै संघ तथा संस्था राजनैतिक विचार र आस्था बाट पछाडी बाट संचालित छन् l

जव चुनाव को घोषणा हुन्छ ,अनि देखिन्छ नेपालको राजनीति l अहिले एनारन ले सवै सिमा पार गरि दिएको छ l प्रपन्च र फोहरी खेलले सवैलाई आक्रान्त पारेको छ l तथापी गैर आवासीय नेपाली संघ अमेरिकाको सबै भन्दा ज्यादा सदस्य भएको संस्था बन्न पुगेको भएता पनि रहस्य अर्कै छ l बुझ्नेले बुझेका छन् l

फोहोर पानीमा माछा मार्ने समुहले आफ्नो स्वार्थको लागि फाइदा उठाउने छन् l नेपालमा रहेका नेपालीले अमेरिकामा नेपाली समुदायको मेल मिलाप खुबै छ भन्ने अब पत्याउन छोडेका छन् l हाम्रो ताण्डव नृत्य र हाम्रो पहिचान पर्दाफास भै सकेको छ l हाम्रो आकृति र मुकुण्डोको झिकी सकिएको छ l

हामी केवल कुर्सिको लागि झगडा ,विवाद हुदै कसले कुर्सि उछिट्याउने भनि अदालत धाउने संस्थाको अब कमि रहेन l घर भित्रको कुरा बाहिर ,बाहिरको कुरा न्यायालय सम्म पुग्ने भए पछि अमेरिकाका नेपाली वाक्क दिक्क भएका छन् l

अमेरिकामा सामाजिक संस्थामा लाग्नु भनेको कतै साढे सातको दशा त लाग्दैन भन्ने विचार पनि नेपाली समुदायले गरि रहेकोले संस्थामा अभिरुचि निक्कै गिर्दो अवस्थामा छ l

नेपालीहरुको विवाद ,झगडा ,कचहरी र न्यायालयको कारण सहभागिताको हिसाबले जन सहभागितामा खडेरी आएको छ l सबै संघ /संस्था मुछिएका छन् भन्ने अभिप्राय हैन l

अमेरिकामा स्थापना भएका सबै संस्था एकै मुलाका ड्य़ाग हुन् त ? कदापी हैनन् ? अद्वितीय काम गरेका छन् l अझ पनि नेपालीहरु एक जुट हुन् र मिल्न सक्दैनन् l हाम्रो बुद्धि कहिले आउला ? अब घैटो मा घाम कहिले लाग्ला हाम्रो ? कहिले हामी ऐक्यबद्ध हुने ? हाम्रा सन्तान र दोश्रो पुस्तालाई हामीले के संदेश दिने ?

अमेरिकाका संघ/सँस्था मा एक पछि अर्को गर्दै किन छोडे , कुरो गहिरो छ -ए नारन !

प्रतिक्रिया