मंगलबार, असोज १२ २०७८
काठमाडौं ०१:३९
वासिङटन डिसी 15:54

अमेरीकामा नेपाल आदिवासी चलचित्र महोत्सव हुने

इनेप्लिज २०७४ साउन २० गते २३:४६ मा प्रकाशित

न्यूर्योक । आदिवासी जनजाति महासंघ अमेरीकाको आयोजनामा अगस्त २५ देखी २७ गतेसम्म अमेरीकाको न्यूर्योक शहरमा नेपाल आदिवासी चलचित्र महोत्सव हुने भएको छ । तीन दिनसम्म प्रर्दशनी हुने चलचित्र महोत्सवले आदिवासी तथा सिमान्तकृत जनजातिका कला, भाषा र संस्कृति जर्गेना गर्दै यसको पहुँच÷बिस्तारको लक्ष्य लिएको छ । महोत्सवमा आदिवासीका भेषभूषा, मातृभाषा, मौलिकता÷संस्कृति र पहिचान भएका चलचित्रहरू समावेश हुनेछन् ।

९ बटा विधामा नगद पुरस्कार प्रदान गरिने भएको महोत्सवकालागि ३५ बटा चलचित्रहरु दर्ता भैसकेका आयोजकले बताए । ५ वर्षभित्र बनेका चलचित्रमध्ये प्रत्येक जातिका ५बटा चलचित्र सम्बन्धित जातिका आधिकारीक संस्थाबाट सिफारिस भइ आउनुपर्ने प्रवधान महोत्सवमा रहेको छ । यी चलचित्र मध्येबाट पनि प्रत्येक जातिका २ बाट उत्कृष्ट चलचित्रलाई मात्र महोत्सवमा समावेश गराइने छ ।

‘मूलधारे चलचित्रहरूका जगजगीमा आदिवासीका कथा समावेश भएका चलचित्र बनाउँदै, नयाँ पुस्तालाईसमेत शिक्षित गर्दै लानु पर्छ । ’ महोत्सवका संयोजक मणि वाङदेल भने, ‘आदिवासीका पहिचान, मैलिकता र संस्कृतिलाई संरक्षण गर्दै अधिकार प्राप्तिको आन्दोलनलाई चलचित्रका माध्यमबाट पनि अगाडि बढाउनु पर्छ ।’

संयुक्त राष्ट्र संघका प्रतिनिधीसमेत सहभागी हुने नेपाल आदिवासी चलचित्र महोत्सव आगामि वर्षहरूमा पनि निरन्तर हुनेछ ।

–दिवस कोयू

प्रतिक्रिया