एनआरएन अमेरिकालाई संसारकै उत्कृष्ट संस्था बनाउनेछु – गजेन्द्र अर्याल

इनेप्लिज २०७४ साउन २० गते १९:०४ मा प्रकाशित

 

एनआरएन अमेरिकाको सन् २०१७-२०१९ सम्मको दुई बर्षे कार्यकालको लागी आगामी अगष्ट ११ र १२ तारिखको दिनमा हुन गइरहेको चुनावको रबिना थापा समुह बाट बरिष्ठ उपाध्यक्ष पदका उमेदवार हुनुहुन्छ – गजेन्द्र अर्याल । अहिले अमेरिकावासी नेपालीहरू एनआरएन अमेरिकाको नजिकै आईरहेको चुनावमा होमिएका छन् । प्रजातान्त्रिक बिधि र पद्दति अनुसार प्रत्येक इच्छुक ब्याक्तिहरूले आ-आफ्ना समुह र एेजेण्डाहरू बनाएर नेपाली समुदाय सम्म पुग्नु भएको छ । यो नै प्रजातान्त्रिक प्रक्रियाको उत्कृष्ट नमुना हो । यसले नेपाली समाजलाई भोलिका दिनमा अझ उचाईमा अवश्य पुर्याउने छ । यस संस्थाको उज्जवल भविष्यको लागी सक्षम,दृढ इच्छा शक्ति भएको नेतृत्वबाट मात्र संभव छ । नेपाली समुदाय माझा धेरै बिमतिहरू छन् , असहमतिहरू छन् , फरक फरक बिचारहरू छन् ,हाम्रा आफ्ना-आफ्ना राय र धाराणाहरू पनि छन् केही कसैका स्वार्थहरू पनि होलान तैपनि हामी अव टुटेर फुटेर होईन एक भएर अगाडी बढ्नुको बिकल्प छैन । हामी एक भएर अगाडी बढ्नु नै बिकल्पहरूको पनि उत्तम बिकल्प हो । समाज सेवा पक्कै सजिलो काम होइन र छैन । अमेरिकामा बसोबास गर्ने नेपाली समुदाय ,यूवाहरू सबैलाई संगठित एवं एकीकृत गरेर अगाडी लैजानु नै आगामी नेतृत्वको प्रमुख काम हो ।

अहिले एनआरएन अमेरिका अन्य देशमा जस्तो संगठित र बिकसित भइसकेको पनि छैन । सबैको चाहना ,अपेक्षा अनुसारको काम अघिल्लो कार्यकालहरूमा पनि हुन सकेको छैन । यसमा बिधित कारणहरू जोडिएका छन् । पहिलो त समाज सेवा गर्छु भन्ने दृढ संकल्प र आत्मबिश्वास आफुमा हुनु पर्यो । दोस्रो सफलता नहुँदा सम्म अनवरत रुपमा लागी पर्न सक्नु पर्यो । यस बिशाल भूगोल भएको देशमा सबै राज्याहरूमा बसोबास गर्ने नेपालिलाई एउटै साझा संस्थामा जोडेर गोलबद्द गर्न सक्यौ भने हाम्रा धेरै समस्याहरू पनि एक साथ समधान हुन सक्छन् । यसको लागी संस्था संगठनात्मक रुपले बलियो हुन जरुरी छ । बिधि र बिधानको अक्षरस पालना गरेर संस्थालाई अगाडी बढाउन सकिएन भने बिवादले ठाउँ लिन्छ । संगठन बलियो नबनाई यस संस्था मार्फत चाहेर पनि समाजसेवाका कामहरू प्रभावकारी ढंगले गर्न कठिन छ । संस्थालाई संगठनात्मक रुपले बलियो बनाई आफु निर्बाचित भए पछि अमेरिकी नेपाली समुदायको लागी निम्म कामहरू गर्ने योजनाहरू उहाँले अगाडी सार्नु भएको छ ।

१. तत्काल सबै सदस्यहरूलाई परिचय पत्रको बितरण ।
२. जुनसुकै समयमा पनि एनआरएन अमेरिकाको सदस्यता बन्ने बाटो खुल्ला गर्ने ।
३. नेपाली समुदाय भित्र सडक दुर्घटना ,गम्भीर प्राकृतिको रोग जस्ता कारणले धेरै नेपालीहरूले दु:ख पाइरहनु भएको छ ,जसलाई सम्बोधन ,सहायता गर्नेको लागी हामिसँग कुनैपनि आपतकालिन कोषको ब्याबस्था छैन तसर्थ तत्काल एक आपतकालिन अक्षय कोषको स्थापना गर्ने ।
४. नेपालबाट अमेरिका अध्ययन गर्ने आउने बिधार्थि भाई बहिनिहरू ,डि भी परेर आउने ,ब्याबसायको लागी आउने नेपालीहरू भाषागत समस्या ,नीति नियम र अमेरिकाको कानुन नजान्दा सानो कुराहरू पनि समस्याको पहाड बनेका छन् । तसर्थ यो समस्यालाई समधान गर्नेको लागी एक कार्यदल गठन गरेर सम्बन्धित बिषयका बिज्ञहरूको एक समुह गठन गरि समस्यामा परेकाहरूलाई सहयोग गर्नको लागी एक हट लाइनको ब्याबस्था गर्ने ।
५. क्षेत्रिया तथा राज्याका सम्बन्धित च्याप्टरहरूलाई थप क्रियाशिल बनाउन नयाँ प्रभावकारी योजनाहरू अगाडी ल्याउने ।
६. एभरेष्ट फेडरल क्रेडिट यूनियन नामको वितिय संस्था दर्ता गर्ने र कार्या सुचारु गर्न प्रक्रिया अगाडी बढाउने ।
७.एनआरएन अमेरिकाको सक्रियतामा बिभिन्न राज्यहरूमा सामुदायिक भवन निर्माण गर्ने प्रक्रिया पनि अगाडी बढेको छ यी कामहरूलाई तिब्रता दिने ।
८.नेपाली समुदायको घना बस्ति भएका राज्याहरूमा नेपाली भाषामा ड्राइभिड लाइसेन्सको परिक्षा दिन पाउने ब्याबस्था गर्ने ती राज्यका च्याप्टरहरूलाई थप क्रियाशिल बनाई आवश्यक सहयोग गर्ने ।
९. नेपालमा लगानी बढाउन “पाइलट प्रोजेक्ट ” को शुरुवात गर्ने ।
१०. नेपाली भाषा,साहित्य हाम्रा बिबिध संस्कृति,रितिरिवाज चाडपर्ब जोगाउन तथा प्रबर्द्न गर्न “भाषा संस्कृति जोगाऔ” अभियान सन्चालन गर्ने ।
११. नेपाली बिज्ञ ब्याबसायिहरूको एक समुह गठन गरि नयाँ ब्यापार ब्याबसाय गर्न चाहनेहरूलाई आवश्यक महत्त्वपूर्ण सुचनाहरू आदन प्रदान गर्ने जस्ता महत्वपूर्ण योजनाहरू अगाडी सार्नु भएको छ ।

जुदाउने ,फुटाउने ,गुट ,फुटको राजनीति अमेरिकी नेपाली समाजमा धेरै भईसकेको छ । अनाबश्यक राजनीतिले गर्दा हाम्रो समुदायलाई छिन्न भिन्न पारिसकेको छ । तसर्थ एनआरएन अमेरिकामा हामिलाई हरेक ठाउँमा जोड्ने मानिस चाहिएको छ,जोड्ने नेतृत्व चाहिएको छ । ब्याक्तिगत स्वार्थ भन्दा माथि उठेर बृहत सामाजिक हित र मानव कल्याणको लागी काम सक्ने मानिसहरूले त्यहाँ काम गर्ने अवसर पाउन सके संस्था र समाज सबैको हित हुन्छ । संस्थाले राम्रो समाज सेवा र गर्व गर्न लायक काम गर्न सक्छ । सबै बिमतिहरूमा सहमति सहमति खोज्ने र हरेक कार्याहरू सहकार्य गरेर हामी अगाडी बढ्न सक्यौ भने हाम्रा सम्पूर्ण समस्याहरू भोलिका दिनमा अवसर बन्न सक्छन् । हामी मिलेर अगाडी बढ्नु जतिको ठूलो कुरा अरू केही छैन । हामी मिलेर गर्यौ भने हाम्रो अगाडी असंभव पनि केही छैन । हामी अव फुट र गुटबन्दि तिर अग्रसर नबनौ । यसले हामिलाई कहिल्यै अगाडी लैजादैन । हाम्रो त्यो उद्देश्य पनि होइन । बरिष्ठ उपाध्यक्षका उमेदवार गजेन्द्र अर्याल भन्नुहुन्छ हामि मिलेर अगाडी बढ्यौ भने एनआरएन अमेरिकालाई संसारकै उत्कृष्ट एनआनरएन बनाउन सकिन्छ ।

आजै बाट सबैको अस्तित्व स्वीकार गर्ने बानि बसालौ ,आफुमात्र जान्ने सुन्ने,क्षमतावान भन्ने घमण्ड त्यागौ । अझै पनि समय छ । हाम्रा अगाडी हरेक किसिमका सहमति र बिकल्पका बाटहरू खुल्ला छन् । कसैले कुनै पनि बिकल्प र संभावनाहरूलाई कहिल्यै तगारो लगाउनु हुँदैन । एक अर्कों बिच घृणा ,शत्रुताको व्यवहार र अनाबश्यक कुरामा प्रतिस्पर्धा गरेर संस्था र समाजलाई अगाडी बढाउन सकिदैन उहाँ भन्नुहुन्छ। तसर्थ सबै अमेरिकाबासी बा-आमा ,दाजुभाई दिदिबहिनीहरू ,समाजसेवी,ब्यापारी,बिधार्थी भाईबहिनि यसपल्ट सबै सचेत रहन जरुरी छ । हामिले आजैबाट खबरदारी गरेनौ भने भोलि यो संस्था फेरि पनि संकटमा पर्छ । हामिले यस्ता गल्तिबाट पाठ सिकेर अगाडी बढ्नु पर्छ । तर पटक पटक गल्ति गर्नु राम्रो होइन । आगामी दिनमा सबैलाई पक्षहरूलाई जोड्न सक्ने । असहमतिहरूको भित्र पुगेर सहमति खोज्न सक्ने । सबैको अभिभावक बनेर काम गर्ने सक्ने निर्विकल्प ब्याक्तिको रूपमा अबको एनआरएनअमेरिकालाई के

ही बर्ष चाहिएको ब्याक्तित्व गजेन्द्र अर्याल बन्न सक्नु हुन्छ ।

 

 

 

 

 

बिकास थापा

 

 

 

प्रतिक्रिया