झापाली पिकनिकको सादर निम्तो ।

इनेप्लिज २०७४ साउन १८ गते १०:३६ मा प्रकाशित
आदरणीय डिसी मेट्रो निवासी दाजुभाइ तथा दिदी बहिनीहरु,
खुशीको खवर । निकै समयदेखि प्रतीक्षा भैरहेको झापाली पिकनिक यही आइतबार अगष्ट ६ का दिन हुन गैरहेको कुरा यहांहरुमा विदितै छ । यदि तपाईसम्म यो सूचना पहिले नपुगेको भए यसैलाई आधिकारिक जानकारी मानेर आफू, आफ्ना परिवार सदस्यहरु र छरछिमेकका साथीभाईहरुलाई पनि लिएर पिकनिक स्थलमा पाल्नुहुन हार्दिक अनुरोध गर्दछौं । यो पिकनिकको आयोजना झापालीहरुबाट भएको छ तर यसमा सहभागिता भने नेपालका पचहत्तरै जिल्लाका नेपाली दाजुभाई दिदीबहिनीहरुको हुनेछ । पिकनिक स्थल डिसी क्षेत्रकै एक रमणीय पर्यटकीय स्थल मानिएको, बोटिङ, कायाक, फिसिङ, साइड सिइङले भरिएको ब्ल्याक हिल पार्क हो । प्रवेश शुल्क प्रतिव्यक्ति १० डलर हो भने सम्पूर्ण परिवारको २० डलर भन्दा माथि लाग्दैन जतिजना भए पनि । हाइ स्कूलसम्मका सवैलाई निशुल्क प्रवेश ।
हाम्रो भेलालाई अविश्मरणीय, रमाइलो र सुखद बनाउनको लागि बाजागाजा, नाचगान, लाइभ डि.जे., एकापसमा पचिचयात्मक कार्यक्रम, मनोरन्जनात्मक बाल खेल, महिला र पुरुषका खेल, मनोरन्जनात्मक भलिबल खेल, टोप लुकाइ, कबडुडी खेल, झापा सम्बन्धी प्रश्नोत्तर ९क्वीज०, कबिता वाचन, पुरस्कार तथा सम्मान, बिहानको  खाजा, लाइभ बार्बाक्यू, दिवा भोज तथा खाने पिउने आदिको विशेष ब्यवस्था गरिएको छ ।  कोही पनि झापाली, झापालीका आफन्त छरछिमेकीहरु तथा पचहत्तरै जिल्लाका नेपाली कोही पनि नछुट्नु होला है ।
सम्पर्क — सीता पाण्डे, फोन सम्पर्कः  646-702-4494
Blackhill Regional Park
Address: 20930 Lake Ridge Drive
Boyds, Maryland 20841,
Time: 9 am – 8 pm.
Date: Aug 6 Sunday 2017
http://www.montgomeryparks.org/parks-and-trails/black-hill-regional-park/

प्रतिक्रिया