डिसीमा “कलिउड नाइट २०१७”

इनेप्लिज २०७४ साउन १५ गते १६:४४ मा प्रकाशित

केसीज डान्स सेन्टरका नृत्य निर्देशक नवीन केसीको अगुवाईमा आउँदो अक्टोबर १४, तदनुसार आश्विन २८ गते शनिवारका दिन “कलिउड नाइट २०१७” एनेनडेल स्थित नोभा कम्युनिटी कलेजको प्रेक्षालयमा सगौरव प्रस्तुत हुन गई रहेको छ |

नेपाली सिने जगतका चर्चित कलाकार तथा स्थानीय प्रतिभाशाली कलाकारहरुको आकर्षक प्रस्तुतीका साथै पहिलो पटक स्थानीय “सुपर मम”को पनि प्रस्तुती रहनेछ |

विशुद्ध नेपाली संस्कृति तथा नाचगान र गीतले भरिपूर्ण मनोरन्जनात्मक कार्यक्रम हेर्नकोलागी यो मिति आफ्नो पात्रोमा आजै तय गर्नु होला |साथै, स्थानीय अन्य सँस्थाहरुले यो दिन आफ्नो कार्यक्रम नजुधाएर हामीलाई सहयोग गरि कार्यक्रम सफल पार्नकोलागी सहयोग गर्न पनि अनुरोध गर्दछौं |

Show: Kollywood Night
Date: October 14, 2017 Saturday/आश्विन २८, २०१७
Venue: NOVA Community College, Annandale
Time: 6 pm
Presenter: KC’s Dance Center

प्रतिक्रिया