अमेरिकाबाट “प्रेमकला” लिएर उदाए यूवा गायक – जितेन्द्र गिरी

इनेप्लिज २०७४ साउन १४ गते ०:१७ मा प्रकाशित


पूर्बी नेपालको झापा जिल्ला बेलडाँगीमा सन् १९९५ डिसेस्मबर मा जन्मिएका नेपाली मातृभाषि भुटानी उदायमान यूवा गायक हुन जितेन्द्र गिरी । नेपालमा जन्मिएर पनि नेपाली हुन नपाएको पीडा मुटुभरी बोकेर सानै उमेरमा तेस्रो देश पुनर्वासको सिलसिलामा अमेरिका आईपुगेका थिए उनी । भाषा ,साहित्य,गीत र संड्गीत राजनीतिक सिमानले कोरेको सतही र साँघुरो रेखा र घेरा भन्दा कति माथि हुन्छ भन्ने कुराको उदाहरण हुन् उनी । आज संसारभर नेपाली भाषा ,साहित्य,गीत तथा संड्गीत जुन गतिमा फैलिरहेको छ त्यसको श्रेय नेपाली मातृभाषि भुटानि सर्जकहरूलाई पनि केही अंश जान्छ । नेपाली गीत संगित अव मेचि ,महाकालिको साँघुरो सिमा भित्र मात्र सीमित छैन । यो यथार्थ अव सबैले बुझ्न जरुरी छ । अव यो संसार भर फैलिसकेको छ । आगामी दिनमा यसलाई कुनै राजनीतिक सिमाभित्र कसैले थुन्ने प्रयास गरे सबैभन्दा ठूलो मूर्खता त्यही हुनेछ । यो त मेची काली भन्दा लाखौ लाख कोष टाढा बसेर पनि मनको ढुढुकढुकीमा नेपालीपन बोकेर बाँच्नेहरूको पनि हो । जुन भूमिमा बसे पनि,जुनभूमिमा कर्म गरे पनि ,जुनभूमिमा निदाए पनि नेपालीमै सपना देख्नेहरूको हो । नेपाली पनमा आफ्नो परिचय दिनेहरूको हो । संसारको जुन कुनामा पुगेपनि मुटुभरी नेपाली मातृभाषि हुँ भनि बाँच्नेहरूको पनि हो ।

श्वास फेर्नु मात्र जीवन बाँच्नुको परिचय पक्कै पनि होइन् । यो बिबिधताको संसारमा एउटै भाषा ,एउटै भेष ,एकै पहिचान जबर्रजस्ति भुटानि राज्या ब्यबस्थाले नेपाली भाषिहरू माथि लाद्न खोजे पछि नै त हो हजारौ नेपाली भाषिहरूले शराणार्थि भएर बस्नु पर्यो जसको प्रमुख कारण एउटै थियो – मातृभाषा र नेपाली पन । तानाशाही तन्त्रले जस्तो सुकै यातना दिए पनि मातृभाषा,साहित्य,संस्कृति ,गीत ,संगीत भेषभुषा,चालचलन प्रतिको अगाध माया र स्नेहकै एक उक्तकृष्ट उदाहरण हो यो । तानशाहीको तानशाही तन्त्रले बर्बरताको पराकाष्ठ नाघेको इतिहासको साक्षि हुन् नेपाली मातृभाषि भुटानिहरू सर्जक ,गायक,गायिका र साहित्यकारहरू । आज त्यही समुदायबाट नेपाली गीत संगितको क्षेत्रमा नेपालभन्दा हजारौ कोष पर अमेरिका जस्तो बिकसित देशमा बसेर एक ईट्टा थप्न कस्सिएका उर्जाशिल एक प्रतिभाशाली यूवा गायक हुन् जितेन्द्र गिरी । सन् २०१५ को बर्ष बेष्ट प्रर्फमेन्स को फाइनललिष्ट जितेन्द्र गिरी आफ्नो पहिलो एल्वम “प्रेमकला ” लिएर नेपाली गीत संगित क्षेत्रमा प्रवेश गर्नु भएको छ । यही त हो जिवन बाँच्नुको अर्कों परिचय । यस अघि उहाँले “बुझ्या हो त ठिटा हो ” र “दिन रात तिम्रो यादमा मुटु धड्किन्छ ” बोलको गीत गाएर आफ्नो कला र गलाको परिचय हामी माझ दिइसक्नु भएको छ ।

गीतले संगितले मानिसलाई किन र कसरी आफुतिर तान्छ ? के जादु हुन्छ यस भित्र र मानिसलाई जिवन नै उसैलाई समर्पित गराउन किन उत्साहित गराउँछ यसले ? यो त अपरिभाषित छ । गीत सड्गीतको माध्यम बाट नेपाली भाषा साहित्य र नेपाली गायन क्षेत्रलाई अमेरिका बसेर अगाडी लैजानु ,नेपाली गीत संड्गीतलाई सदैव माया गर्नु चानुचुने र सहज बिषयबस्तु होइन । यस एल्वम ” प्रेमकला ” भित्र आठ वटा सुमधुर नेपाली गीतहरू समावेश गरिएका छन् । जसमा गीतकार आनन्द अधिकारी ,दुर्गा रिमाल ,दिपक दशनामी र गायक स्वंयमले लेख्नु भएका गीतहरू राखिएका छन् भने जितेन्द्र गिरी,राजन राज शिबाकोटी ,दिपक दशनामी ,आन्नद राई र प्रख्यात संगितकार शिखर सन्तोषले उत्कृष्ट संगित सिर्जना गर्नु भएको छ । स्मरण रहोस शिखर सन्तोष नेपालका प्रसिद्ध गायक रामकृष्ण ढकाल र लता मंगेश्वरले गाउनु भएको प्रसिद्ध गीत – ” फूल भन्छ फुलिरहुँ ” भन्ने गीतमा संगित पनि उहाँले नै भर्नु भएको हो ।

” प्रेमकला” भित्र नदेखे जस्तो गर्छौ,कस्तो होला हिमालसँगै,एक्लो यो जिन्दगी,आँखा जुध्यो ,यो मुटुलाई बेहोशी,जहाँ हाँस्नु पर्थ्यो ,रिमझिम रिमझिम,कहिल्यै नभेट्ने तिमीलाई जस्ता आठ वटा सुमधुर गीतहरू समावेश गरिएका छन् । यी आठैवटा गीतहरूमा सुमधुर स्वरका ध्वनि गायक जितेन्द्र गिरीको एकल गायन रहेको छ । “प्रेमकला “भित्र प्रसिद्द गीतकार आनन्द अधिकारीले लेख्नु भएको देशप्रेमले भरिपूर्ण गीत – “कस्तो होला हिमाल सँगै हाँस्ने मेरो सुन्दर देश “भन्ने गीतले यस एल्वमलाई थप उचाइमा पुर्याएको छ । यस एल्वमको बिमोचना यही जुलाई २२ तारिखको दिनमा हिमालयन फेस्टिबलको एक भव्य कार्याक्रममा बिच अमेरिकाको हेरिसर्बग सहरमा गरिएको थियो ।” प्रेमकला ” को बिमोचनसँगै गायक जितेन्द्र गिरीले आफुलाई एक उत्कृष्ट गायक,गीतकार तथा संगितकारको रुपमा नेपाली गीत संगितको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । यो उहाँको नेपाली गीत संगित प्रतीको अमूल्य लगावको परिमाण हो ।

प्रतिक्रिया