एनआरएमा एक दर्जन उम्मेदवार एक ढिक्का ,निर्वाचन परिणाम निर्णायक बनाउन सक्ने ?

इनेप्लिज २०७४ साउन १२ गते २:२१ मा प्रकाशित

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचन नजिकिदै गएको अवस्थामा अध्यक्षका उम्मेदवार बाहेक सवै प्रत्याशीहरु एक ढिक्का भएका छन् l एक दर्जन उम्मेदवारहरु एक ढिक्का भएता पनि १० जना पक्कै अन्तिम अवस्था सम्म साथ नटुट्ने बाचा झैँ गरेका छन् l १२ जना उम्मेदवारहरु स्वतन्त्र हुन् l सवै १२ जना उम्मेद्वारहरु कुनै पनि अध्यक्ष को पक्षमा नगएको दाबि गरेका छन् l

यिनीहरु संग अध्यक्ष पदको उम्मेद्वारहरु भन्दा ज्यादा मत भएको दाबि छ l सर्वेक्षण गर्दा १२ जना यी स्वतन्त्र उम्मेदवारहरुलाई कम आंकलन गर्न नमिल्ने देखिन्छ l पहिलो निर्वाचनमा समेत बिजयी भएकाले मत राम्रो ल्याउने सम्भावना देखिन्छ l

यी स्वतन्त्र उम्मेद्वारहरु अहिलेको स्थितिमा अगाडी नै दौडमा छन् भने जुन अध्यक्षको पक्षमा उभिने छन् अध्यक्ष बिजयी पनि हुन् सक्ने छन् l

अध्यक्ष पद बाहेकका यी स्वतन्त्र उम्मेद्वारहरु आफु बिजयी हुने कुरामा बिस्वस्त छन l अध्यक्ष पदमा गुट बन्दि र पूर्ण उम्मेदवारहरु को घोषणा भएकोले एक ढिक्का बनेका हुन् l साथ नोछोड़ने र कसरी बिजयीको नतिजा ल्याउने दाऊमा तल्लिन भएको बुझिएको छ l

एनआरएनमा अनुभव बटुलेका पनि देखिएका यी उम्मेद्वारहरु अहोरात्र जोड घटाउमा समय व्यतित गरि रहेका छन् l प्रचार प्रसारको साथै घर दैलो अभियान लाई उच्च प्राथमिकता दिदै मत आफु तिर तान्ने लक्ष्य राखेको देखिएको छ l व्यापक रुपमा मतदाता संग सम्पर्क गरि रहेको बुझिएको छ l अधिकांश उम्मेद्वारहरु उच्च शिक्षा हासिल गरेका छन् l

कुनै पनि समुहलाई औला नसमातेका बिभिन्न पदका आकांक्षी तथा उम्मेद्वारहरु निर्वाचनमा आफु बिजयी बनि सेवा गर्ने भावना बोकेका छन् l यी नया एक ढिक्का हुने प्रत्याशीहरुमा वेद बस्नेत टेक्सस,सुशील रेग्मी मेरिल्याण्ड ,परशुराम भण्डारी भर्जिनिया ,बिन्दु सापकोटा क्यालीफोर्निया ,हरिश चन्द्र हमाल न्युयोर्क ,इन्दिरा त्रिपाठी ,क्यालिफोर्निया ,नवराज केसी ,खाम लाल भट्ट ,सुर्य लम्साल ,कृष्ण जिसी अस्टिन ,तृष्णा शर्मा र प्रकाश बस्नेत न्युयोर्क रहेका छन् l

एक दर्जन स्वतन्त्र उम्मेदवारहरु एक ढिक्का भएकोले निर्वाचन परिणाम निर्णायक बनाउन सक्ने पनि हुन्छ l जुन अध्यक्ष संग हात मिलाए ,उसको जय जयकार पनि हुने सम्भावना देखिन्छ l

 

प्रतिक्रिया