संसाक यात्री नियात्रा पुरस्कार साहित्यकार दामोदर पुडासैनी लाई

इनेप्लिज २०७४ साउन ७ गते १०:१५ मा प्रकाशित

संगीत ,साहित्य र कला क्षेत्रमा समर्पित संसाक पाक्षिक पत्रिकाको गत श्रावण ६ गते बसेको सम्मान तथा पुरस्कार घोषणा निर्णायक समितिको बैठकले बि.स २०७४ सालको संसाक यात्री नियात्रा पुरस्कार वरिष्ठ नियात्राकार दामोदर पुडासैनी ‘किशोर’ लाई प्रदान गर्ने निर्णय गरेको छ

वरिष्ठ साहित्यकार पूर्ण क्रकाश नेपालको यात्री को नाममा उक्त पुरस्कार वहाकै सुपुत्र सैलेन्दु प्रकाश नेपाल ले स्थापना गर्नु भएको हो l सो को संचालन संसाक पाक्षिकले गर्ने कुरा संसाक पत्रिकाका प्रधान सम्पादक उमेश पाण्डेले श्रावण ६ गते बसेको एक समारोह बीच बताउनु भएको हो l सो पुरस्कार एक भब्य समारोहका बीच आगामी भाद्र २ गते काठमाडौँ प्रदान गरिने कुरा वहाले बताउनु भयो l

पुरस्कार संस्थापक एवं संसाक सल्लाहकार सैलेन्दु प्रकाश नेपाल वरिष्ठ साहित्यकार दामोदर पुडासैनी को नियात्रा लेखनमा अद्वितीय क्षमता रहेको कारण उक्त पुरस्कार प्रदान गरिएको भन्नु भयो l

पुडासैनीका पर्खाल भित्रको राजधानी ,सिमानाका रङ्ग सिमाना का तरंग ,नमेटिएका चित्रहरु ,मायालु हुम्ला र यात्रा प्रेमिल तरंगहरु जस्ता नियात्रा संग्रहहरु चर्चित छन् l

त्यस बाहेक पहाड र प्रेम ,समयको सहि- छाप ,आलोकित आयाम ,आकारको खोजीमा ,आँखा को खोजीमा ,आफन्तका अनुहारहरु जस्ता कविता संग्रह र धर्म को ह्यांग ओभर नाको दर्शन कृति पनि प्रकाशित छन्

उत्तम शान्ति पुरस्कार ,शंकर लामिछाने पुरस्कार ,अन्तर राष्ट्रिय साहित्य पुरस्कार जस्ता दर्जनौ राष्ट्रिय तथा अन्तर राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल वरिष्ठ साहित्यकार दामोदर पुडासैनी “किशोर ” पूर्ण प्रकाश यात्री जस्तो विशिष्ट श्रस्टा को नाम को दिएको पहिलो पुरस्कार पाउदा गर्व महसुस भएको बताउनु भयो l

प्रतिक्रिया