जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट सुदूरपश्चिमको भ्रमण गरि कर्मथलो अमेरिका फर्के

इनेप्लिज २०७४ साउन ६ गते १:१३ मा प्रकाशित

न्यूयोर्कः नेपाली काँग्रेसको भातृ संगठन जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्ट दुई दशकपछि भएको स्थानीय तहको चुनावको लागि नेपाल आएर अमेरिका फर्कनु भएको छ । उहाँ गत असार १४ गते सम्पन्न स्थानीय तहको चुनावमा जन्मभूमी सुदूरपश्चिमको डोटी तथा नेपालको विभिन्न भागमा सहभागि भइ हिजो कर्मभूमी अमेरिका आइपुग्नु भएको हो ।

५ साता लामो नेपाल बसाइँमा उहाँ जन्म थलो डोटी पुगी डोटी जिल्ला लगायत सुदूरपश्चिमका नगरपालिका र सोही जिल्लाका गाउँपालिका प्रत्येक गाउँगाउँमा पुगेर नेपाली काँग्रेसको चुनावी प्रचार प्रसारमा तिव्र रुपले लागि परेर नेपाली काँग्रेसलाई जिताएको कुरा अमेरिका पुगेर बताउनु भयो । नेपाल बसाइँमा उहाँले सुदूरपश्चिमका अधिकांश नेपाली काँग्रेसका चुनावी सभालाई सम्बोधन गर्नु भएको थियो ।

उहाँको उपस्थितिले नेपाली काँग्रेसलाई चुनाव जिताउन निकै सहज र सरल भएको डोटी नेपाली काँग्रेसले टेलिफोन सम्पर्कमा बताएको छ । विष्ट नेपाली काँग्रेस सुदूरपश्चिमका एक कर्मष्ठ, इमान्दार एवम् कर्तव्यनिष्ठ उद्यमान युवा नेताको रुपमा परिचित हुनुहुन्छ । उहाँ नेपाली काँग्रेसका तर्फबाट चुनावमा भाग लिन जाँदा सो क्षेत्रको चुनावआ थप ऊर्जा थपिएको थियो ।

अध्ययन गर्ने क्रममा अमेरिका आएका विष्ट नेपाली काँग्रेसको भातृ संगठन जनसम्पर्क समिति अमेरिकालाई समक्ष र सवल नेतृत्व दिन सफल हुुनु भएको छ । जनसम्पर्क समितिले ३ वर्ष अगाडि टेक्सास राज्यमा भएकोे एकताको अधिवेशनमा उहाँ सभापति पदमा निर्वाचित हुनु भएको थियो ।

उहाँले नेपालमा भइपर्ने आपत्त विपत्तमा जनसम्पर्क समितिको तर्फबाट शाहसनीय र उल्लेखनीय भुमिका निवाह गर्नु भएको छ । नेपालमा जुनसुकै आपत्त बिपद पर्दा होस् या राजनीतिक संकट तथा अप्ठ्यारो पर्दा त्यस्तो अवस्थाको समस्या समाधानको लागि आफू नेपाल आउन तयार रहेको बताउनु भयो ।

उहाँ अमेरिकामा हुन गइरहेको आसन्न एनआरएनएको आसन्न निर्वाचनमा सक्षम,सवल, कुटनीतिज्ञ भुमिका निर्वाह गर्न सक्ने इमान्दार नवीन सोच विचार भएको नयाँ अनुहार भएको व्यक्तिलाई जिताउन जनसम्पर्क समिति लागि परेको बताउनु भयो ।

 

प्रतिक्रिया