मस्तिष्क मन्थन को तयारी तीव्र ,उम्मेदवारहरुको उत्साहजनक सहभागिताको संकेत

इनेप्लिज २०७४ साउन ५ गते १०:४४ मा प्रकाशित

विश्वको सम्राट राज्य न्युयोर्कम मा आगामी जुलाई २९ तारिखमा हुन् गै रहेको बृहत मस्तीस्क मन्थन (ब्रेन स्ट्रोमिंग )को तयारी जोडतोडको साथ तीव्र गतिमा बढी रहेको जनाईएको छ l गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिका (एनआरएन युएसए)को उम्मेद्वारहरु (अध्यक्ष बाहेक )लाई एकै थलोमा उनीहरुलाई धित मर्ने गरि आफ्ना कुराहरु राख्ने र उनीहरुले सुनाउन पाउन भन्ने उद्देस्यले राखिएको मस्तिष्क मन्थनमा उम्मेदवारहरुको उत्साहजनक सहभागिताको संकेत देखिएको कार्यक्रम प्रस्तोता सच्ची मैनालीले बताएकी छिन् l

उम्मेद्वारहरु बनेका विभिन्न राज्यहरुबाट आउने भएको जानकारी मैनाली लाई प्राप्त भएको उनले जानकारी दिएकी छिन् l सामाजिक संजालमा मस्तिस्क मन्थन चर्चा र परिचर्चामा रहेकोले उम्मेदवारहरुले यसलाई अवसर को रुपमा लिएका छन् l

बिगतमा एनआरएन युएसए अध्यक्ष पदका उम्मेदवारवीच ४ पटक बहस कार्यक्रम भएकोले अन्य उम्मेदवारहरुवीच पृथक बहस अहिलेसम्म नगरिएको अवस्थामा एनआरएन युएसए अध्यक्ष पदका उम्मेदवार बाहेकका उम्मेदवारहरुवीच बृहत मस्तिष्क मन्थन (ब्रेनस्ट्रोमिङ्ग) गर्न लागिएको मैनाली ले पुन दोहोर्याइन l

अन्य उम्मेदवारहरुले आफ्ना प्रतिबद्धता ,कार्यसूची, योजना, मार्गचित्र, विचारहरु समेत सार्वजनिक रुपमा राख्न पाउने भएकोले यो मौका उम्मेदवारहरुले नगुमाउन भन्ने आफ्नो चाहना रहेको कार्यक्रम प्रस्तोता सच्ची मैनालीले बताईन l

यसले समाजमा सकारात्मक संदेश जानुको साथै र उम्मेदवारहरुले एनआरएन युएसएलाई तार्किक बिन्दुमा पुर्‍याउन मार्ग चित्र (रोड म्याप) बनाउन सकुन भन्ने चाहना रहेकोले मस्तिष्क मन्थन गरिने भएको मैनालीले बताइन l

 

 

प्रतिक्रिया