” आदिकबि भानुभक्त मेमोरियल भलिबल प्रतियोगिता ” को सूचना
इनेप्लिज
२०७४ साउन ५ गते ७:३७ मा प्रकाशित
आन्द्र महासागर / Atlantic Ocean संग जोडिएको पोटोम्याक नदिको किनारामा रहेको बडो मनोरम LEESYLVANIA STATE PARK को भलिबल खेल – मैदानमा यही २०१७ जुलाई २३ तारिख आईतबारका दिन “आदिकबि भानुभक्त मेमोरियल भलिबल प्रतियोगिता ” हुन गईरहेको छ।
छुट्टीमा नेपालीहरु घुम्न जाने गरेको सामुन्द्रिक तटको बडो मनोरम पार्कमा कबिता वाचन, नाचगान, Bar-B-Q सहितको बनभोज पनि हुदैछ। प्रवेश शुल्क नलाग्ने नि:शुल्क यस रमाईलो कार्यक्रममा सहभागी भई मनोरंजन लिन ईच्छुक दाजुभाई दिदी बहिनीहरु सबैलाई “चुल्हे निम्तो” छ।
भलिबल खेल खेल्न ईच्छुक खेलकुद टिम तथा व्यक्तीहरुले जुलाई २१ तारिख सुक्रबार सम्ममा आफ्नो टिम तथा खेलाडीहरुको नाम दर्ता गराउन हुन अनुरोध गरिएको छ।
भालिबल प्रतियोगितामा बिजयी हुने टिमका खेलाडीहरुलाई ” प्रसंशापत्र ” ले सम्मान गरिने छ।
खेल हुने मिती : २३ जुलाई २०१७, आईतबार
समय : बिहान ११:०० बजे
स्थान : LEESYLVANIA STATE PARK
ठेगाना : 2001 Daniel K Ludwig Dr, Woodbridge, VA 22191
For Contact / सम्पर्क :
राम प्रसाद खनाल,
अध्यक्ष, अन्तरास्ट्रिय नेपाली साहित्य समाज ( INLS ), वाशिंगटन डिसी मेट्रो
अध्यक्ष, अन्तरास्ट्रिय नेपाली कलाकार मंच
फोन :
703-419-0924
भुपनारायण घर्तिमगर ,
महा-सचिब, अन्तरास्ट्रिय नेपाली साहित्य समाज, वाशिंगटन डिसी मेट्रो
फोन :
571-217-6782
आयोजक संस्था :
अन्तरास्ट्रिय नेपाली साहित्य समाज ( INLS ), वाशिंगटन डिसी मेट्रो
अन्तरास्ट्रिय नेपाली कलाकार मंच
प्रतिक्रिया