NRNA अमेरिकाको महा-सचिब पदमा पूर्ण बानिया किन दाबेदार ?

इनेप्लिज २०७४ साउन ४ गते २२:३७ मा प्रकाशित

एन.आर.एन अमेरिकाको हुन गैरहेको आसन्न चुनाव २०१७-२०१९ का लागी महा-सचिवको पदमा आफ्नो उमेद्द्वारी रहेको जानकारी गराउदै क्यालिफोर्निया निवासी, पूर्ण चन्द्र बानिया महा-सचिव पदको प्रत्यासी रहेको फेरी पनि अबगत गराउंनु भएको छ l

काठमान्डौ जिल्ला किर्तिपुर नगरपालीका वडा न. ४ मा जन्मिएका पूर्ण चन्द्र बानिया अमृत साइन्स क्याम्पसबाट बि.ए.सी, सम्मको अध्ययन सके लगत्तै शंकर-देव कलेजमा मास्टर्सको बिध्यार्थी हुँदादेखि नै बिद्यार्थी राजनीतिमा होमिएको धेरै मित्रहरुमा जानकारी भएको तर, आम नेपाली जस्तै उहाँ पनि अबसरको खोजीमा १९ बर्ष अगाडी उछिटिएर अमेरिका आइपुगी यसै भूमिलाई आफ्नो कर्मथलो बनाइरहेको बताउनु हुन्छ / समय सापेक्ष अनुसार मानीसको धर्म यो हो कि! निस्कृय भदा सक्रिय भएर समाजमा सकारात्मक कार्यमा जुटे हामी गैर-आबासिय नेपालीले नेपाल आमाको धेरथोर ऋण तिर्न सकछौ र परदेशमा पनि हामी एकअर्काको आपतविपतमा जुट्न सक्छौ भन्ने उहाँको धारणा रहेको छ l

बानियाको १९ बर्षे लामो अमेरिकी बसाइ संगै बिधार्थी जिबनदेखि राजनितीमा सक्रिय रुपले लागेको र यहाँ अमेरिकामा पनि भिबिन्न स्थानीय संघसस्थामा प्रमुख पदमा रही काम गर्दै आएको, साथै आफुले २ बर्षे (NRNA NCC OF USA ,California Chapter President ) को कार्यभार सफलता पुर्बक निर्बाह गरेको र सामाजीक हितमा अघि बढ्ने क्रममा आफुलाई निरन्तरता दिंदै आफु मार्फत गरिएका सस्थाका योगदानलाई अझै शसक्तिकरण ढंगले अघि बढाउन ,NRN मा आफ्नो महत्वपूर्ण भूमिका रहने दाबी गर्दै मह-सचिब जस्तो गरिमामय पदमा प्रत्यासी पूर्ण चन्द्र बानियाको दाबी छ / यसै क्रममा उहाँले सम्पूर्ण अमेरिकी गैर-आबासिय नेपाली दाजुभाई, दिदीबहिनी , तथा आमाबुवा संगै अमुल्य भोटको लागी अनुरोध गर्दै एकपटक NRNA लाइ माथी उठाउन आफुजस्तो व्यक्तिको योगदान अतुलनीय रहने प्रण गर्नुभएको छ l

नेपाल र नेपालीको भलाई अनि हितको लागी NRN लाइ एउटा बलियो खम्बाको रुपमा उभ्याउन कुनै पनि कसुर बाँकी नराखी आफु दृढ बिश्वास लिएर अघि बढेको अबस्थामा सम्पूर्ण अमेरिकी बासीहरुको माया,साथ्, सहयोग र हातेमालोको आब्हान र युबा शक्तिलाई परिचालन गरेर भोलिको NRN नेपालीको साझा चौतारी बनाउने र कुनै पनि अमेरिकामा बस्ने नेपालीले NRN हामी सबैको साझा घर हो, भनेर हरेक बिकाशका गतिबीदिलाई अगाडी सार्ने र हरेक नेपालीको पिर, मर्का,र दुखसुखमा सामेल एउटा ऐतिहासीक सस्थाको रुपमा NRN अमेरिकालाई चिनाउन आफुले कुनैपनि कसुर नराखी महत्वपुर्ण भूमिकाको लागी महासचिव पदको दाबेदार मा आफुलाई याँहाहरु माझ उभ्याएको भन्दै सम्पूर्ण अमेरिकी बासीहरुको अमुल्य भोटको अपेक्षा तथा अनुरोध गर्नुभएको छ  l

 

 

 

 

प्रतिक्रिया