एनआरएन मामिलाका अव्वल पत्रकार शर्मा

इनेप्लिज २०७४ असार ३० गते १८:०० मा प्रकाशित

लण्डन । प्रवासमा सक्रिय पत्रकारिता गरिरहेका सञ्चारकर्मी चिरन शर्मा गैरआवासिय नेपाली संघ (एनआरएन) बेलायतमा करिब डेढ दशक देखि सक्रिय छन । सञ्चारकर्म गर्दै गैरआवासिय नेपाली संघको गतिविधिलाई अन्तर्राष्ट्रियकरण गर्न शर्मा विश्वभरका एनआरएन गतिविधिमा सकृय रुपमा संलग्न छन ।

नेपालको पुख्र्यौली थलो बाग्लुङको अमलाचौर भएका शर्मा हाल लण्डनबाट नागरिक दैनिकमा संलग्न रहँदै सामाजिक काममा उत्तिकै सक्रिय छन । सन् २००२ मा अध्ययनको सिलसिलामा प्रवासिएका शर्मा गैरआवासीय नेपाली संघ यूकेमा १७ सेप्टेम्बर २००५ आबद्ध भएका हुन । एनआरएन यूके कार्यसमिति सदस्य सन् २००७ मा नै भैसकेका उनि बेलायतको आयोजनामा गैरआवासीय नेपाली संघ यूरोप पहिलो सम्मेलन आयोजक समितिको उपसंयोजक भै काम गरिसकेका शर्मा गैरआवसिय नेपाली अभियानलाई निकै नजिकबाट नियाल्नेमध्येमा पर्दछन ।
बेलायतमा निकै सक्रिय र धेरैले नजिकबाट चिन्ने शर्मा एनआरएन राजनीतिमा अब्बल छन र उनको अबको यात्रा पनि एनआरएनका लागि आवश्यक छ । प्राय जसो सन् २०१० पछिका सबै अन्तर्राष्ट्रिय सम्मेलनमा सकृय सहभागी हुने गरेका शर्मा सन् २०१६ मा अमेरिकाको न्यूजर्जीमा आयोजित क्षेत्रिय सम्मेलनमा सहभागी भैसकेका छन । एनआरएन यूरोप क्षेत्रिय बिभिन्न बैठकमा महत्वपुर्ण भुमिकामा रही मिडिया संयोजनको भूमिका निर्वाह गरिसकेका र क्षेत्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनको सिलसिलामा घोषणापत्र तथा अवधारणापत्र लेखनमा समेत दख्खल राख्दछन ।

हाल सन् २०१५— १७ मा गैरआवासीय नेपाली संघ यूकेको सल्लाहाकार रहेका शर्मा गैरआवासीय नेपाली संघको केन्द्रीय निती तथा अनुगमन समितिको सदस्यका रुपमा योगदान गर्दै आएका छन । पत्रकार महासंघ यूके शाखा र एनआरएन यूकेद्धारा संचालित एनआरएन पत्रकारिता पुरस्कारको अक्षयकोष संचालन समितिको सदस्य भई सकेका उनि गैरआवासिय नेपाली संघको अन्तर्राष्ट्रिय हरेक गतिविधिलाई नजिकबाट नियालेका शर्मा एनआरएनकै माध्यमबाट समाजसेवामा पनि पाईला अगाडी बढाएका छन ।

विशेषत एनआरएन अभियान्ता र पत्रकारका रुपमा पहिचान बनाएका शर्मा एनआरएन यूकेको पहिलो मुखपत्र सात समुन्द्रपारीमा सम्पादनमण्डल, एनआरएन यूकेको सदस्यताको लागि ५ पाउण्डमा आजिवन सदस्य बनाउने निर्णय गराउन सफल, सन् २००७ देखी नेपालब्रिटेन डट कमको संस्थापक प्रधानसम्पादक, नेपाल पत्रकार महासंघ यूके शाखाको स्थापनाको लागि महत्वपूर्ण भूमिका खेल्दै साधारणसदस्य देखी अध्यक्ष र हाल सल्लाहाकारको भुमिकामा रहेका शर्मा , सन् २००३ वेलायतको पहिलो नेपाली म्याग्जिन लण्डन पोष्टको सम्पादक भई सफलतापुर्वक कार्य सम्पादन गरिसकेका छन । लण्डनबाट सन् २००५ मा प्रकाशित चौतारी त्रैमासिकको पत्रिकाको सम्पादक, एनआरएन यूकेद्धारा प्रकाशित एनआरएनपत्र मूखपत्रको सम्पादक भैसकेका शर्मा वेलायतको पुरानो संस्था यति नेपाली एसोसियसनको मुखपत्र यतिपत्रको अनलाइन संस्करणको सस्थापक पनि हुन । सन २०१२ देखि नागरिक दैनिकसंग आबद्धशर्मा बेलायतबाट प्रसारण हुने रियाक्सन वीथ चिरन शर्मा प्रिजेन्टर नेपाली टिभी यूकेको चर्चित कार्यक्रम सञ्चालक हुन ।

प्रवासमा रहेर दर्जर्नौ च्यारिटी कार्यक्रमहरुमा संलग्न शर्मा आफैले अध्ययन गरेको वाग्लुडस्थित स्कुल पृथ्वी उच्च माविमा शैक्षिक गुणस्तरको लागि मुख्य अभियान्ता हुन । फेसबुकबाट आर्थिक संकलन थालिएकोमा अहिले करिब ७० लाख संकलन भैसकेको र अभियानले मूर्तरुप लिदाँ करिब ५ करोडको लागतमा नयाँ विद्यालय भवन बनाउने अभियानमा सक्रिय रहेका छन ।

नेपालमा भूकम्प पीडित पत्रकारहरुका लागि १३ लाख संकलन गरि पत्रकार महासंघलाई हस्तान्तरण गर्न मुख्य भुमिकामा संलग्न शर्मा गम्भिर विरामी परेका नेपाली पत्रकारहरुको सहयोगार्थ विभिन्न अभियान संचालन गरि आर्थिक सहयोग गरेको छन । हेल्प नेपाल नेटर्वक र पत्रकार महासंघ यूके शाखाको सहकार्यमा नेपालका विभिन्न समयमा बाढी पीडितका लागि २० लाख रुपैयाँ हस्तान्तरण गरेका छन । क्यान्सर पीडित डा. चित्र वाग्लेको सहयोगार्थ आर्थिक अभियान संचालन गरि २ लाख हस्तान्तरण गरेका शर्मा एक सामाजिक अभियन्ता पनि हुन । गैरआवासिय नेपाली संघमा सक्रिय शर्मा संस्थाको हितका लागि सदैव अग्रभागमा रहेर योगदान गर्दै आएका छन । संसारभर छरिएका एनआरएन अभियानलाई मुर्त रुप दिन शर्मा जस्ता अनुभवि र जूझारु युवा पुस्ताको नीति निर्माण अर्थात नेतृत्व तहमा सहभागीता आवश्यक ठानिएको ।

शर्माले गैरआवासीय नेपाली संघको केन्द्रिय नेतृत्वसंग समेत निकट रहेको वताउँदै एनआरएन अभियानसंगको लामो अनुभव र सकृयताको कारणले पनि आफुले गैरआवासीय नेपाली संघ अन्तराष्ट्यि परिषद (आइसीसी) को सदस्यका लागि आगामी अधिवेसनमा आइसीसी सदस्यमा उम्मेदवारी दिने निचोडमा पुगेको वताए । संघको संगठानिक व्यवस्थापन तथा विधी र विद्यानलाई सकृय रुपमा कार्यन्वयन गरि राष्ट्यि समिति र आइसीसी बीचको संरचनालाई अझ शसक्त र संस्थागत बनाउन पहल गर्ने शर्माले वताए । उनले गैरआवासीय नेपाली संघ यूकेको ९ सेप्टेम्वर महिनामा हुने अधिवेसन मार्फत केन्द्रिय नेतृत्वमा जाने बाटोतय गरेका हुन् ।

प्रतिक्रिया