संबिधान संशोधन गर्ने कि संविधान धरापमा पार्ने भन्ने कुरा राजपाले बुझ्नुपर्छ : गगन थापा

इनेप्लिज २०७४ असार २९ गते १०:२० मा प्रकाशित

शेरबहादुर देउवा नेतृत्वको सरकारले अब तीनवटै निर्वाचन गराउन सक्छ ?
निर्वाचन गराउन सक्छ र यो बाहेक अरु विकल्प पनि छैन ।

 

स्थानीय तहको चुनाव त अझै पूरा भएको छैन । संविधान संशोधन अलपत्र परेको छ । अबका दिन त कठिन देखिन्छ नि ?
संविधान संशोधन गरेर मधेशी दललाई सहमति गराउन सरकारले सम्भव भएसम्म पहल गरेको हो । संविधान संशोधन नै गर्ने सरकारले होइन । सरकारले आफ्नो क्षेत्राधिकारभन्दा बाहिरको काम मात्रै नगरेको हो । संविधान संशोधन भए पनि नभए पनि असोज २ गने चुनाव हुन्छ ।

संविधान संशोधन नभएसम्म राजपा चुनावमा जान्न भनेको छ । कसरी चुनाव गर्नुहुन्छ ?
सरकारले आफ्नो तर्फबाट संविधान संशोधनका लागि कुनै कसर बाँकी राखेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तार समेत रोकेर संविधान संशोधनका लागि कसरत गरिरहनुभएको छ । सरकारले संविधान संशोधन गर्ने होइन, प्रयास गर्ने र सहमति जुटाउनका लागि पहल गर्ने मात्रै हो । गर्न सक्ने र मिल्ने जति सबै गरिरहेको छ । तर संविधान संशाधनका लागि संसदमा दुई तिहाई बहुमत चाहिन्छ । त्यसैले संविधान संशोधन भएन भनेर चुनावमा जान्न भन्नु गलत कुरा हो । संविधन संशोधन गर्ने कि संविधान धरापमा पार्ने भन्ने कुरा राजपाले बुझ्नुपर्छ । संविधान जोगाएर संशोधनको बाटो जोगाइराख्नुपर्छ ।

संविधानलाई त सबैले स्विकार गर्नसक्ने बनाउनुपर्ने होइन ?
मधेशी जनताले संविधान स्विकार गरेका छैनन् भन्ने कुरा पनि सत्य होइन । जुन कुरा प्रदेश नम्बर पाँचमा भएको स्थानीय तहको चुनावले स्पष्ट पारिसकेको छ । संविधान संशोधन भएन भन्ने बहानामा मधेशी जनताले संविधान नै धरापमा पर्छन भन्ने कुरा म मान्दिन । तर नेपाली कांग्रेस आवश्यक कुरामा संविधान संशोधन गर्नुपर्छ भन्ने पक्षमा नै छ ।

शेरबहादुर देउवाले संविधान संशोधन गर्छ भनेर हस्ताक्षर त गर्नुभएको हो नि ?
शेरबहादुर देउवा वा सरकारले संविधान संशोधन गर्ने नै होइन नि । तर प्रयास त गरेकैै छ । दुई तिहाई बहुमत पु¥याृउने जिम्मा त सरकारले लिन सक्दैन । यो कुरा त राजपालाई पनि राम्रोसँग थाहा छ ।

मन्त्रीमण्डल चाँही कहिले विस्तार हुन्छ छ ?
अहिलेसम्म प्रधानमन्त्रीले संविधान संशोधनलाई प्राथमिकता दिएका कारण मन्त्रीमण्डल विस्तार नगर्नुभएको हो । तर संविधान संशोधनका लागि तत्काल सहमति हुन नसकेपछि अब मन्त्रीमण्डल विस्तारमा प्रधामन्त्री लाग्नुहुन्छ ।

नेपाली कांग्रेसभित्रकै गुट उपगुटका कारण मन्त्रीमण्डल विस्तार हुन नसकेको होइन र ?
एउटा जीवन्त पार्टीभित्र राजनीतिक समुह बन्नु स्वाभाविक नै हो । गुट उपगुटको अन्त्य भएपछि पार्टी मजबुत हुन्छ भन्ने कुरा कारुणिक आशावाद हुन्छ । तर पार्टीभित्रको समुह टाउको दुखाउने खालको भने हुनुहुँदैन । स्थानीय निकायको चुनावमा नेपाली कांग्रेसले अपेक्षा गरेजति नतिजा ल्याउन नसक्नुमा गुट उपगुटको भूमिका देखियो । चुनावमा सिङ्गो पार्टी एक ढिक्का भएर जाने अवस्था देखिएन । अब यस्ता कुरालाई आगामी दिनमा शीर्ष तहका नेताहरुले छलफल गरेर समाधान गर्नुपर्छ ।

 रिपोर्टर्स नेपाल बाट

प्रतिक्रिया