दलहरुको अबको एजेण्डा आर्थिक समृद्धि हुनुपर्ने – उपप्रधानमन्त्री महरा रत्ननगर उद्योग वाणिज्य संघमा सर्वसम्मत नेतृत्व चयनको प्रयास

इनेप्लिज २०७४ असार २६ गते १६:२५ मा प्रकाशित

रत्ननगर, चितवन, २६ असार ।
संविधान जारी भई कार्यान्वयन भएको र स्थानीय तहको निर्वाचन पनि भईसकेर देश अब नयाँ मोड तर्फ गईसकेकोले सबै राजनीतिक दलहरुको अबको एजेण्डा देशलाई आर्थिक समृद्धि बनाउने तर्फ हुनुपर्ने उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्ण बहादुर महराले बताएका छन् । आर्थिक समृद्धि विना देश विकास सम्भव नहुने भएकोले देश संक्रमणकालबाट अगाडि बढिसकेकाले सबै दलको एउटै एजेण्डा हुनुपर्ने समेत उनले बताए ।

उपप्रधानमन्त्री महराले रत्ननगर उद्योग वाणिज्य संघको १८औं वार्षिक साधारण सभालाई सोमबार रत्ननगरमा सम्वोधन गर्दै विगतमा भएका कमजोरीलाई सुधार्दै अब नयाँ मोडबाट अगाडि बढेर आर्थिक क्रान्ति गर्नुको विकल्प नभएको भन्दै उनले राज्यले नीति र योजना बनाएर दिनुपर्ने, निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाई दिएमा देश विकासको प्रचुर सम्भावना रहेको बताए ।

लुम्बिनी, जनकपुर लगायतका ऐतिहासिक र महत्व बोकेका नेपालमा धेरै स्थान भएकाले यस्ता क्षेत्रको वृहत विकास गरी पर्यटनको माध्यमबाट पनि आर्थिक उन्नति गर्न सकिने उनले बताए । सरकारले ३ खम्बे अर्थनीति अगाडि सारेको भन्दै महराले निजी, सहकारी र सरकारको संयुक्त प्रयासले मात्र देश विकास सम्भव हुने उनको भनाइ थियो ।

स्थानीय तहको निर्वाचन समेत भईसकेको भन्दै महराले स्थानीय सरकार अधिकार सम्पन्न भएकाले विकास निर्माण र राम्रा कामको थालनी गर्न समेत उनले अनुरोध गरे । राष्ट्रिय अर्थतन्त्रको मुख्य शुरुवाती स्थान नै स्थानीय तह भएको समेत उपप्रधानमन्त्री महराले बताए । विकास बजेट खर्चको अवस्था कहालीलाग्दो नै रहेको भन्दै उनले ५८ प्रतिशत विकास बजेट खर्च हुनु देशको अर्थतन्त्रको लागि राम्रो संकेत नभएको समेत उनले बताए । आर्थिक वर्षको अन्तिम–अन्तिममा मात्र रकम खर्च गर्ने प्रवृत्तिले पनि यस्तो समस्या आएको भन्दै उनले विकास खर्च समयमा नै गर्नुपर्ने पक्षमा आफु रहेको जिकिर गरे ।

प्रचुर सम्भावना बोकेको चितवनको रत्ननगर क्षेत्र देशकै नमूनाको रुपमा विकास गरी पर्यटन, माछा, पोल्ट्री लगायतका क्षेत्रलाई व्यवस्थित गर्न सके नेपालकै नमूना उद्योग वाणिज्य संघको रुपमा रत्ननगर उद्योग वाणिज्य संघ अगाडि बढ्न सक्ने भएकोले यस्ता थुप्रै सम्भावनालाई अवसरको रुपमा लिई व्यवसायीहरु अगाडि बढ्न समेत उनले अनुरोध गरे ।

देशको व्यापार घाटा कहालीलाग्दो – सांसद काशीनाथ अधिकारी
कार्यक्रममा सांसद काशीनाथ अधिकारीले देशको व्यापार घाटा कहालीलाग्दो तवरले बढ्दै गएको बताए । ११ महिनामा ९ खरब व्यापार घाटा हुनु खतरापूर्ण भएको भन्दै उनले आयात भन्दा निर्यातलाई बढावा दिन नसके देशको अर्थतन्त्र जोखिमतर्फ अगाडि बढ्ने बताए । विकास खर्च समयमै हुन नसक्दा देशको आर्थिक विकास समेत हुन नसकेको भन्दै सांसद अधिकारीले सरकारले आर्थिक वृद्धिदर ७ प्रतिशतबाट बढाएर ७ दशमलव २ पु¥याउने योजना महत्वकाँक्षी लक्ष्य रहेकोले सोही अनुसारका योजना ल्याउन समेत अनुरोध गरे । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ ५ नं. प्रदेशका संयोजक गुणनिधि तिवारी, महासंघका केन्द्रीय सदस्य दिलसुन्दर श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्ट, नेपाली कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, नेकपा एमाले चितवनका इन्चार्ज कृष्ण प्रसाद खनाल, माओवादी केन्द्र चितवनका इन्चार्ज ईश्वरी प्रसाद भट्टराई, राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनका अध्यक्ष बद्रि तिमल्सिना, राष्ट्रिय जनमोर्चा चितवनका अध्यक्ष डम्बर पुरी, नेकपा क्रान्तिकारी माओवादीका जिल्ला अध्यक्ष अशोक शर्मा, रत्ननगर नगरपालिकाका मेयर नारायण वन, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम, उद्योग संघ चितवनका उपाध्यक्ष भेषराज दुवाडी, मत्स्य व्यवसायी संघका केन्द्रीय अध्यक्ष अम्बिका प्रसाद अधिकारी लगायतले कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए । रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञान बहादुर विसुरालको अध्यक्षतामा भएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष अनिल कृष्ण श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।

सर्वसम्मत नेतृत्व चयनको प्रयास
सो १८औं साधारण सभा तथा अधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि सर्वसम्मतीको प्रयास थालिएको छ । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र निकट व्यवसायीहरुले सहमतिका आधारमा नेतृत्व चयन गर्ने बताएका छन् । जस अन्तर्गत नेकपा एमाले निकटका व्यवसायीहरुले वर्तमान कार्यसमितिका उपाध्यक्ष रहेका राजाराम रेग्मीलाई अध्यक्षमा अगाडि सारेका छन् । त्यस्तै उद्योग तर्फका उपाध्यक्षमा वर्तमान कोषाध्यक्ष भीमनारायण सहित ७ सदस्य लिने तयारी भएको छ । त्यस्तै गरी नेपाली कांग्रेस निकटका व्यवसायीहरुले हाल पनि वरिष्ठ उपाध्यक्ष रहेका अनिल कृष्ण श्रेष्ठलाई सोही पदमा, वाणिज्य तर्फ उपाध्यक्ष पदमै रहेका बिनोद पोख्रेललाई पनि सोही पदमा र एसोसियटतर्फ उपाध्यक्ष पदमा हाल कार्यसमिति सदस्य रहेका रघु भट्ट सहित ८ सदस्य लिने तयारी भएको छ । त्यस्तै माओवादी केन्द्र निकट व्यवसायीहरुको तर्फबाट कार्यसमिति सदस्य पदमा रहेका निराजन खनाललाई महासचिव र कोषाध्यक्ष पदमा देवी प्रसाद डल्लाकोटी सहित ६ जना सदस्य लिई सहमति गर्ने बुझिएको छ । व्यवसायीहरुले सहमति अनुसार अगाडि बढ्ने आन्तरिक छलफल लगभग टुङ्गिएको बताएका छन् ।
अध्यक्षमा भट्ट र वरिष्ठ उपाध्यक्षमा गिरीले विना सहमति उम्मेदवारी दिने सम्भावना
साथै सोमबारको बन्द सत्रले विधान संशोधन गरी वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने, एसोसियट उपाध्यक्ष पद थप गर्ने निर्णय पारित गर्नेछ । यद्यपी सहमतिका प्रयास जारी रहदा व्यवसायी यदु प्रसाद भट्टले अध्यक्ष पदमा उम्मेदवारी दिने चर्चा चलेको छ । भट्ट संघको पूर्व कोषाध्यक्ष हुन् भने उनी नेपाली कांग्रेस निकट व्यवसायी समेत हुन् । त्यस्तै गतवर्षको अधिवेशनमा वरिष्ठ उपाध्यक्ष पदमा पराजित एमाले निकट व्यवसायी शंकर गिरीले पनि पुनः वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने चर्चा चलेको छ । यद्यपी सोमबार राती बार एसोसियसन चितवनका अध्यक्ष गोपीलाल देवकोटाको अध्यक्षतामा निर्वाचन समिति बनेपछि सार्वजनिक हुने निर्वाचन तालिका अनुसार उम्मेदवारी सर्वसम्मत ढङ्गले अगाडि बढ्ने वा निर्वाचन हुने भन्ने विषय भ

प्रतिक्रिया