उपाध्यक्ष पदमा उमेदवारको दावेदारी आजैको मिति हटाईएको बारे

इनेप्लिज २०७४ असार २३ गते १७:५३ मा प्रकाशित

 

यहाँहरू सबैमा नमस्कार ।

म हजुरहरूकै चिरपरिचित गजेन्द्र अर्याल गैर आवासीय संघ अमेरिकाको आगामी निर्वाचन बाट बन्ने (२०१७-२०१९) सम्मको कार्यकालको लागी यस अघि मैले उपाध्यक्ष पदमा आफ्नो उमेदवारको दावेदारी तपाईहरू समक्ष प्रस्तुत गरेको थिए तर मेरा सम्पूर्ण साथिभाई ,ईस्ट मित्र ,शुभचिन्तक ,बा-आमा दाजुभाई तथा दिदिबहिनिहरूको सल्लाह र आग्रह बमोजिम आजैको मितिबाट उपाध्यक्ष पदको लागी मेरो दावेदारी हटाई आजैको मिति बाट मैले बरिष्ठ उपाध्यक्षमा आफ्नो उमेदवारीको दावेदारी हजुरहरू समक्ष प्रस्तुत गरेको छु ।

मेरो यो आकाश्मिक निर्णयबाट हजुरहरूमा पर्ने गएको असुविधा र दुबिधा प्रति क्षमयाचना गर्दै आगामी कार्यकालको लागी मलाई बरिष्ठ उपाध्यक्षमा पदमा निर्वाचन गर्नको लागी सहयोग गर्नु हुन सम्पूर्ण साथिभाई ,वकिल,पत्रकार,ब्यापारि ,समाज सेवी , गायक/गायिका , बिधार्थि,बैज्ञानिक, तथा मेरा सम्पूर्ण दाजुभाई दिदि बहिनिहरूमा बिनम्र अनुरोध गर्दछु । साथै सम्पुर्ण मेरा शुभचिन्तक मित्रहरूले मेरो यो स्टाटस लाई नै आधिकारिक निर्णय मानि दुबिधामा नपर्न अनुरोध गर्दछु ।

गजेन्द्र अर्याल
मेरिल्याण्ड ,अमेरिका
NRN-NCC -USA को
बरिष्ठ उपाध्यक्षको उमेदवार

प्रतिक्रिया