गैर अवासिय नेपाली संघ र बाणिज्य दुताबासको संयुक्त पहल मा केन्या बाट नेपाली चेली को उद्धार ।

इनेप्लिज २०७४ असार २२ गते २३:१० मा प्रकाशित

नेपाल बाट भारत को बाटो हुँदै केन्या लगायत पुर्बी अफ्रिका का मुलुकका डान्स बार हरु मा नेपाली चेलीबेटी आउने र यहाँ अनेकौ दु:ख कस्ट पाइ नेपाली फर्कन काम अझै रोकिएको छैन ।

२०१४ मार्च मा, नैरोबी मा, गैर अवासिय नेपाली संघ केन्या नेपाली दुताबास दक्षिण अफ्रिका को सहयोग मा प्रथम अफ्रिका क्षेत्र को बैठक भएको थियो उक्त बैठक ले ९ बुदे घोषणा पत्र जारी गरेको थियो उक्त बैठक को प्रमुख बुदा नै नेपाल बाट भै अफ्रिकी मुलुक हरु मा भैरहेको मानब तस्करी कसरी न्युन गर्न सकिन्छ भन्ने नै थियो ।

त्यो सानो प्रयास ले धेरै हद सम्म मानव तस्करी कम भएको कुरा त नितान्त सत्य साबित भएको छ तर अझै पनि खास गरेर मुज्रा मा नाच्न आउने चेलीबेटी को संख्या भने अझै घटेको छैन/ अन्य पेसा मा आउने हरु भने खासैसमस्या मा परेको नपरेको कुरा गैर आवासिय नेपाली संघ का निवर्तमान अध्यक्ष श्री राम चन्द्र बस्यल ज्यु बताउन हुन्छ।

हालै मात्र केन्या का लागि नेपाल का अबैतानिक बाणिज्य दुत श्री जिम्मी ओस्कर र गैर अवासिय नेपाली संघ का निवर्तमान अध्यक्ष श्री रामचन्द्र बस्याल ,अध्य्क्ष श्री कृष्ण दत्त भट्ट को संयुक्त निरन्तर प्रयास बाट डान्स्बार मा काम गर्ने नेपाली केटी को उद्दार गरी नेपाल वापस पठाएको छ ।

नेपाली केटी नेपाली बाट बिभिन्न दलाल द्वारा प्रयटक विसा मा आउने र ३ महिना सम्म काम गरी कोही फर्कने कोही भने धेरै समय यतै बस्ने गरेको पाइयेको छ /जटिल परिस्थिती माउद्दार को लागि मात्रै दुताबास र गैर अवासिय नेपाली संघ गुहार्ने कुरा अफ्रिका क्षेत्र सन्योजक श्री सुनिल कार्की बताउन हुन्छ।

अबैतानिक बणिज्य दुत श्री जिम्मी ओस्कर ज्यु र गैर आवासिय नेपाली संघ को तर्फ बाट श्री राम चन्द्र बस्याल र कृष्ण दत्त भट्ट बाट संयुक्त रुप मा बिभिन्न मिती र समय मा नैरोबी मा रहेका नेपाली चेली हरु काम गर्ने तर समस्या मा परेर तत्काल उद्दार गर्नु पर्ने ठाउँ मा निरिक्षण गरेर सम्बन्धित निकाय लाई नेपाली चेली हरु को करार अबधी ,तलब र अन्य सुबिधा प्रस्ट सँग उल्लेख गर्ने पर्ने लागायत नेपाली कामदार को सुरक्षा को बारेमा कुराकानी गर्नु भएको जानकारी गराएको थियो /

प्रतिक्रिया