जीवन हामी भित्र मरेको हुन्छ : प्रदीप के.सी.

इनेप्लिज २०७४ असार १८ गते १०:३१ मा प्रकाशित

जिन्दगी एकपल मुस्कुराउन पनि हजार बहाना खोज्नु पर्ने परिस्थितिको सृजना हुन्छ भन्ने थाहा पाएको भए यो कोलाहाल र चित्कारपूर्ण जिन्दगीबाट म सदाको लागि विदा हुने थिए । नाङगै आएको यो दुनियामा कति पिडा र वेदना भोग्नु पर्ने, जाबो त्यो कात्रोको लागी ? त्यहि कात्रो जसमा गोजी पनि हुँदैन, फेरी किन तँछाड, मछाड गर्ने मरेपछि कसैको खोजी पनि हुँदैन ।

जीवन अजम्बरी पनि हुँदैन, एकनास सधैभरी पनि हुँदैन, अनि के लाई गर्ने घमण्ड यो झुटो संसार जुनिभर पनि त हुँदैन ! कहिले हामीले सोचेका पनि छैनौ जिन्दगीको भागदौडमा हामीलाई ओढाउने कात्रो पनि बजारमा आईपुगी सकेको छ भन्ने कुरा ? धर्य गर्नुस् दुःखका हाम्रा दिनहरु पनि कुनै दिन सकिने छ । आज हाँसोमा उडाउने तिनिहरुको अनुहारका रङपनि कुनै दिन उड्ने छन् । त्यसैले पानीको हरेक थोपालाई सम्मान गर्नुस चाहे त्यो आकाशबाट टप्किएको होस् या कसैको आँखाबाट l

थुनेको पानी सुनेको कुरामा धेरै विश्वास नर्गनुस् किनकी यी दुवैको भरोसा गरेमा धोका हुन सक्छ । थुनेको पानी जतिवेला पनि फुट्न सक्छ, सुनेको कुरा झुटा पनि हुन सक्छ । त्यसैले आफुृले आफैलाई विश्वास गर्नुस् । यो जिन्दगीमा नत बुझ्ने मान्छे नै भेटिन्छ, नत बुझाउने नै, खाली यो दुनियामा रुवाउने मात्र भेटिन्छ । जिन्दगी हरेक दिन एक्लो हुन्छ, रात विति जान्छ, कुनै दिन हामी नै विति जान्छौ अनि रात एक्लो हुनेछ र सुन्नेता छाउने छ र कोलाहाल र चित्कारको गुञ्जनबाट सबैलाई उकुश मुकुश पार्ने छ । यो संसार जति सुकै रमाईलो किन नहोस् मन दुृःखी भएपछि सुनसान र उराठ लाग्ने गर्छ ।

यो जिन्दगी पनि अचम्मको छ, बाँचुन्जेल चिन्ताले जलाउने, मरेपछि चित्ताले जलाउने आखिर जीवन त जल्नैको लागि पो रहेछ । यो दुनियाँ पनि अचम्मको छ, जिउँदोमा कसैको कुरा काट्न पछाडीबाट कान फुक्छ, मरेपछि त्यसैको अगाडी आएर शंख फुक्छ । त्यसैले शब्द वा वाक्य लेख्दा जसरी स्पेस चाहिन्छ,, त्यसरी नै सम्बन्धमा पनि केहि स्पेस चाहिन्छ नै, किनकी नजिक हुँदा सुर्यले पनि पोल्छ भन्ने कुरा हेक्का राख्न जरुरी देखिन्छ ।

संसारमा धनी र गरिव विचको ठुलो खाड्लले मानिस–मानिस विचको सम्वन्धमा चिसोपना आई रहेको छ । तर हामीले बुझ्नु पर्ने कुरा के हो भने, संसारमा कोहि यति धनी पनि छैनन, जसले आफ्नो वितेको समय किन्न सकोस् अनि यति गरिव पनि छैनन् उसले आफ्नो भविष्य बदल्न नसकोस । जिन्दगी बक्सिङ जस्तै हो, रिङमा ढल्दैमा हारेको मानिदैन, त्यति वेला हारिन्छ, जव ढलेपछि उठीदैन अतः हामी ढलेर उठ्ने प्रयास जारी राख्नु पर्छ । हामी यस्तो मानिस हौं जहाँ ट्राफिक लाईट देखेर भन्दा, बिरोलोले बाटो काटेको देखेर सवारी साधन रोक्ने गछौ । चियामा झिंगा प¥यो भने चिया फाल्छौं, अनि ध्यूमा झिंगा प¥यो भने झिंगा फाल्छौं । हाम्रो यस्ता समय अनुसार बदलिने संस्कारले समाज अनि राष्ट्रलाई कहाँ पु¥याउछ ? यो सोचनिय विषय रहेको छ । यहाँ महत्व पानीको हैन प्यासको हुन्छ, महत्व मृत्यको हैन श्वास को हुन्छ, मायाँ त धेरैले गर्छन यो दुनियामा तर महत्व मायाँको हैन विश्वासको हुन्छ । जुन विश्वास हामी सवै मानव जातिमा हुनु जरुरी देखिन्छ ।

समशान घाटको एउटा कुनामा लेखिएको थियो यो ठाउँ ति मानिसहरुलाई जलाईएको छ, जो उनीहरु विना संसार चल्दैन भन्ने गरिन्थ्यो । आज यहि कुरा राजनितिक वृतमा चल्दै आएको छ । यो, त्यो नभए त देशै चल्दैन रे, देशै डुब्छ रे, देश खतम् हुन्छ अरे, एकचोटी विचार गरौं त जसले टेक्नको लागि जमीन पाए उनीहरु अहिलेसम्म जमीन मै रहिरहे तर जसले जमीन र पानी दुवैमा स्थान पाएनन् उनिहरुले सर्घष गरेर उड्न सिके त्यहि उड्न सिकेका चराले रुखको हाँङ्गा भाचियला भन्ने डर मान्दैन, किनकी उस्ले रुखको हाँङ्गालाई हैन आफ्नो पखेटालाई विश्वास गर्छ । त्यसैले तपाई हामी पनि आफुमा आफ्नो क्षमताको विश्वास गरौं सफलता अवश्य मिल्ने छ ।

अन्तमाः जीवन जिउनु भाग्यको कुरा हो, मृत्यु हुनु समयको कुरा हो, तर मृत्यु पश्चात पनि अरुको मनमा जीउदै रहनु यो कर्मको कुरा हो । जव हाम्रो मृत्यु हुन्छ, तव लाश हुन्छौं अनि मानिसहरुले भन्ने गर्छन् त्यस लाशलाई एता लैजा उता लैजा तर आफन्त वा कसैलेपनि लाशलाई नाम लिएर बलाउदैन, त्यसैले जिउदोमा अवसर लिर्नुपर्छ आफुलाई मन पर्ने कुरा खानु र लाउनु पर्छ, सधै हासो र खुसीमा रम्ने रमाउने गर्नुपर्छ, खरावै किन नहोस मस्तसँग नाच्ने गाउने गर्नुपर्छ, हाम्रो मृत्यु जीवनको ठुलो क्षति होइन, क्षति त त्यतिवेला हुन्छ, जव जिवन हामी भित्र मरेको हुन्छ ।

लेखक : नेपाल जेसीजका प्रमुख प्रशासकिय अधिकृत एवं सदस्य सचिव हुन् l

प्रतिक्रिया