युएइमा आयोजीत बिबिध खेलका बिजयी खेलाडीलाई महामहिम बाट सम्मान

इनेप्लिज २०७४ असार १३ गते १४:१७ मा प्रकाशित

 

निमकान्त पाण्डे ,दुबई,२७ जुन । एभरेष्ट यूएई मार्शल आर्ट एंड स्पोर्ट्स क्लबको आयोजनामा अन्तरास्ट्रिय खेल अन्तर्गत १२ औ नेसनल कराते च्याम्पियनशिप जे.के.एस.कप २०१७ खुल्ला कराते र बुडोकन कराते-२०१७ अन्तरास्ट्रिय कप प्रतिद्धन्दीलाई हराउन सफल बिजेता नेपाली खेलाडीहरु हौसलाका निम्ति एक कार्यक्रमका बिच सम्मान गरिएको छ।


युएइका बिभिन्न शहरमा भएका खेलहरुमा राम्रो चुनौती दिदै करिब आधा दर्जन रास्ट्रहरुको खेलाडी माझ नेपाली खेलाडीको उपस्थितिमा कप तथा मेडल पदक बिजेता बनेका थिए। क्लबले कराते लगायत अन्य विधाका खेलहरु र हालै मात्र राष्ट्रिय खेलको मान्यता पाएको भलिबल खेलाडीहरु तथा जुडो, ट्रेक एंड फिल्ड र शारीरिक सु-संगठन खेलाडीहरुलाई एकै साथ सम्मान गरिएको थियो भने अन्तराष्ट्रिय रुपमा बैधानिकता पाएका रेफ्री तथा प्रशिक्षक एकै पटक सम्मान गरिएको थियो।


नेपाली राजदुतावासका कार्यवाहक राजदुत महामहिम नेत्र बहादुर टन्डन को प्रमुख अतिथ्यमा सम्पन्न सम्मान कार्यक्रम पानसमा बत्ती बालेर राष्ट्रिय गान बाट सुरु गरिएको थियो। कल्बका अध्यक्ष पवित्र भण्डारी को अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई रमेश क्षितिज ले संचालक गरेका थिए भने क्लबका सचिब पूर्ण भक्त लामा स्वागत मन्तब्य राखेका थिए।


कार्यक्रममा अतिथीका लागी नेपाली समाजका अध्यक्ष सी. पि. सापकोटा, NRN युएइका सल्हाकार तथा नेपाल बिजेनेश काउनशिलका कोषाधक्ष्य एकेन्द्र बहादुर थापा, पत्रकार महासंघ अध्यक्ष भूपराज बस्याल को उपस्थिती रहेको थियो।


कार्यक्रममा बिभिन्न विधाका खेलाडीहरु तथा अफिसियल पत्रकारहरु,कलकार समाज सेबीहरु को उपस्थिति रहेको थियो। प्रमुख अतिथि तथा कार्यक्रममा अतिथि हरुको हातबाट सम्मान पत्र प्रदान गरिएको थियो। खेल तथा खेलाडीलाई हर तरह बाट सहयोग गर्ने क्लबका पदाधिकारी तथा सहयोगी संघ संस्था,ब्यबसाहि समाज सेबी हरुलाई पनि सम्मान गरिएको थियो।आफ्नो खेल मार्फत यस किसिमको उपलब्धि हाशिल गर्न सहयोग गर्न हुने क्लब पदाधिकारी तथा सफल खेलाडीको उच्च प्रशंसा गर्दै आगामी दिनमा आफ्नो र सस्थाको सहयोग रहने प्रतिबद्दता नेपाली समाजका अध्यक्ष ले राख्नु भएको थियो भने क्लबको स्थापना ,संचालन र युएइमा नेपाली खेलाडीहरुले डिउटिका बाबजुत विजय हुन् हुनसफल मिहिनेत गरेका खेलाडीलाई नेपालीहरुको माया र साथको आबस्यक परेको कोषाध्यक्ष परशुराम धिमिरेले कार्यक्रम बारेमा प्रष्ट पारेका थिए।
उपस्थित अतितिहरुले आफुहरुले खेलाडीहरुलाई सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए। प्रशिक्षक रेफ्री रबि शाही खुल्ला हृदयले सम्पूर्ण खेललाइ समेटेर अझै सशक्त रुपमा नेपालीहरुको उपस्थती गराउने प्रयाश गर्ने प्रतिबद्दता राक्नु भएको थियो।


कार्यवाहक राजदुत नेत्र बहादुर टन्डन खेलाडीहरुलाई बधाई दिदै फरक किसिमको आफ्नो अनुभूति बताउदै देश अनि नेपालीको साझा उच्चसम्मा आफ्नो सामुन्ने देखिएका कपहरुले आफुलाई अझै गर्ब लागेको कुरा सुनाउदै ” खेलाडी राष्ट्रका गहना हुन् ” आफ्नो ठाउँबाट सकिने सहयोग गर्ने कुरामा बिस्वस्त गराउनु भएको छ।
सम्मानित खेलाडी बिबरण निम्न अनुसार:- कराते खेलाडीहरु सुश्री किन्जेल श्रेष्ठ – कोमोते- प्रथम स्थान र काता तृती कुमार भुषाल -कोमोते प्रथम स्थान संगै बोडोकन कप २०१७ बिशिस्ट खेलाडी ७ जनाको बिचको प्रतिष्प्रधाबाट यस बर्षको सर्बोकृस्ट कप ( Champion of champion-2017) बिजेता बिपिन श्रेठ – कोमोते प्रथम स्थान र बिशिस्ट खेलाडी तृतीय बिजय तामांग – कोमोते प्रथम लक्षमण मगर – कोमोते दितिय स्थान बिनोद राई – दुतीय स्थान दिनेश सिंह ऐर -कोमोते तृतीय स्थान मिनराज चौधरी – तृतीय पुस्प न्यौपाने – कोमोते प्रथम स्थान राम बहादुर लामा – तृतीय स्थान उत्तम गुरुङ – प्रथम स्थान ( जे के एस कप )
भलिबल खेलाडीहरु:- अन्तरास्ट्रिय तथा रास्ट्रिय कुन्दल बहादुर सिंह, श्याम गुरुङ , प्रेम भण्डारी , इश्वर घामल , प्रताप खवास , प्रेम शाही श्री राज चौधरी , खुसि चौधरी , बिष्णु पन्त श्री नरेश चन्द , ज्ञान मल्ल , डायमण्ड बस्नेत , झोंम थापा जुडो खेलाडी , कमल तामांग शारीरिक सुगठन , तुल बहादुर श्रेष्ठ क्रिकेट खेलाडी:- अंकित श्रेष्ठ
एथलेटिक्स खेलाडी :- रिवाज न्यौपाने रेफ्री तथा प्रशिक्षक र ब्यबस्थापन- रबि शाही बरिष्ट रेफ्री ( एशियन गोजुरिउ कराते रेफ्री काउन्शिल सदस्य सचिव), रेफ्री श्री प्रेम श्रेष्ठ, बिशाल मगर ,सुश्री शुस्मिता निरौला प्रशिक्षक पूर्ण भक्त लामा,पर्शुराम घिमिरे,फई लामा,राजेश थिङ्ग क्लब उपाधक्ष्य पबित्र भण्डारी बरिष्ट सल्लाहकार शालिक सुबेदी ,सल्लाहकारहरु प्रविन काजी श्रेष्ठ – प्रशिक्षक जुडो ,हिरा लाल श्रेष्ठ ,अफिसियल ,भानुभक्त पौडेल ,मदन अधिकारी योगी सिंह ,, शिव कुमार बास्तोला खेलकुद प्रयोजक- कुक कनेक्ट,यक एंड येती गहना पसल- बुरदुबाई एभेरेस्ट एड्भाटैजिंग एल एल सी, संजय पाण्डे , हरि अधिकारी ,हरि के सी ,अरमदा ट्राभल्स तथा चितवन समाज युएइ बाट सहयोग गर्नु भएको थियो।

प्रतिक्रिया