गोर्खाली समाज न्युयोर्कको बनभोज कार्यक्रम सम्पन्न

इनेप्लिज २०७४ असार १२ गते २२:२९ मा प्रकाशित

न्युयोर्क ,न्युयोर्कमा दर्ता भएको गैर मुनाफा सामाजिक संस्था गोर्खाली समाज न्युयोर्कले ग्रीष्म कालिन बनभोजको आयोजना गर्यो l संस्थाले न्युयोर्क नजदिक रुजबेल्ट आइल्याण्डमा आयोजना गरेको उक्त बनभोजमा न्युयोर्कमा बसोबास गर्ने गोर्खा घर भएका तथा अतिथिहरु पनि उपस्थित रहेका थिए l

करिव डेढ बर्ष अगाडी स्थापना भएको उक्त संस्थाले गोर्खा घर भएका र हाल अमेरिका भर छरिएर बसोबास गर्दै आएका सबैलाई समेट्ने गरि स्थापना हो l यसको साथै क्षेत्रीय हिसाबले भूगोल संग जोडिएको यो संस्था को मुख्य उदेस्य एक अर्का संग भाईचारा बढोस र दुख परेको बेलामा एक अर्का लाई साथ दिन सकियोस भन्ने यो संस्था को गठन गरिएको जानकारी दिइएको छ l

आफ्नो जन्म थलो गोर्खा लाई सहयोग गर्ने उदेस्य को साथै सांस्कृतिक जगेर्ना गर्ने र गोर्खाली समुदायलाई एकता गर्ने ,भावनात्मक सम्बन्ध विस्तार गर्ने र सामाजिक उत्प्रेरणा जागृत गर्ने बताइएको छ l

संस्थाका सदस्य ,अतिथि तथा सहभागीहरुले तयार गरिएको सेकुवा तथा अन्य परिकारका सामग्रीहरुलाई खुवाईएको थियो l बनभोजमा मनोरंजन को लागि डोरी तान्ने खेल समेत आयोजना गरिएको थियो l

प्रतिक्रिया