दिगो र प्रभावकारी विकासका लागि मेरो उम्मेद्वारीः सञ्जिव श्रेष्ठ

इनेप्लिज २०७४ असार ५ गते २१:४८ मा प्रकाशित

 

अन्तर्राष्ट्रिय जुडो खेलाडी सञ्जिव श्रेष्ठले एनआरएन अमेरिकाको निकट भविष्यमा हुन लागेको चुनावमा उपाध्यक्ष पद्का लागि उम्मेद्वारी दिनु हुने भएको छ । उहाँ २१ वर्ष अघि नयाँ र सिर्जनशील कामको खोजीमा अमेरिका आउनु भएका हो । सक्षम र कुशल खेलाडीका रुपमा स्थापित बनि सक्नु भएको श्रेष्ठ सामाजिक क्रियाकलापमा पनि उत्तिकै सक्रिय व्यक्तित्व हुनुहुन्छ ।

बहुप्रतिभाशालि र सवल नेतृत्व क्षमता भएका श्रेष्ठले यस अघि पनि खगेन्द्र जीसी एनआरएनको अध्यक्ष भएका बेला सह–कोषध्यक्षको जिम्मेवारी सम्हाली सक्नु भएको छ । साथै उहाँ अमेरिका स्थित विभिन्न संघ संस्थामा आवद्ध हुनुका साथै एनआरएन उत्तर अमेरिकाको आईसीसीको खेलकुद संयोजक पनि हुुनुहुन्छ ।

सीप विकास, खेलकुद, मनोरञ्जन लगायतका क्षेत्रमा विशेष चासो राख्ने श्रेष्ठले आफू एनआरएनको उपाध्यक्षमा निर्वाचित भए संस्थाको दीगो र प्रभावकारी विकासका लागि महत्वपूर्ण योजना सहित अघि बढ्ने बताउनु भएको छ ।

युवा तथा विद्यार्थीहरूको एनआरएनमा सहभागिता वृद्धिका लागि साँस्कृतिक, साहित्य, संगित, खेलकुद तथा अन्य मनोरञ्जनात्मक बौद्धिक प्रतियोगिताहरू संचालन गर्ने उहाँको नवीन योजना छ ।

एनआरएनलाई सबैको साझा संस्थाको रुपमा संस्थागत विकास गर्दै नेपालीको स्वाभिमान र प्रतिष्ठालाई उच्च बनाउन मैले उम्मेद्वारी दिएको उहाँको बताउनु भयो । उहाँको उम्मेद्वारीको मुख्य उद्देश्य भनेको अमेरिकामा रहेका सबै नेपालीलाई एउटै सुत्रमा वाधेर आपसी एकता तथा भाइचारको सम्बन्ध स्थापित गर्नु हो ।

सबै नेपालीको दुःख सुखमा साथ र सहयोग दिनु हो । ‘अमेरिकाभरि छरिएर रहेका कर्मठ र शाहासी नेपालीलाई समेट्दै संस्थालाई बलियो बनाउनु मेरो उम्मेद्वारीको कार्यतालिका भएको उहाँले बताउनु भयो । नेपाली समुदायलाई अन्तर्राष्ट्रिय खेलकुद् जगतमा प्रवेशका लागि प्रवद्र्धन गर्न मेरो पहल हुने छ ।

अमेरिकामा गरिएको थोरै मेहनतले सहजै सफलताको सिढी चढ्न सकिने उहाँको भनाइ छ । यहाँ हाम्रो थोरै परिश्रमबाट पनि सुन फलाउन सक्छौं । अमेरिकामा रहेका नेपालीलाई नयाँ र नवीन कार्यबाट आयआर्जन तथा उद्यमशीलता तर्फ अग्रसर गराउने श्रेष्ठको योजना छ ।

 

प्रतिक्रिया