नेपाली राजदूतावास ओटवाको प्रेस विज्ञप्ति

इनेप्लिज २०७४ असार ३ गते ३:३८ मा प्रकाशित

नेपाली  राजदूतावास ओटवा र क्याल्गेरी स्थित नेपाली अवैतिनक वाणिज्यदूतको आयोजना क्यानडाको अल्वर्टा प्रान्तको क्याल्गेरी शहरमा हिजो मिति २०७४।३।१ का दिन नेपालको पर्यटन, व्यापार र लगानी प्रवर्द्वन सम्बन्धी एक वृहद कार्यक्रम सम्पन्न भयो । क्यानडा र नेपालका राष्ट्रिय धुन बजाइ शुरु गरिएको उक्त प्रवद्र्धनात्मक कार्यक्रममा बोल्नुहुदै क्यानडाका लागि नेपालका राजदूत महामहिम कालीप्रसाद पोखरेलले सन् २०१५ मा नेपालको संविधान घोषणा भएसंगै नेपाल राजनीतिक स्थिरताका साथ आर्थिक र सामाजिक विकासको दिशामा अघि बढेको जानकारी गराउँदै नेपालमा व्यापार र लगानीका लागि उपयुक्त वातावरण बन्दै गएको बताउनु भयो । उहांले नेपालमा वैदेशिक लगानीको वातावरण र नेपाल सरकारका नीतिहरुका सम्बन्धमा जानकारी गराउने उद्धेश्यले नेपाल सरकारले मार्च २ र ३, २०१७ मा काठमाण्डौंमा अन्तराष्ट्रिय लगानी सम्मलेलन गरेको जानकारी गराउनु भयो । सन् २०१५ को विनाशकारी भूकम्पबाट प्रभावित नेपालको पर्यटन क्षेत्रले क्रमशः प्रगति गर्दै लगेको जानकारी गराउदै महामहिम राजदूतले ] National Geographic, Lonely Planet, Rough Guide, Trip Advisor जस्ता संस्थाले पनि नेपाललाई संसारका उत्कृष्ट गन्तव्यको सूचीमा राखेको प्रसंग उल्लेख गर्नुभयो ।


उक्त अवसरमा महामहिम राजदूतले अल्वर्टा प्रान्तका लागि क्याल्गेरी शहरमा स्थापना भएको नेपालको अवैतनिक वाणिज्यदूतावासको उद्घाटन पनि गर्नुभयो । नवनियुक्त अवैतनिक वाणिज्यदूत Mr. Stephen Thomas Hess लाई नियुक्तिको प्रमाण पत्र हस्तान्तरण गर्दै उहांले Mr. Hess ले आफ्नो कार्यकालमा नेपाल र क्यानडाको अल्वर्टा प्रान्तवीच व्यपार, लगानी, पर्यटन र जनस्तरको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गनुभयो । नवनियुक्त अवैतनिक वाणिज्यदूत Mr. Hess ले नेपाल सरकारले आफूलाई अवैतनिक वाणिज्यदूतको जिम्मेवारी दिएकोमा नेपाल सरकार प्रति आभार प्रकट गर्दै आफू अल्वर्टा प्रान्त र नेपालवीच व्यपार, लगानी र पर्यटन प्रवद्र्धनका लागि यहांका विभिन्न क्षेत्रसंग मिलेर कार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै क्यानडाका प्रथम सगरमाथा आरोही Laurie Skreslet ले सगरमाथा आरोहणको आफ्नो अनुभव सुनाउदै नेपालको पर्वतीय पर्यटन र नेपालीहरुको मित्रवत व्यवहारको प्रसंशा गर्नुभयो । कार्यक्रममा अल्वर्टा सरकारका तर्फबाट बोल्दै सतरुढदलका सांसद Ms Robyn Luff ले अल्वर्टामा पनि नेपालले अवैतनिक वाणिज्य दूत नियुक्त गरेकामा खुसी व्यक्त गर्दै व्यपार र लगानीका क्षेत्रमा सम्बन्ध विस्तार गर्न आफूहरु नेपालसंग मिलेर कार्य गर्न तयार रहेको बताउनुभयो । उहाले अवैतनिक वाण्ज्यिदूतका नियुक्तिले दुईदेश वीच जनस्तरको सम्बन्ध विस्तारमा समेत मद्यत पुग्ते वताउनु भयो । कार्यक्रममा अन्य सांसदहरु, प्रान्तीय शिष्टाचार महापाल तथा सरकारी अधिकारीहरु विभिन्न देशका अवैतनिक वाणिज्यदूतहरु, व्यापारी, पर्यटन व्यवसायी, सगरमाथा आरोही क्यानेडियन नागरिक एवं नेपाली शेर्पाहरु, गैर आवासीय नेपाली संघ क्यानडा र एडमण्टन तथा क्याल्गेरीका नेपाली समूदायका संगठनका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । क्याल्गेरी पेट्रोलियम क्लवमा आयोजित उक्त कार्यक्रममा महामहिम राजदूतले ७ जना सगरमाथा आरोहीहरुलाई नेपाली ढाका टोपी, खादा र पुष्पगुच्छा प्रदान गरी सम्मान गर्नु भएको थियो । कार्यक्रममा आउनुभएका क्यानेडियन अतिथिहरु सबैलाई पर्यटन प्रवर्द्वन सम्बन्धी समाग्रीहरु पनि अवलोकन गर्नुभएको थियो । यो कार्यक्रमका बारेमा क्याल्गेरीबाट प्रकाशितहुने Calgary Herald ले समाचार प्रकाशित गरेको छ ।
श्री नेपाली राजदूतावास, ओटवा,
क्यानडा
मिति: २०७४।३।२

प्रतिक्रिया