उपमेयर हरिप्रभा खड्गीलाई बधाई एवं शुभकामना तथा सम्पदा फाउण्डेसन उद्घाटन र सहयोग हस्तान्तरण

इनेप्लिज २०७४ जेठ ३० गते १४:०६ मा प्रकाशित

सम्पदा फाउण्डेसन उद्घाटन र सहयोग हस्तान्तरण
(विशेष स्कूल तथा पुर्नस्थापना केन्द्र SSDRC लाई)

नवनिर्वाचित काठमाडौं महानगरपालिकाको उपमेयर हरिप्रभा खड्गीलाई सृजनशील प्रवद्र्धन केन्द्रले बधाई तथा शुभकामना कार्यक्रम गर्ने भएको छ । २०७४ साल जेष्ठ ३१ गते बुधबार हुने उक्त कार्यक्रम सञ्चारकर्मी तथा आइसिटी पत्रकार भरतराज उप्रेतीको छोरी सम्पदा उप्रेतीको अन्नप्रासनको शुभ अवसरमा गर्न लागिएको हो । अटिजम र अनाथ असहाय वालबालिकाहरुको चौतर्फी विकासका लागि सो क्षेत्रमा काम गर्दै आएका संस्थाहरुलाई सघाउने उद्देश्यले सम्पदा फाउण्डेसन स्थापना गर्न लागेको भरतराज उप्रेतीले बताएका छन् । छोरी सम्पदा उप्रेतीको अन्नप्रासनको अवसरमा सम्पदा फाउण्डेसन मार्फत रु ५,००० सहयोग विशेष स्कूल तथा पुर्नस्थापना केन्द्र एसएसआरडिसीलाई प्रदान गर्न लागेको सम्पदा उप्रेतीका आमा तथा सृजनशील प्रवद्र्धन केन्द्रकी संस्थापक सावित्री बस्नेतले बताइन् ।

उपमेयर हरिप्रभा खड्गीको विशेष उपस्थितीमा एसएसआरडिसीलाई सम्पदा फाउण्डेसनमा समाजसेवी राजेश्वरी श्रेष्ठ र मणि कुमार राईबाट प्राप्त रु १५,०००÷– पनि सोही दिन एसएसआरडिसीलाई हस्तारण गरिने भएको छ ।

सम्पदा फाउण्डेसन किन र कसका लागि ?

अनाथ असहाय र अटिजम वालबालिकाहरुको वृहत्तर विकासका लागि सहयोग पु¥याउने उद्देश्यले सम्पदा फाउण्डेसन स्थापना गर्न लागिएको जानकारी गराउन चाहन्छौं । सिर्जनशील प्रवद्र्धन केन्द्र नेपालको पहलमा सञ्चारकर्मी तथा आइसिटी पत्रकार भरतराज उप्रेती र समाजसेवी सावित्री बस्नेतको छोरी सम्पदा उप्रेतीको अन्नप्रासनको अवसर पारेर सम्पदा फाउण्डेसनको उद्घाटन गर्न लागिएको हो । अन्नप्रासनको अवसरमा धर्म संकार र परम्परालाई जर्गेना गर्दै रु ५,०००.०० –अक्षररुपी पाँच हजार मा) सहयोग रकम अटिजम वालबालिकाहरुको क्षेत्रमा काम गर्दै आएको संस्था विशेष स्कूल तथा पुर्नस्थापना केन्द्र लाई हस्तान्तरण गरिने सञ्चारकर्मी भरतराज उप्रेती बताए ।

समाजप्रतिको हाम्रो कर्तव्य र दायित्वबोध गराउने जिम्मेवारी पनि हाम्रै भएकोले समाज रुपान्तरणका लागि हामी सामाजिक तवरले भिज्न सक्नुपर्दछ, अथवा समाजप्रतिको जिम्मेवारी हामीले थोरै भए पनि वहन गर्नुपर्दछ, भरतराज उप्रेतीले भने, समाजप्रतिको नागरिकको दायित्व र कर्तव्यलाई मनन गरेर छोरी सम्पदा उप्रेतीको अन्नप्रासनको शुभ अवसरमा अनाथ असहाय र अटिजम वालबालिकाहरुको क्षेत्रमा काग गर्दै आएकाहरुलाई सहयोग पु¥याउने सोच र उद्देश्यका साथ सम्पदा फाउण्डेसन स्थापना गर्ने सामाजिक प्रयास मात्र थालेका हौ, यसका लागि सबैको हातेमालो र सहयोग आवश्यक छ, सम्पदाका आमा तथा सृजनशील प्रबद्र्धन केन्द्रकी संस्थापक सावित्री बस्नेतले बताइन् ।

सम्पदा फाउण्डेसनको अवधारणा
सभ्य समाजका लागि सभ्य सामाजिक संस्कारको अभ्यास आफैबाट सुरुवात गर्न जरुरी छ । अरुले समाजका लागि के गर्यो भन्दा पनि मैले समाजका लागि के गरे र अब के गर्न सक्छु भन्ने सोचको विकास सबैमा हुन सके सभ्य समाजको परिकल्पना स्वत पूरा हुनेमा कुनै शंका छैन । सामाजिक कर्तत्य दायित्वको पहिलो स्कुलिङ परिवार हो भने अभिभावक त्यसका परिपूरक समेत हुन । यसै कुरालाई मनन गरेर सम्पदा उप्रेती को अन्नप्रासनको अवसर पारेर अटिजम र अनाथ असाहय वालबालिकाहरुको शैक्षिक, बौद्धिक, सामाजिक विकासमा सहयोग पु¥याउने उद्देश्यका साथ सम्पदा फाउण्डेसन स्थापना गर्न लागिएको हो । हामीले हाम्रा धार्मिक, सास्कृतिक परम्परा र सामाजिक मूल्य मान्यताहरुलाई खर्चिलो तडकभन्दा पनि सामान्य तवरबाट गरी आफ्नो सामाजिक दायित्व पूरा गर्न सकिन्छ भन्ने सन्देश पनि हो सम्पदा फाउण्डेसनको स्थापना । देखेर होइन बुझेर र मनैदेखिको चाहना भए मात्र सामाजिक सेवाको भाव झल्किन्छ र त्यसले महत्व राख्दछ । सामाजिक कर्तव्य र दायित्व जबरजस्त पनि हुनुहुदैन भने समाजसेवामा स्वार्थ समेत जोडिनुहुदैन । यदि भयो भने त्यसले समाजमा विकृति फैलाउन सक्छ भन्नेतर्फ पनि सचेत रहनुपर्दछ । सेवालाई सामाजिक र सामूहिक स्वार्थको रुपमा हेर्ने आत्मारुपी आँखा भए मात्र समाज रुपान्तरण र देश विकास सम्भव छ भन्ने पछिल्लो उदाहरण धुर्मुस र सुन्तली फाउण्डेसनले गरेर देखाइदिएको छ । त्यसैले समाज रुपान्तरण र देश विकासका लागि हामी छरिएर होइन एकजुट भएर सामाजिक अभियानहरुमा जुट्नुपर्ने बेला भएको छ ।

प्रतिक्रिया