‘म मेरो व्यवसायप्रति संन्तुष्ट छु’ :काजीबाबु कार्की

इनेप्लिज २०७४ जेठ २९ गते २२:४९ मा प्रकाशित

नवीन तथा सिर्जनशिल कामको खोजीमा सन् १९९७ मा अमेरिका पुग्नु भएका काजीबाबु कार्की अहिले अमेरिकाका प्रतिष्ठित लिकर व्यवसायी हुुनु हुन्छ । पर्यटकीय नगरी पोखरामा जन्मिएर हाल अमेरिकाको बाल्टिमोरमा बस्दै आउनु भएको उहाँले त्यहिबाट व्यवसायीक कारोबार पनि शुरु गर्नु भएको हो ।

जोश, जागर र दक्षताले भरिएको उहाँको व्यवसायिक करियर अहिले अमेरिकामा फस्टाउँदो छ । ‘म केही नयाँ काम शुरुवात गर्छु भनेर अमेरिका आएको थिए, बुझ्दै जाँदा यो व्यवसाय अन्य व्यवसायको तुलनामा उत्तम लाग्यो अनि अमेरिका आएको आठ वर्षमा व्यवसाय शुरु गरे,’ कार्कीले भन्नुभयो ‘अहिले म नाम, काम र एउटा छुट्टै प्रतिष्ठा कमाउन सफल भएको छु । मलाई यो स्थानमा यहि व्यवसायले पु¥याएको हो र म यो व्यवसायमा खुशी र सन्तुष्ट पनि छु ।’

व्यवसायिक जीवनमा फलता मिलेसँगै उहाँ अमेरिकामा उहाँलाई एक सामाजिक व्यक्तित्वका रुपमा पनि स्थापित हुन थाल्नु भएको छ । उद्धार ह्रिदयका धनी कार्की हरेकको दुःख सुखको साथी बन्नु भएको छ । नेपालीलाई सहयोग र साथ पाउँदा आनन्दित हुने उहाँको भावना दुःख र पीडामा परेकाको सेवा गर्न पाउँदा अझ फुरुङ्ग हुन्छ ।

उहाँ भन्नु हन्छ ‘म सबै नेपालीमा सद्भाव बढ्न चाहन्छु, हरेक नेपालीको दुःख र पीडामा साथ दिन चाहन्छु, जसले मेरो मातृभूमीलाई खुशी बनाउने छ ।’ नेपालीलाई मात्र होइन अप्ठ्यारोमा परेका हरेक मानवलाई मन, वचन र कर्मले मेरो सेवा गर्ने प्रतिवद्धता छ, मेरा संस्कार मेरो मातृभुमीले मलाई सिकाएको हो,’उहाँले अगाडि भन्नु भयो ।

नेपालमा प्रजातन्त्रको पुर्नवाहाली पछि विग्रदो अवस्थामा रहेको राजनीतिक वातावरणका कारण अवसरको खोजीमा अमेरिका पुग्नु भएको उहाँ एक समाज सुधार तथा सामाजिक व्यक्तित्व रुपमा अमेरिकामा स्थापित भइसक्नु भएको छ । उहाँले आफ्नो करियरलाई व्यवसायिक जीवनसँगै समाज सेवामा पनि समर्पित गर्न चाहेको बताउनु भयो ।

अमेरिका पुगेर लामो संर्घष पछि आफै व्यवसाय शुरु गर्नु भएको कार्की आफ्नो व्यवसाय प्रति सन्तुष्ट हुनुहुन्छ । पछिल्लो समय अमेरिकामा मात्र नभएर संसारभरि लिकर व्यवसाय लोकप्रिय व्यवसाय बन्दै गएको छ । मानिसको शान, मान र प्रतिष्ठासँग अहिले लिकर जोडिन थालेको छ ।

प्रतिक्रिया