पालुङटार नगर विकास समितिको अध्यक्षमा अशोक देबकोटा

इनेप्लिज २०७४ जेठ २६ गते ११:५६ मा प्रकाशित

 

ध्रुब क्षेत्री’ गोरखा, जेठ २६ – सम्रिद्दी सम्भब छ हाम्रै पालामा भन्ने महान नारा दिएर आफ्नो ब्यक्ति गत वा पारिवारिक अबस्था लाइ पछि पार्दै गाउ, समाज र देश बिकाश गर्न् कम्मर कसेका ३०-३२ का लक्का जवान गोर्खा पालुङटार ४ निवासी असोक देबकोटा पेसाले सहायक इन्जिनियर हुन् भने गत १० बर्स देखि पालुङटार न:पा: मा सामाजिक तथा राजनीतिक क्षेत्रमा निरन्तर काम गरेको अनुभबी ब्यक्तित्व पनि हुन् ! देबकोटा नयासक्ति पार्टी नेपाल को तर्फ बाट नयासक्ति पार्टीका संयोजक तथा पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराईकै गृह नगर पालुङटार को मेयर पद का उम्मेदवार थिए भने करिब ४००० मत प्राप्त गरि कडा प्रतिस्प्रदा बाट मेयर पदमा हार बेहोर्न बाध्य भएका बिकाश प्रेमी उनै देबकोटालाइ नगर विकास समितिको अध्यक्ष पदमा शहरी विकास मन्त्रालयले नियुक्त गरेको छ। देबकोटालाई मन्त्रालयले दुई बर्षको लागि उक्त पदमा नियुक्ति गरेको हो ।

नगर विकास समितिको अध्यक्ष पदमा नियुक्त भए पछि यो पंक्तिकार को जिज्ञासामा देबकोटाले भन्नु भयो,आफुले पालुङटारलाई स्मार्ट र समृद्ध सिटी बनाउन का निम्ति नै मेयर पद मा उम्मेदवारी दिएको र आफु आस्थिन नयासक्ति पार्टीको चाहना र योजना पनि समृद्द पालुङटार भएको भन्दै यसको बिकाश को काममा आफुले कुनै कसुर बाँकि नराख्ने तथा सबै काम र कर्तब्य पालन गर्दा नगर बासीको मनोभाबना र सहयोग सल्लाह बमोजिम नै सम्पादन गर्न्ने उदेस्य रहेको बताउनु भयो ! सरकार ले मेरो मनोभावना वा काम र उत्साह देखेर नै मलाइ जिम्मा दिएको हुन् सक्छ भन्दै आफ्नो काँधमा आएको जिम्मेवारी इमान्दार पुर्बक पुरा गर्ने र पालुङटारलाइ नया घोसित नगरपालिका भए पनि अबको दुई बर्ष भित्र देशकै नमुना नगरपालिक बनाउने योजना सुनाए !

 

प्रतिक्रिया