देउवाजीलाई हामी रचनात्मक सहयोग गर्छौं : माधव नेपाल

इनेप्लिज २०७४ जेठ २४ गते २१:२८ मा प्रकाशित

शेर बहादुर देउवा र तपाई त एक्दमै मिल्ने मित्र हो नि ?

हामी मित्र हौ। राम्रो सम्बन्ध छ । तर लोकतान्त्रिक मान्यतालाई व्यवहारमा राम्रोसँग उतार्नुपर्छ । हामी विपक्षमा बसेर सहयोग गछौ्रँ । लोकतन्त्रको सुन्दर पक्ष विपक्षी पनि हो । हामी रचनात्मक सहयोग गछौँ।

छोटो समय भित्र धेरै काम गर्नुपर्ने वाध्यता छ नि ? राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने थियो नि ?
यो प्रश्न मलाई होईन । शेरबहादुरजीलाई सोध्ने हो ।

काँग्रेसले त्यस्तो प्रस्ताव गरेको थियो ? शेरबहादुर देउवाले पत्र पठाउनु भएको होईन ?

कुनै सहमतिको लागि उहाँले हामीलाई त्यस्तो जानकारी गराउनुभएको छैन् । काँग्रेस र माओवादी जसरी अघि बढ्न चाहन्छ । राम्रोसँग अघि बढेर मुलुकले आर्थिक विकास, समृद्धि संविधान कार्यान्वयनजस्ता कुराहरूमा गम्भिर बनुन् । हामी त यति चाहान्छौँ।

शेर बहादुर प्रधानमन्त्री भैसकेपछि काँग्रेस र एमालेबीच कस्तो सम्बन्ध रहन्छ ?

अब काँग्रेस मात्रै होईन । सरकार र प्रतिपक्षबीचको सम्बन्ध सकारात्मक कामका लागि सहयोग र गलत कामका बिरुद्धमा बिरोध हुन्छ ।  हामी चाहन्छौँ सम्बन्ध सुमधुर होस् । सत्ताको दुरपयोग नहोस् । कर्मचारीलाई तर्साउने काम नहोस्। आन्तरिक दवाफ नहोस् ।

तीनवटै दलको सहमति तीन तहको निर्वाचन गर्ने सहमति भयो नि ?

यही आउँदो माघ ७ गते डेटलाईन छ । हाम्रा बीचमा धेरै चुनौती छन् । सबै चुनौति पार गरेर संविधानको कार्यनवयन गर्नुपर्छ । कार्तिक मंसिर भित्र सबै तहको निर्वाचन गर्नुपर्छ भन्ने कुरामा सहमति भएको छ ।

एमाले पार्टीलाई गम्भिर आरोप लागेको छ नि ? सानासाना कुरामा संसद अवरोध गर्छ भनेर भन्न लागि सके ?

होईन झन हाईहाई भएको छ । हामले अदालतको पालना गरेका छौँ। हामीले विधिको विश्वास गर्ने पार्टी हो । ऐन बनाउँने काममा साथ दिएको पार्टी एमाले हो । निर्वाचनलाई बढिभन्दा प्रभावकारी, भयरहित, धादली रहित बनाउँने काममा एमाले जहिले लागि पर्नेछ ।

जहिले पनि एमाले अदालमा किन जान्छ ?

जनताको बीचमा गएरनै १२५ सिट जितेको छ । कोही १०४ सिटमा सिमित भएका छन् । कोही धेरै तल सिमित भएका छन् ।

संसदको विकास नभएर हो अदालत जाने गर्नु भएको ?

हामीले संसदको सर्वोच्चतालाई स्वीकारेका छौँ।  जनताको विश्वासलाई किन नमान्ने ।

संविधान संशोधन हुन्छ ?

संविधान संशोधनको विषयमा तपाईलाई कस्ले परिचालित गरेको छ ? कि कतैबाट एडमान्स आएको छ ? खालि तपाई यो संशोधनको विषयलाई लयाएर जोड्नु हुन्छ ।

जनता जान्न चाहन्छन् बताउनुस्न ?

कोही जनताले चाहेका छैनन्। यस्ता कुरा बन्द गर्नुस्। संविधानजारी हुन्छ कि हुँदैन । हिजो अस्तीका वैठकमा संशोधनको कुरा भएको छैन् । तपाई नै रहिरहि कुरा उठाउँनु भएको छ । उचाल्ने काम नगर्नुस् ।

निर्वाचन चाही हुन्छ ? किन नहुने ?

तिनवटै तहको निर्वाचन हुनुपर्छ । यहि सहमति भएको छ ।
मधेशमा निर्वाचन हुन्छ ?

चारै प्रदेशमा हुन्छ । तपाई संशोधनको कुरालाई लिएर वातावरण बिगार्ने कुरा नगर्नुस्। पार्टीका बीचमा सहमति भएको छ । यो वातावरण बिगार्नु काम नगर्नुस् ।
दुई नम्बर प्रदेशमा तपाईको पार्टीको स्थीति के हुन्छ ?

राम्रो हुन्छ । एमाले एक नम्बरमा आउछ । सबै राजनीतिक दलले राम्रो काम गर्नु भएको छ ।

उपेन्द्र यादवले निर्वाचनमा जाने निर्णय गरेपछिको राजनीति केही फेरिएको हो ?

उपेन्द्र जीले जुन काम गर्नु भयो त्यो सबै भन्दा राम्रो काम हो । उहाँलाई बहुत बहुत धन्यवाद ।

निर्वाचनमा एमाले तालमेल गर्न तयार छ ?

हामीले जिल्लामा यसको जिम्मा दिएका छौ। जोसँग कार्यगत एकता मिल्छ त्यो पार्टीसँग चुनावी तालमेल हुन्छ ।
अन्त्यमा, तिनवटै तहको निर्वाचन पछि संविधान संशोधन हुन्छ भन्न खोजनु भएको हो ?

अरे ऋषिजी यो कुरा नगर्नुस भनेको होईन ? तपाईले यस्को जिम्मेवारी लिनु भएको छ कि के हो ? नभए नभएको कुरा लिएर कुरा गर्नुहुन्छ ।

प्रतिक्रिया