पहिलो पुस्ताका अमेरिकाका नेपालीहरु खाने बेलामा बाबु आमाले ढोका थुनेका जस्तै किन हुदै ?

इनेप्लिज २०७४ जेठ २४ गते २:१५ मा प्रकाशित

अमेरिका आएका पहिलो पुस्ताका महिला तथा पुरुष अचेल खिईदैछन l पहिला जस्ता प्वाक पुक्क छैनन् l दिनहु काम को भारले होला खिरिलो हुन् थालेका छन् l प्रारम्भिक चरणमा बोसो लाग्ने भएता पनि उमेर छिप्पिदै जादा पहिलो पुस्ताका अधिकांश महिला तथा पुरुष खाने बेलामा बाबु आमाले ढोका थुनेका जस्तै देखिदै छन् (अर्थात खाने बेलामा नदिएको अर्थमा )l त्यो कुरा नेपाल बस्ने ले सामाजिक संजाल मार्फत देखि रहेका हुन्छन l

नेपालमा बस्नेले अमेरिकामा भएका आफन्त तथा परिवार हेर्दा हेर्दै सुकेनास भए जस्तो देखे पछि कठै पनि भन्ने गर्छन l हुन् त् मानिस को उमेर बढ्दै गए पछि तरुण अवस्था जस्तो झरिलो हुदैनन् l एउटा उमेरमा मोटोघाटो र हृष्टपुष्ठ हुन्छन l

हुन् त मानिस सधै सुंगुर मोटाएको जस्तो कहिले हुदैन l मानिस उमेर बढ्दै गए पछि खिरिलो हुन्छ l महिलाको तुलनामा पुरुष दुब्ला हुन्छन l त्यो स्वाभाविक हो l अमेरिकामा उमेर भएका बिद्यार्थी बाहेक अन्यहरु ३० ,४० तथा ५० बर्ष उमेरमा अमेरिका आएका छन् l

उनीहरु अहिले पांच र सुन्ना (५० ) र छ र शुन्ना (६० ) को हाराहारीमा पुगेका हुन्छन l अनि उनीहरु माइक टाइसन जस्तो हुन् सक्दैनन् l उनीहरु पिरले झ्याउरे देखिन थालेका छन् l काममा आज जान्न भन्दा नहुने र नमिल्ने हुनाले त्यो पनि पिर नै भै रहन्छ l अनि झल्झल नेपालमा भएको भए यस्तो हुदैन थियो भन्ने परिकल्पना हुन्छ l परदेश छोडेर जान पनि सकिदैन l यता को न उता को भएको हुनाले अझ चिन्ता बढ्ने हुन्छ l

नेपालमा मस्त जवानी र उमेर हुँदा र बुवा आमाले कमाई दिएको मा उप्पर खुट्टी लगाएर ,दंज्ञाएर खाएर अमेरिका आएका केहि बर्ष मै बुढौली लाग्न सुरु भएको कारण मानिसहरु झ्याउरे पनि देखिन थालेका छन् l मुस्कान र हसिलो भएता पनि आखिर उमेर ले डाडो काट्दै गए पछि मानिस खिइदै जान्छन l

हाम्रो जात नै जम्दार अर्थात् सो शारीरिक बनौट भएकोले झन् खीईने क्रम बढ्दो छ l हाम्रो शरीर बिदेसी जस्तो हुन् सक्दैन l हाम्रो शरीर घटेर एक मुठी को जस्तो पनि हुन्छ l

तर अमेरिकमा नेपालको तुलनामा मानिस १० बर्ष कान्छो देखिन्छ l त्यहि उमेरको मानिस अमेरिकामा क्रियाशील भएको कारण उमेर सानो जस्तै लाग्दछ l त्यो भन्दा अर्को कुरा नेपाल खाने कुरा सवै खाएको हुनाले अहिले ४० ,५० र ६० बर्ष र ६० भन्दा माथि भएकालाई त्यसको असरले हानेको हुनाले पुरुष तथा महिला सानो देखिन पनि थालेका छन् l

अमेरिका को जीवन दौड धुप आदी ईत्यदिको कारण मानिस फुर्तिलो पनि हुन्छ l तर गलेको र थकित देखिने काम मा जोतिनु पर्ने भएकोले कामले अलिक मत्थर बनाउदछ l

पहिलो पुस्ताका मानिसलाई रोगले च्यापेको कारण वजन घट्दै गइ रहेको पनि छ l अपबाद र अधिकांश मानिसका पुर्खा नै वजनदार भएकाहरु भनेको छुट्टै कुरा हो नत्र उमेर ढल्दै गएकाहरु का लुगाहरु बग्न थालेको प्रष्ट देखिन थालेको छ l

मानिसको पेट घट्न थालेको छ l पेट घटे पछि दुब्लाएको जस्तो देखिन्छ l नेपालमा अनेक श्रोत बाट जौ मदिरा र सुकुटी खाएर चम्किलो अनुसार भएकाहरु अमेरिकामा उमेर ढल्दै गर्दा त्यसै मर्न्च्यासे जस्तो पनि हुन् थालेको देखिन्छ l स्वास्थ्य सम्बन्धि ज्यादा ज्ञान भएकोले शरीर फुर्तिलो बनाउन र बिदेशी जस्तै शरीर बनाउने क्रममा शरीर खिइएको पनि हुन्छ l त्यो भनेको पृथक कुरा हो l समग्र मा हामी पहिला पुस्ताका सवै बुढेशकाल लागेकोले पातलो र खिरिलो देखिनु स्वाभाविक सम्झनु नै उत्तम होला l

तर यहि जन्मेका दोश्रा पुस्ताका नेपाली छोराछोरीहरु अझै झरीला ,प्वाक पुक्क नै छन् l केवल पहिला पुस्ता का महिला तथा पुरुषहरु खाने बेलामा बाबु आमाले ढोका थुनेका जस्तै भै रहेका र हुदै गरेका यत्रतत्र सर्बत्र देखिन थालेका छन् l सवैको कल्याण होस् l

प्रतिक्रिया